सन्दिप क्यानडा प्रस्थान

२०८० श्रावण २, मंगलवार १७:३२

क्यानडामा जुलाई २० तारिख देखि सुरु हुने ग्लोबल टि-२० क्यानडामा सहभागी हुन राष्ट्रिय क्रिकेटर सन्दिप लामिछाने त्यसतर्फ प्रस्थान गरेका छन्।

गत वर्ष अगस्टमा करेबियन प्रिमियर लिग खेल्न वेस्टइन्डिज पुगेता पनि सन्दिपलाई बलात्कारको अभियोग लागेपछि उनि लिग बिचैमा छाड्नुपरेको थियो। गत वर्ष जनवरीमा बिग ब्यास लिग खेलेपछि उनले अन्तर्राष्ट्रिय टि-२० लिगमा कुनै पनि खेल खेलेका छैनन्।

लिगमा नेपाली लेग स्पिनरले सरे ज्यागुअरको प्रतिनिधित्व गर्दैछन्। ज्यागुअरले जुलाई २२ तारिख शनिवार मोन्टरियल टाइगर्स विरुद्ध पहिलो खेल खेल्नेछ। मोन्टरियल टाइगर्समा अर्का नेपाली क्रिकेटर दिपेन्द्र ऐरी आवद्ध छन्।

ग्लोबल टि-२० लिग खेल्न प्रस्थान गर्ने हुँदा सन्दिप र दिपेन्द्र हाल श्रीलंकामा जारि एसीसी इमर्जिंग टिम्स एसिया कप टिममा समाबेश गरिएको थिएन।


सन्दिप आवद्ध टिममा बेन कटिंग, एलेक्स हेल्स, लिटमन दास, मोहम्मद हरिस, इफ्तिखार एहमद जस्ता क्रिकेटर आवद्ध छन्।

सन्दिपले ग्लोबल टि-२० लिगको पहिलो संस्करण २०१८ र दोश्रो संस्करण २०१९ मा क्रमशः मोन्टरियल टाइगर्स र टोरोन्टो नेसनल्सको प्रतिनिधित्व गरेका थिए। त्यसपछि विविध कारणले लिगको आयोजना हुन सकेको थिएन। लिग पुनः सुरुवात हुँदा सन्दिपले लगातार तेश्रो सिजन सहभागिता जनाउन लागेका हुन्।

अर्का नेपाली क्रिकेटर दिपेन्द्र ऐरी पहिलो पटक अन्तर्राष्ट्रिय लिग खेल्न लागेका हुन्। दिपेन्द्रलाई मोन्टरियल टाइगर्सका प्रशिक्षक रहेका तथा नेपाली क्रिकेट टिमका पूर्व प्रशिक्षक डेभ व्हाटमोरले टिममा लिन महत्वपूर्ण भूमिका खेलेका हुन्।

दिपेन्द्रको टिम मोन्टरियल टाइगर्समा शाकिब अल हसन, कार्लोस ब्राथवेट, आन्द्रे रसेल, क्रिस लिन, जहिर खान, शर्फेन रुथरफोर्ड जस्ता खेलाडी छन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy