सन्दिप फेरी महँगो सावित, कप्तान मोर्गनले दिए १ ओभर मात्र बलिङ्ग

Sandeep Lamichhane
  • विकेटनेपाल, मङ्सिर १४ 

युएईमा जारि टि-१० लिग अन्तर्गत अन्तिम खेलमा बेङ्गाल टाइगर्ससंगको खेलमा पुनः नेपाली स्पिनर सन्दिप लामिछाने महँगो सावित भएका छन्।

सारजाह मैदानमा जारी खेलमा टस जितेर फिल्डिंग रोजेपछि जारि खेलको पहिलो इनिंग सकिदा बेङ्गाल टाइगर्सले निर्धारित १० ओभरमा ५ विकेट गुमाएर १२३ रन बनाएको छ।

बेङ्गालको ब्याटिंगमा ओपनर सुनिल नारायणले विस्फोटक इनिंग खेल्दै अर्धशतक प्रहार गरे जुन क्रममा ५२ रन बनाउन मात्र २५ बलमा ४ छक्का र ४ वटै चौका प्रहार गरे। यस्तै  शरफेन रुथरफोर्डले ३९ रन ( १७ बल, ४ चौका र ३ छक्का ) बनाए।

केरलाको बलिङ्गमा वायन पार्नेल र बेन्नी होवेलले २/२ विकेट तथा सोहेल तन्बिरले १ विकेट लिए।

सन्दिप फेरी महँगो,सावित हुँदा १ ओभर बलिङ्ग गर्न पाए  

प्रतियोगिताको पछिल्लो खेलमा निकै महँगो सावितमा नर्थर्न वारियर्ससंग २ ओभरमा ४७ रन खर्चदै निकै महँगो सावित भएका सन्दिपले दोश्रो ओभरमा पनि उस्तै नतिजा बेहोरे। सुरुवाती खेलमा जस्तो लाइन र लेन्थमा निरन्तरता दिन नसक्दा सन्दिप निरिह सावित हुन पुगे।

इनिंगको दोश्रो ओभरमा बलिङ्ग गर्न आएका सन्दिपले पहिलो बल वाइड फाले भने दोश्रो बलमा रन दिएनन्। तेश्रो बलमा पुनः वाइड बल गरेका सन्दिपलाई त्यसपछि सुनिल नारायणले लगातार २ छक्का प्रहार गरे। त्यसपछि लगातार २ बल डट गर्दै कमब्याक गते पनि अन्तिम बलमा नारायणले पुनः अर्को छक्का प्रहार गर्दै ओभर अन्त्य गरे। पहिलो ओभरमा सन्दिपले २० रन खर्चिए।

पहिलो ओभरमा सन्दिपले कमजोर बलिङ्ग गरेपछि कप्तान ओएन मोर्गनले उनलाई दोश्रो ओभर बलिङ्गमा ल्याएनन्। प्रतियोगिताको सम्पूर्ण खेलमा पुरा २ ओभर बलिङ्ग गरेका सन्दिपलाई पहिलो पटक दोश्रो ओभर बलिङ्ग गर्न नदिईएको हो।

सन्दिपको ओभर बिस्तृतमा- 

१.१- लामिछाने – नारायण = वाइड , १.१- लामिछाने – नारायण = डट बल
१.२ –  लामिछाने – नारायण = वाइड, १.२ – लामिछाने – नारायण = छक्का !
१.३ – लामिछाने – नारायण = छक्का ! , १.४– लामिछाने – नारायण = डट बल
१.५– लामिछाने – नारायण = डट बल , १.६– लामिछाने – नारायण = छक्का !

कमजोर प्रदर्शनको क्रममा कमेन्टेटरहरुले पछिल्लो खेलपछि सन्दिपले आत्मबिश्वास गुमाएको बताएका थिए। सानै उमेर भएकोले सिक्ने कुरा धेरै भएको र लेग स्पिन गर्न सजिलो नभएको कमेन्टेटरले बलिङ्गको क्रममा बताए। यस्तै एक कमेन्टेटरले सन्दिपले गुड लेन्थमा बलिङ्ग गर्न चुकेको बताएका थिए।

जारि खेलमा जित हात पारे पनि केरलाको दोश्रो चरण पुग्ने सम्भावना यस अघिनै सकिएको छ।

