बार्बेडोस बिरुद्ध सन्दिपको राम्रो बलिंग, जमैका भने पराजित हुँदा सेमीफाइनलमा ट्रिनबागोसंग खेल्ने पक्का

करेबियन प्रिमियर लिग ( सिपिएल ) टि-२० अन्तर्गत आफ्नो नवौं खेलमा जमैका तलावाज बार्बेडोस ट्राइडेन्ट्ससंग ७ विकेटले पराजित हुन पुगेको छ। ब्रायन लारा स्टेडियम ट्रिनिडाडमा सम्पन्न खेलमा जमैकेले दिएको १६२ रनको लक्ष्य बार्बेडोसले १८.२ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा गरेको हो।

बार्बेडोसको जितमा कप्तान जेसन होल्डरले शानदार ब्याटिंग गर्दै ६९ रन बनाए जुन क्रममा ९ चौका र ३ छक्का प्रहार गरे। यस्तै जोनाथन कार्टरले ४४ बलमा ४ चौका मद्दतले अविजित ४२ रन बनाए। मिचेल स्यान्टनरले २१ बलमा ३ चौका र २ छक्का मद्दतले अविजित ३५ रन बनाए।

जेसन होल्डरले ६९ रन बनाए

१७ रनमा २ विकेट गुमाएको अवस्थामा तेश्रो विकेटको लागि होल्डर र कार्टरले ८० रनको साझदारी गरेका थिए। होल्डरलाई सन्दिप लामिछानेले १३ औं ओभरमा एलबिडब्लु आउट गरेर साझेदारी तोडेपछि पनि कार्टरले एक किनार सम्हालीरहे र स्यान्टनरसंग अविजित ५२ रनको साझेदारी गर्दै टिमलाई जित दिलाए।

जमैकाको बलिंगमा ओशेन थोमस ( ४-०-३६-१ ) , प्रेस्टन म्याकस्विन ( ३-०-३९-१ ) र सन्दिप लामिछानेले ( ४-०-२६-१ ) समान १/१ विकेट लिए। मुजिब उर् रहमान लगातार तेश्रो खेलमा विकेटविहिन रहे।

रसेल र ब्ल्याकवुडको अर्धशतक 

यस अघि टस जितेर ब्याटिंग रोजेको जमैकाले २० ओभरमा ४ विकेट गुमाएर १६१ रन बनाएको थियो। उसको लागि ओपनर जर्माइन ब्ल्याकवुडले सिपिएलकै पहिलो अर्धशतक बनाउने क्रममा सर्वाधिक ७४ रन बनाए त्यसक्रममा ५९ बलमा ५ चौका र ४ छक्का प्रहार गरे। यस्तै आन्द्रे रसेलले आक्रामक ब्याटिंग गर्दै २८ बलमा ४ चौका र ५ छक्का प्रहार गर्दै ५४ रन बनाए। ग्लेन फिलिप्सले १७ रन बनाए।

बार्बेडोसको लागि जेसन होल्डर ( १/३८ ) , जोशुवा बिशोप ( १/३० ) , राशिद खान ( १/३२ ) र हेडेन वालश ( /३४ )ले समान १/१ विकेट लिए।

रसेलले विस्फोटक ब्याटिंग गर्दै ५४ रन बनाए

सेमीफाइनल समीकरण तय, जमैले सेमीफाइनामा ट्रिनबागोसंग खेल्ने 

९ खेल खेल्दा ३ जित र ५ हार बेहोरेको जमैकाले १ खेल खेल्न बाँकी रहेको अवस्थामा अंकतालिकाको चौथो स्थानमै सिमित हुने पक्का भएको छ। अंकतालिकामा पहिलो स्थानमा ट्रिनबागो पनि १ खेल खेल्न बाँकी रहँदै पहिलो स्थानमा रहने पक्का भैसकेको छ। सेमीफाइनलमा अंकतालिकामा पहिलो र चौथो हुने टिम प्रतिस्पर्धा गर्ने हुँदा ट्रिनबागोसंग जमैकाको भेट पक्का भएको हो।

अब जमैकाले आज राती १२ बजे सेन्ट लुसिया जुक्स बिरुद्ध अन्तिम लिग खेल खेल्नेछ त्यसपछि सेप्टेम्बर ८ तारिख राति ट्रिनबागोसंग सेमीफाइनल खेल्नेछ। दोश्रो सेमीफाइनामा सेप्टेम्बर ९ तारिख बिहान सेन्ट लुसिया र गायनाले प्रतिस्पर्धा गर्नेछ। बार्बेडोस र सेन्ट किट्स लिग चरणबाट अघि बढ्न असफल भैसकेका छन्।

सन्दिपको राम्रो प्रदर्शन जारि 

लिगमा लगातार नवौं खेलमा राम्रो लय जारि राख्ने क्रममा सन्दिपको पुनः हात खालि भएन। टिमका अन्य बलर भन्दा निकै किफायती बलिंग गरेका सन्दिपले ४ ओभरमा २६ रन खर्चिए। त्यसक्रममा सन्दिपले बार्बेडोस तथा वेस्टइन्डिज टिमका वर्तमान कप्तान जेसन होल्डरको विकेट लिए।

