पहिलो खेलमै सन्दिपको शानदार बलिङ्ग ( अफगानिस्तान प्रिमियर लिग )

Sandeep Lamichhane
  • विकेटनेपाल, असोज २९ 

अफगानिस्तान प्रिमियर लिगमा पहिलो खेल खेल्ने क्रममा नेपाली लेग स्पिनर सन्दिप लामिछानेले शानदार बलिङ्ग प्रदर्शन गरेका छन्।

सन्दिपले नगरहर लिओपार्डको लागि खेल्ने क्रममा २ विकेट लिंदै राम्रो बलिङ्ग गरेपनि पक्तिया प्यान्थर्ससंग टिम भने ७ विकेटले पराजित हुन पुग्यो।

टस जितेर पहिले ब्याटिंग गर्दै नगरहरले १२६ रन मात्रै बनाउन सकेपछि १२७ रनको लक्ष्य पक्तिया प्यान्थर्सले १४.४ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो। प्यान्थर्सको जितमा कप्तान मोहम्मद शहजादले आक्रामक ब्याटिंग गर्दै ४३ बलमा ८ छक्का र ४ चौका मदतले अविजित ७८ रन बनाए।

सन्दिपको शानदार बलिङ्ग 

टिमको लागि पहिलो ओभर बलिङ्ग गर्ने क्रममा भने सन्दिप महँगो सावित भएका थिए। उक्त ओभरको दोश्रो र तेश्रो बलमा चौका तथा अन्तिम बलमा इन्सानउल्लाहले छक्का प्रहार गरेपछि सन्दिपले १८ रन खर्चेका थिए।

त्यसपछि आठौँ ओभरमा दोश्रो ओभर बलिङ्ग गर्न आएका सन्दिपले राम्रो कमब्याक गर्दै मात्र १ रन खर्चे।

लगत्तै तेश्रो ओभर बलिङ्ग गर्न दशौँ ओभरमा आएका सन्दिपले एकै ओभरमा २ विकेट लिए। ओभरको चौथो बलमा सन्दिपले दक्षिण अफ्रिकी राष्ट्रिय क्रिकेटर समेत रहेका क्यामरुन डेल्पोर्टलाई सर्ट मिड-विकेटमा क्याच थमाए। त्यसपछि पनि सन्दिप रोकिएनन् र ओभरको अन्तिम बलमा जिम्बाबे क्रिकेटर सिकन्दर राजालाई गुग्लि गर्दै बोल्ड गरे। उक्त ओभरमा सन्दिपले मात्र २ रन खर्चेर २ विकेट लिए।

त्यसपछि १२ औं ओभरमा स्पेलको अन्तिम ओभर गरेका सन्दिपले विकेटको २ वटा एलबिडब्लुको मौका श्रीजना गरे विकेट भने प्राप्त गर्न सकेनन्। ओभरमा मात्र २ रन खर्चेका सन्दिपले ४ ओभरमा मात्र २३ रन खर्चेर २ विकेट लिए।

पहिलो ओभरमा १८ रन खर्चेका सन्दिपले त्यसपछि शानदार बलिङ्ग गर्दै १८ बलमा मात्र ५ रन खर्चेर २ विकेट समेत हात पारे। यस क्रममा सन्दिपले दोश्रो स्पेलमा गरेको १८ मध्ये १३ बलमा कुनै रन दिएनन्।

यस अघि ब्याटिंगमा पनि अन्तिम ओभरमा मौका पाएका सन्दिपले १ बल खेले पनि रन भने बनाउन सकेनन् र खाता नखोली अविजित रहेका थिए।

शानदार बलिङ्ग गरेपछि कमेन्टेटरहरुले सन्दिपको प्रसंशा गरे भने खेल लगत्तै सन्दिपको अन्तर्वार्ता समेत लिएका थिए।

खेल पछि अन्तर्वार्ताको क्रममा सन्दिपले आफुले राम्रो ठाउँमा बलिङ्ग गर्न प्रयास गरेको र सुरुवातमा बिपक्षी टिमले पावरप्लेको राम्रो प्रयोग गरेको बताए। पहिलो ओभर बलिङ्ग गर्दा बल टर्न धेरै नभएको तर केहि ओभर पछि दोश्रो स्पेलमा आउदा टर्न प्राप्त गरेको र भेरियसन पनि गर्दा विकेट प्राप्त गरेको बताए।

लिगमा लगातार दोश्रो हार बेहोरेपछि सन्दिपको टिम नगरहर अंकतालिकामा ७ खेलमा २ जित र ५ हार बेहोर्दै चौथो स्थानमा रहेको छ। लिगको अन्तिम खेलमा नगरहरले अक्टोबर १७ तारिक बुधबार बल्ख लेजेन्ड्ससंग खेल्ने तालिका रहेको छ।

लिगमा सहभागी ५ टिम मध्ये ४ टिम सेमीफाइनल पुग्ने हुँदा अब अन्तिम खेलमा नगरहरलाई जित आवस्यक हुनेछ भने अंकतालिकामा अन्तिम स्थानमा रहेको कन्दाहर नाइट्सको प्रदर्शनको समेत प्रतिक्षा गर्नु पर्नेछ।

मलेसियामा सम्पन्न टि-२० बिश्व कप छनौट एसिया पूर्वी छनौट प्रतियोगिता सकेर सन्दिप शनिबार रातिनै यएई पुगे पनि हिजो भएको खेलमा सन्दिपलाई अन्तिम ११ मा राखिएको थिएन।

हिजो सम्पन्न कन्दहर नाइट्स बिरुद्धको खेलमा अन्तिम ११ मा चर्चित स्पिनर मुजिब उर् रहमान, चाइनाम्यान बलर जहिर खान र लेग स्पिनर रहमत साहले स्थान बनाएका थिए। सन्दिप बिनाको खेलमा हार बेहोरे पनि टिमले राम्रो बलिङ्ग प्रदर्शन गरेको थियो। कन्दहरले २० ओभरमा १३७/८ मात्र बनाउन सकेको थियो र पनि दोश्रो इनिंगमा नगरहरले ११० रनमै अल-आउट हुँदा खेल हार्न पुगेको थियो।

सन्दिपको टिम नगरहर बेन कटिंगको कप्तानीमा खेलीरहेको छ जसमा मुजिब उर् रहमान, मिचेल म्याकलेनघन, आन्द्रे रसेल, आन्द्रे फ्लेचर जस्ता खेलाडीहरु रहेका छन्।

सन्दिपलाई नगरहर लिओपार्डसले गत महिना सम्पन्न अक्सनमा १५ हजार डलरमा टिममा आबद्ध गरेको थियो।

लिगमा नगरहर लिओपार्डस सहित ५ टिम रहेका छन्। अन्य टिमहरुमा रासिद खान कप्तान रहेको काबुल ज्वनान, मोहम्मद शहजाद कप्तान रहेको पक्तिया प्यान्थरस, अस्घर अफगान कप्तान रहेको कन्दहर नाइट्स र मोहम्मद नबि कप्तान रहेको बल्ख लेजेन्ड्स रहेका छन्।

अक्टोबर ५ देखि सुरु भएको लिगको फाइनल २१ अक्टोबरमा खेलिनेछ।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]