सोमपाल कामि र सन्दिप लामिछाने ग्लोबल टि-२० खेल्न छनौट, पढ्नुस कति पाए मूल्य

नेपाली लेग स्पिनर सन्दिप लामिछाने लगातार दोश्रो वर्ष ग्लोबल टि-२० लिग क्यानाडमा खेल्न छनौट भएका छन्। यस्तै राष्ट्रिय टिमका अल-राउण्डर सोमपाल कामि पनि पहिलो पटक बिदेशी लिगमा खेल्न छनौट भएका छन्।

ग्लोबल टि-२० क्यानडाको दोश्रो सिजन जुलाई २५ देखि ११ अगस्ट सम्म क्यानाडामा आयोजना हुँदैछ। प्रतियोगिताको लागि आज खेलाडी चयन गर्न ड्राफ्ट आयोजना गरिएको छ।

सन्दिपले गत वर्ष मोन्टरियल टाइगर्सको लागि खेलेका थिए जुन क्रममा ५ खेलमा ८ विकेट लिएका थिए। यो पटक भने सन्दिपलाई ड्राफ्टबाट टोरोन्टो नेसन्सले लिएको हो।

 

सन्दिप बाहेक नेपाली खेलाडीहरुले हालसम्म बिदेशी लिगमा छनौट भएका थिएनन्। पहिलो पटक सोमपाल कामि बिदेशी लिग खेल्न छनौट भएका थिएनन्। यस अघि सोमपाल सहित दिपेन्द्र ऐरी र रोहित पौडेल पनि क्यारेबियन प्रिमियर लिगको ड्राफ्टमा रहे पनि कुनै पनि टिमले लिएका थिएनन्।

सोमपाललाई विन्नीपिग हक्सले ड्राफ्ट मार्फत लिएको हो। सोमपालको टिममा ड्वेन ब्राभो, जेपी डुमिनि, क्रिस लिन जस्ता खेलाडीहरु रहेका छन्। सन्दिप र सोमपाल दुवैलाई एसोसीएट विधाबाट टिमले चुनेको हो।

सन्दिपलाई टोरोन्टो नेसनल्सले लिएको हो जुन टिममा भर्खरै सन्यास घोषणा गरेका भारतीय स्टार खेलाडी युभराज सिंह मार्की खेलाडीको रुपमा रहेका छन्। यस्तै टिममा काइरन पोलार्ड, ब्रेण्डन म्याकलम जस्ता खेलाडी रहेका छन्।

सन्दिपको टिमको मार्की खेलाडी युभराज सिंह

सन्दिपले ६० हजार डलर पाउनेछन् भने सोमपालले ३ हजार डलर पाउनेछन्। अघिल्लो सिजन मोन्टरियलबाट खेल्दा सन्दिपले ४० हजार डलर पाएका थिए। सन्दिपलाई क्यारेबियन प्रिमियर लिग टिम टिम बार्बाडोसले गत महिना ड्राफ्टबाट ७० हजार डलरमा लिएको थियो।

सोमपाल कामि आफ्नो अल-राउण्ड क्षमताको कारण प्रसिद्ध छन् जसले बलिंग र ब्याटिंगबाट नेपाली टिमको लागि थुप्रै खेल जिताईसकेका छन्। साथै सोमपालको फिटनेसको स्तर पनि नेपालको सबैभन्दा राम्रो मानिने गर्छ। सन् २०१४ मा नेपाली राष्ट्रिय टिममा डेब्यु गरेका सोमपालले त्यसपछि लगातार नेपाली टिमबाट खेलीरहेका छन्। सोमपालको नाममा टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा दशौँ नम्बरमा सबै भन्दा बढी रन ( ४० ) बनाउने विश्वरेकर्ड समेत रहेको छ। सोमपाल वर्तमानमा नेपालको सबैभन्दा तिब्र गतिका बलर समेत हुन् जसले १४० वरपरको गतिमा बलिंग गर्न सक्छन् भने ब्याटिंगमा लामो इनिंग समेत खेल्न सक्छन्।

Sompal Kami
Sompal Kami

इन्डियन प्रिमियर लिगमा सन्दिप गत सिजन २० लाख भारतीय रुपैयाँमा बिक्रि भएका थिए भने गत सिजन क्यारेबियन प्रिमियर लिगमा ५ हजार डलर तथा ग्लोबल टि-२० लिग क्यानडामा ४० हजार डलरमा ड्राफ्टबाट सन्दिप छानिएका थिए। यस्तै अफगानिस्तान प्रिमियर लिगमा उनले १५ हजार डलर तथा टि-१० लिगमा ३० हजार डलर मूल्य पाएका थिए।

गत वर्ष इन्डियन प्रिमियर लिगमा दिल्लीको लागि छनौट भएपछि सन्दिप लगातार विदेशी लिग खेलीरहेका छन् यस क्रममा उनले बिग ब्यास, पाकिस्तान सुपर लिग, अफगानिस्तान प्रिमियर लिग, बंगलादेश प्रिमियर लिग , टि-२० लिग जस्ता प्रतियोगिता खेलीसकेका छन्।

आफु सहभागी बनेका हरेक टि-२० लिगहरुको सर्वाधिक विकेट लिने खेलाडीको सुचीमा सन्दिप अटाउँदै आएका छन्। यो सिजन आईपीएलमा ६ खेल खेल्दै ८ विकेट लिएका सन्दिपले गत सिजन क्यारेबियन प्रिमियर लिगमा ७ विकेट ( ५ खेल ), ग्लोबल टि-२० लिगमा ८ विकेट ( ५ खेल ), अफगानिस्तान प्रिमियर लिगमा २ विकेट ( १ खेल मात्र ), बिग ब्यास लिगमा ११ विकेट ( ८ खेल  ) , बंगलादेश सुपर लिगमा ४ विकेट ( ६ खेल ), पाकिस्तान सुपर लिगमा ११ विकेट ( ७ खेल मात्र ) र टि-१० लिगमा ६ विकेट ( ६ खेल ) हात पारेका थिए।

Sandeep Lamichhane

ग्लोबल टि-२० लिग क्यानडा प्रतियोगितामा कुल ६ टिम सहभागी रहेका छन् जसमा मोन्टरियल टाइगर्स, भानकोभर नाइट्स, ब्राम्पटन वुल्भ्स, विनिपिग हक्स, एडमोन्टन रोयल्स, टोरोन्टो नेसनल्स रहेका छन्।

क्रिस गेल, केन विलियमसन, ब्रेन्डन म्याकलम, क्रिस लिन, डेरेण सामी, ड्वेन ब्राभो, आन्द्रे रसेल, फाफ डु प्लेसिस, काइरन पोलार्ड, थिसारा परेरा, सुनिल नारायण, शाकिब अल हसन, कोलिन मुनरो, बेन कटिंग जस्ता खेलाडीहरु ड्राफ्टबाट बिभिन्न टिममा चयन भएका छन्।

प्रतियोगिताको अघिल्लो संसकरणमा सन्दिपले खेलेको टिम मोन्टरियल टाइगर्सले ६ खेलमा मात्र २ जित हात पार्न सकेको थियो। यस्तै विनिपिग हक्सले ६ खेलमा ३ जित हात पार्न सकेको थियो र प्लेअफमा स्थान बनाएको थियो।





थप समाचार

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]