बिहिबार जित्नै पर्ने खेलमा नर्थर्न वारियर्ससंग ८ विकेटले सजिलै पराजित भएपछि केरलाको प्ले-अफ चरण पुग्ने सम्भावना सकिएको हो। उक्त खेलमा सन्दिपले आफ्नो करियरकै सबैभन्दा महँगो स्पेल ( २-०-४७-० ) गर्दा पहिले ब्याटिंग गर्दै केरलाले दिएको १०२ रनको लक्ष्य वरियर्सले ७.२ ओभरमै पुरा गरेको थियो। 

यस अघि सन्दिपको टिमले लिगको पहिलो खेलमा शहिद अफ्रिदी कप्तानीको टिम पख्तुन्सलाई ८ विकेटले पराजित गरेपछि दोश्रो खेलमा शेन वाट्सन कप्तानीको सिन्धिजसंग भने नाइट्स ९ विकेटले पराजित हुन पुग्यो। यस्तै आइतवार सम्पन्न तेस्रो खेल भने बर्षाका कारण रद्ध भएको थियो भने चौथो खेलमा पन्जाबी लेजेन्ड्ससंग ३६ रनले पराजित भएको थियो।

अर्कोतर्फ प्ले अफ चरण सुरक्षित गर्न बेङ्गाललाई पनि आज केरलासंग जित महत्वपूर्ण रहेको छ। ५ खेल खेल्दा टाइगर्सले ३ जित र २ हार बेहोरेको छ। यो खेल जितेमा टाइगर्सको प्ले-अफ चरण प्रवेश निश्चित हुनेछ भने हारेको खण्डमा अन्य टिमको नतिजामा आगामी यात्रा निर्भर गर्नेछ। हाल सम्म ४-४ वटा जित सहित ड्यारेन स्यामी कप्तानीको नर्थर्न वारियर्स र शहिद अफ्रिदी कप्तानीको पख्तुन्सले भने प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ।

टि-१० लिग अन्तर्गत पहिलो खेलमा टाइगर्सले नर्थर्न वारियर्सलाई ३६ रनले पराजित गरेको थियो भने दोश्रो खेलमा मराठा अरबियन्ससंग ९ विकेटले पराजित भएको थियो। त्यसपछि तेश्रो खेलमा पन्जाबी लेजेन्ड्स बिरुद्ध ६ विकेटको जित निकालेको टाइगर्सले चौथो खेलमा पख्तुन्ससंग ७ विकेटको हार बेहोरेको थियो। पाँचौ खेलमा भने वारियर्सले सिन्धिजलाई ७ विकेटले पराजित गरेको थियो।

साम बिलिंग्स कप्तानीको टाइगर्समा जेसन रोय, सुनिल नारायन, मोहम्मद नबि, लुक राइट, मोर्ने मोर्केल, मुजिब उर् रहमान, चिराग सुरी जस्ता खेलाडीहरु रहेका छन्।

प्रतियोगितामा हालसम्म सन्दिपको प्रदर्शन

पहिलो खेल –  बिरुद्ध पख्तुन्स ( २-०-१७-३ ) : प्रतियोगिता अन्तर्गत पहिलो खेलमा ३ विकेट लिंदै सन्दिपले शहिद अफ्रिदी कप्तानीको टिम पख्तुन्सलाई ८ विकेटले पराजित अहम योगदान दिएका थिए। उक्त खेलमा नेपाली लेग स्पिनरले आन्द्रे फ्लेचर, कोलिन इन्ग्राम, मोहम्मद कलिमको विकेट लिएका थिए। २ ओभर बलिङ्ग गर्ने क्रममा उनले मात्र १७ रन खर्चेर ३ विकेट लिंदै निकै तारिफ पाएका थिए।

पहिलो ओभर – विकेट ( फ्लेचर ) , १ रन, २ रन, छक्का, १ रन , विकेट ( इन्ग्राम )
दोश्रो ओभर – चौका, डट बल, १ रन, विकेट ( कलिम ) , १ रन, १ रन

दोश्रो खेल – बिरुद्ध सिन्धिज ( २-०-१४-१ ) : दोश्रो खेलमा सन्दिपको टिम पराजित भए पनि आफ्नो पहिलो खेलको लयलाई दोहोर्याएका उनले न्युजिल्याण्ड राष्ट्रीय क्रिकेटर समेत रहेका एन्टन डेभसिचको विकेट लिएका थिए । आक्रमक ब्याटिंग गरेर ४९ रन बनाएका डेभसिचलाई उनले क्याच आउट गराएका थिए।