सन्दिपको पहिलो ओभर : ९ रन ( २ , २ , १ , १ , १ , २ ) : नवौं ओभरमा पहिलो ओभर बलिंग गरेका सन्दिपले ९ रन खर्चिए। जेसन होल्डर र कार्टरले सन्दिपलाई खुलेर खेलेनन्। ओभरको दोश्रो बलमा कार्टरले रिभर्स स्विप गरेका थिए जुन बलमा मुजिब उर् रहमान क्याच गर्न थोरैले चुके। त्यसपछि पनि सन्दिपले कसिलो बलिंग गरे जसमा दुवै ब्याट्सम्यानले १/२ रन लिंदै कुनै रिस्क लिएनन्।

सन्दिपको दोश्रो ओभर : ३ रन ( ० , १ , १ लेगबाई , ० , १ , ० ) : लगत्तै स्पेलमा झनै उत्कृस्ट बलिंग गरेका सन्दिपले ओभरमा मात्र ३ रन खर्चिए। ओभरमा उनले ३ बल डट गरे। चौथो बलमा सन्दिपले गरेको गुगलीले ब्याट्सम्यानलाई कटेर गएता पनि थोरैले स्टम्प ढल्न चुकेको थियो। ओभरमा कार्टर र होल्डरले सन्दिपलाई खेल्न संघर्ष गरे।

सन्दिपको तेश्रो ओभर : ५ रन दिएर १ विकेट ( २ , १ , वाइड , विकेट, ० , १ , ० )

१३ औं ओभर बलिंग गर्ने क्रममा सन्दिपले तेश्रो बलमा जेसन होल्डरको विकेट लिंदै होल्डर र कार्टर बीचको महत्वपूर्ण ८० रनको साझेदारी तोडे र जमैकालाई खेलमा फर्काए। ६९ रन बनाएका होल्डरलाई ओभरको तेश्रो बलमा सन्दिपले एलबिडब्लु धरापमा पारे। सन्दिपले गरेको गुगलीलाई रोक्न खोज्दा होल्डरको अगाडीको खुट्टामा लागेको थियो। ओभरमा सन्दिपले मात्र ५ रन खर्चिए।

होल्डरलाई एलबिडब्लु अपिल गर्दै सन्दिप

सन्दिपको चौथो ओभर : १० रन ( ६ , २ , १ , ० , १ , ) १५ औं ओभरमा स्पेलको अन्तिम ओभर गर्न आएका सन्दिपलाई ओभरको पहिलो बलमै मिचेल स्यान्टनरले छक्का प्रहार गरे। सन्दिपले माथि गरेको गुगलीलाई स्यान्टनरले लंग अन माथि हिर्काएका थिए। त्यसपछि भने ओभरमा सन्दिपले कसिलो बलिंग गरे। ओभरमा १० रन खर्चदै सन्दिपले स्पेल अन्त्य गरे।

सर्वाधिक विकेटकर्ताको सूचीमा सन्दिप चौथो स्थानमा उक्लिए 

बार्बेडोससंग १ विकेट लिएपछि ११ विकेट लिएसंगै सन्दिप धेरै विकेट लिने बलरको सूचीमा चौथो स्थानमा उक्लेका छन्। चौथो स्थानमा संयुक्त रुपमा सन्दिपसंगै ११ विकेट लिंदा नभिन उल हक, राशिद खान, केसरिक विलियम्स र मोहम्मद नाबी पनि रहेका छन्। लिगमा सबैभन्दा धेरै विकेट इमरान ताहिरले १५ विकेट लिएका छन्। दोश्रो धेरै स्कट कग्लेजिनले १४ तथा मुजिब उर् रहमानले १३ विकेट लिएका छन्।

लिगमा सन्दिपको बलिंग प्रदर्शन :-

पहिलो खेल Vs सेन्ट लुसिया : १ विकेट ( ४-०-२३-१ )

दोश्रो खेल Vs ट्रिनिबागो : १ विकेट ( ४-०-३०-१ )

तेश्रो खेल Vs गायना : २ विकेट ( ४-०-८-२ )

चौथो खेल Vs गायना : १ विकेट ( ४-०-२१-१ )

पाँचौ खेल Vs बार्बेडोस : २ विकेट ( ४-०-१६-२ )

छैठौं खेल Vs सेन्ट किट्स : २ विकेट ( ४-०-२७-२ )

सातौँ खेल Vs ट्रिनबागो : १ विकेट ( ४-०-२०-१ )

आठौँ खेल Vs सेन्ट किट्स : बलिंग गरेनन्

नवौं खेल Vs बार्बेडोस : १ विकेट ( ४-०-२६-१ )

यो पनि पढ्नुस :-

https://wicketnepal.com/24-year-ago-today-nepal-1st-match-vs-bng-wn20/

https://wicketnepal.com/pahilo-int-khelne-14-nepali-cricketer-wn20/

https://wicketnepal.com/nam-firta-liyeka-7-cricketer-wn20/

https://wicketnepal.com/alochana-pachi-azam-le-wn20/

https://wicketnepal.com/eng-beat-aus-1st-t20i-wn20/

https://wicketnepal.com/suresh-raina-interview-ipl-wn20/

https://wicketnepal.com/ipl-5-rec-todna-muskil-wn20/





थप समाचार

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]