सीपीएल टि-२० मा सन्दिपको लय कायमै

  • विकेटनेपाल, साउन २७ 

क्यारेबियन प्रिमियर लिग टि-२० अन्तर्गत दोश्रो खेलमा पनि सन्दिप लामिछानेले उत्कृस्ट बलिङ्ग प्रदर्शन गरेका छन्। सेन्ट किट्स एण्ड नेभिस प्याट्रीएट्सको लागि ट्रीन्बागो नाइट राइडर्स बिरुद्ध जित दिलाउने क्रममा पुनः किफायती बलिङ्ग गर्दै ३ ओभरमा १७ रन खर्चेर १ विकेट लिएका छन्। प्रतियोगितामा क्रिस गेल कप्तानीको  प्याट्रीएट्सको यो पहिलो जित हो।

https://www.youtube.com/watch?v=gNPxOETmWpw

यस अघि पहिलो खेलमा गुएना एमाजोन वारियर्स बिरुद्ध पनि राम्रो बलिङ्ग गरेका सन्दिपले २ विकेट लिएका थिए।

चौथो ओभरमा बलिङ्ग गर्न आएका सन्दिपले लगातार ३ बलमा रन दिएनन् जसपछि दबाबमा आएका क्रिस लिनलाई गुग्लि गर्दै बोल्ड गरे। त्यसपछि पनि २ बलमा उनले रन दिएनन् र पहिलो ओभर मेडन गर्दै १ विकेट हात पारे।

आठौँ ओभरमा व्यक्तिगत दोश्रो ओभर गर्न आएका सन्दिपले पुनः किफायती बलिङ्ग गर्दै मात्र ३ रन खर्चिए जुनक्रममा दिनेश रामदिन र डेरेन ब्राभोलाई सहजै रन दिएनन्।

२ ओभरमा ३ रन दिएर १ विकेट लिएका सन्दिपले तेश्रो ओभर गर्न त्यसपछि इनिंगको अन्तिम ओभरसम्म कुर्नु पर्यो। अन्तिम ओभरमा केहि महँगो साबित भएका उनलाई  केभन कुपरले १ छक्का र १ चौका हिर्काए। पाँचौ बलमा सन्दिपले पुनः विकेटको मौका शृजना गरे तर लामो समय हावामा रहेको बललाई एन्टन डेभसिचले समाउन नसक्दा नेपाली लेग स्पिनर दोश्रो विकेट लिन चुके।

खेलमा टस हारेर पहिले ब्याटिंग गरेको प्याट्रीएट्सले २०३ रनको बिशाल योगफल तयार गरेको थियो। २०४ रनको लक्ष्य पछ्याउने क्रममा त्रिन्बागो नाइट राइडर्सले १६१ रन मात्रै बनाउन सक्यो। प्याट्रीएट्सको लागि डेभोन थोमसले सर्वाधिक ५८ रन, कार्लोस ब्राथवेटले ४१ तथा क्रिस गेलले ३५ रन योगदान दिए। यस्तै बलिङ्गमा पनि  ब्राथवेट, बेन कटिंग र जेरेमिया लूइसले समान २ विकेट हात पारे।

दोश्रो खेलमा पहिलो जित पछि प्याट्रीएट्स २ अंकको साथ अंकतालिकामा पाँचौ स्थानमा रहेको छ। २ खेलमा जितको साथ गुयना एमाजोन वारियर्स पहिलो स्थानमा रहेको छ। प्याट्रीएट्सले आगामी खेल अब अगस्ट १६ मा जमैका तल्लावाहससँग खेल्नेछ।

सेन्ट लुसिया स्टार्ससँग – अगस्ट २२
बार्बाडोस ट्रिडेन्ट्ससँग – अगस्ट २६

क्यारेबियन प्रिमियर लिगको यही बर्ष मार्चमा सम्पन्न ड्राफ्टमा सन्दिपलाई पेट्रियट्सले ५ हजार अमेरिकी डलरमा खरिद गरेको थियो जसपछि क्यारेबियन प्रिमियर लिग खेल्ने पहिलो नेपाली भएका थिए।





थप समाचार

नरेनको कप्तानीमा नेपालले यु–१९ विश्वकप एसिया छनोट खेल्ने

काठमाडौं। नेपालले नरेन भट्टको कप्तानीमा आइसिसी यु–१९ विश्वकप एसिया छनोट खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार उनलाई […]

प्रधानमन्त्री कप : आर्मी र लुम्बिनी विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागिय टोली त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशले जित हासिल गरेका छन्। […]

पुलिसकाे लगातार पाँचाैँ जित

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियाेगितामा सुदूरपश्चिम प्रदेशलाई हराउँदै नेपाल पुलिस क्बले लगातार पाँचाैँ जित हासिल गरेकाे […]

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]