ग्लोबल टि-२० : ब्राम्पटन विरुद्ध सन्दिप विकेटविहिन

क्यानडामा जारि ग्लोबल टि-२० क्यानडा लिग अन्तर्गत सरे ज्यागुअर्सको प्रतिनिधित्व गरिरहेका नेपाली लेग स्पिनर सन्दिप लामिछाने ब्राम्प्टन वुल्भ्स विरुद्ध जारि खेलमा विकेटविहिन बनेका छन्।

लिगमा पाँचौ खेल खेल्ने क्रममा नेपाली स्पिनरले ३ ओभरमा २५ रन खर्चंदै विकेट लिन असफल रहे।

दशौँ ओभरमा बलिंग सुरुवात गरेका सन्दिपले पहिलो ओभरमा ५ रन खर्चिए।

स्पेल निरन्तरता दिने क्रममा बाह्रौं ओभरमा भने उनले ११ रन खर्चिए। कोलिन डी ग्राण्डहोमले ओभरको पहिलो २ बलमा सन्दिपलाई चौका प्रहार गरे जसपछिको ४ बलमा सन्दिपले ३ रन खर्चिए।

सोह्रौं ओभरमा तेश्रो ओभर गरेका सन्दिपले ९ रन खर्चिए। ओभरको दोश्रो बलमा रिजवान चिमाले उनलाई छक्का प्रहार गरे। त्यसपछि भने सन्दिपले बाँकी ४ बलमा २ रन खर्चिए।

खेलमा टस हारेर ब्याटिंग गरेको ब्राम्पटनले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२८ रन बनाउदै सरेलाई १२९ रनको लक्ष्य दिएको छ। ब्राम्पटनको लागि कोलिन डी ग्राण्डहोमले सर्वाधिक ३४ रन योगदान दिए। सरेको बलिंगमा अम्मर खालिद, म्याथु फोर्ड र आयान खानले २/२ विकेट लिए।

प्रतियोगिताको अघिल्लो खेलमा सन्दिपले मिसीसागा प्यान्थर्स विरुद्ध ३ विकेट लिएका थिए। उनले पहिलो खेलमा मोन्टरियल टाइगर्स विरुद्ध तथा  तेश्रो खेलमा टोरोन्टो नेसनल्स विरुद्ध २/२ विकेट लिएका थिए।





थप समाचार

विश्वकपमा नेपालको खेलतालिका यस्तो छ

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

नेपाललाई हराउँदै वेस्ट इन्डिजलाई सिरिज

काठमाडौं । नेपाललाई हराउँदै वेस्ट इन्डिज ए ले पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा जित निकालेको छ । टियु क्रिकेट […]

सिरिज बराबरी गर्न नेपाललाई २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको सिरिजमा २-२ को बराबरी गर्न नेपालले २ सय १० रनको लक्ष्य पाएको […]

नेपालले टस हार्यो, टोलीमा आठ परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]

विश्वकपका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि क्यानडाको टोली घोषणा भएको छ […]

वेस्ट इन्डिज ए सँग चौथो खेल खेल्दै नेपाल

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपालको सिनियर राष्ट्रिय टोलीबीचमा जारी पाँच खेलको टी-२० सिरिजको चौथो खेल […]