पहिलो ओभर – १ रन , १ रन, छक्का , १ रन , डट बल, १ रन
दोश्रो ओभर – १ रन, १ रन , विकेट ! , डट बल, १ रन, १ रन

तेश्रो खेल – बिरुद्ध राज्पुत्स ( २-०-२३-२ ) : लगातार राम्रो प्रदर्शन गरिरहेका सन्दिपले आफ्नो तेस्रो खेलमा समेत २ विकेट हात पारे। बर्षाका कारण पछि गएर रद्ध भएको खेलमा सन्दिपले आफ्नो २ ओभरमा उत्कृस्ट लयमा रहेका मोहम्मद सेहजाद र कार्लोस ब्रेथवेटको विकेट हात पारेका थिए।

पहिलो ओभर – १ रन, डट बल, डट बल, १ रन, विकेट ! , चौका
दोस्रो ओभर – छक्का, छक्का, १ रन, विकेट, डट बल, चौका

चौथो खेल – बिरुद्ध पन्जाबी लेजेन्ड्स ( २-०-२८-० ) 

प्रतियोगिताको पहिलो ३ खेलमा ६ विकेट लिएका नेपाली गुगली ब्वाई पहिली पटक विकेट विहिन बने।खेलको दोश्रो ओभरमा बलिङ्ग गर्न आएका सन्दिपको पहिलो ओभरमै उमर अकमलले ३ चौका र १ छक्का प्रहार गर्दै कुल १८ रन प्रहार गरेका थिए। त्यसपछि सुधारिएको बलिङ्ग गर्दै सन्दिपले दोश्रो ओभरमा १० रन खर्चिए र २ ओभरमा २८ रन खर्चिए।

पहिलो ओभर ( ६ , ४ , ० , ० , ४ , ४ ) – छक्का ( उमर अकमल ) , चौका ( उमर अकमल ) , डट बल, डट बल, चौका ( उमर अकमल ) , चौका ( उमर अकमल )

दोश्रो ओभर ( ४ , १ , ० १ , ४ , ० ) – चौका ( मुर ) , १ रन ( मुर ) , डट बल ( साल्ट ) , १ रन ( साल्ट ) , चौका ( मुर ) , डट बल ( मुर )

पाँचौ खेल – बिरुद्ध नर्थर्न वारियर्स ( २-०-४७-० ) 

नर्थर्न वारियर्स बिरुद्ध २ ओभर बलिङ्ग गर्दा सन्दिपलाई निकोलस पुरन र आन्द्रे रसेलले कुल ७ छक्का हिर्काए र उनले कुल ४७ रन खर्चिए। पहिलो ओभरमा उनलाई निकोलस पुरनले ३ छक्का हिर्काए जसपछि दोश्रो ओभर बलिङ्ग गर्न आएका सन्दिपलाई आन्द्रे रसेलले ३ छक्का र पुरनले १ छक्का प्रहार गर्दै निरिह सावित गरे।

कसिलो बलिङ्ग गर्नको लागि चिनिने सन्दिपले २३.५ प्रतिओभर रन दिए जुन उनले हालसम्म नेपाल राष्ट्रिय टिम, नेपाली घरेलु क्रिकेट, यु-१९ टिम र अन्य बिदेशी लिगमा बलिङ्ग गर्दा दिएको सबैभन्दा धेरै प्रतिओभर रन हो।

टि-१० लिगका लागि अगस्टमा सम्पन्न अक्सनमा नेपाली स्पिनरलाई प्रतियोगिताको डिफेन्डिंग च्यापियन केरलाले ३० हजार अमेरिकी डलरमा ड्राफ्टमार्फत टिममा भित्र्याएको थियो।

टि-१० स्पोर्ट्स म्यानेजमेन्टको आयोजनामा हुने १० ओभरको क्रिकेट प्रतियोगिता सन् २०१७ बाट सुरु भएको हो। प्रतियोगितामा नाइट्ससंगै मराठा अरबियन्स, पख्तुन, पन्जाबी लेजेंड्स, कराँचीयन्स, बेंगल टाइगर्स, नर्दन वारियर्स र राजपुत्स गरी ८ टोलिको सहभागिता रहेको छ।





थप समाचार

वर्षाले निर्णायक खेल रद्द हुँदा नेपाल अभागी, अफगानिस्तान विश्वकपमा

आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ । मुलपानीस्थित […]

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]