यस्तो रह्यो सन्दीपको चार ओभर….

११ औं ओभरमा आफ्नो पहिलो ओभर लिएर आएका सन्दीपले त्यस ओभरमा २ बल डट राख्दै ५ रन खर्चिए । पहिलो दोस्रो बलमा समान १ रन खर्चिएका लामिछानेले तेस्रो बल डट राखेका थिए । ओभरको चौथो बलमा अफगानी ब्याटर अजमतुल्लाह उमरजाईले २ रन बनाए । पाँचौ बल पुनः डट राखेका सन्दीपले अन्तिम बलमा १ रन खर्चिए ।

सन्दीपले आफ्नो दोस्रो ओभर १३ औं ओभरमा लिएर आएका थिए । यस ओभरमा सन्दीपले १ विकेट लिनुका साथै ८ रन खर्चिएका थिए ।
पहिलो र दोस्रो बलमा सन्दीपले समान १ रन खर्चिएका थिए । ओभरको तेस्रो बलमा सन्दीपलाई दिलप्रित बाज्वाले छक्का प्रहार गरे । चौथो बल डट राखेका सन्दीपले पाँचौ बलमा बाज्वालाई बोल्ड आउट गरे । ओभरको अन्तिम बलमा सन्दीपले कुनै रन खर्चिएनन् ।

सन्दीपले खेलको १५ औं ओभरमा आफ्नो तेस्रो ओभर गरेका थिए । यस ओभरमा उनले ७ रन खर्चिएका थिए । सुरुआती ३ बलमा समान १ रन खर्चिएका सन्दीपले चौथो बल डट राखे । पाँचौ बलमा कोरबिन बोशले सन्दीपलाई चौका प्रहार गरे । ओभरको अन्तिम बलमा सन्दीपले कुनै रन खर्चिएनन् ।

खेलको १७ औं ओभरमा सन्दीपले आफ्नो स्पेलको अन्तिम ओभर लिएर आएका थिए । यस ओभरमा सन्दीपले रन खर्चिएका थिए । ओभरको पहिलो दुई बल डट राखेका सन्दीपले तेस्रो बलमा १ तथा चौथो बलमा २ रन खर्चिए । पाँचौ बल डट राखेका सन्दीपले अन्तिम बलमा १ रन खर्चिए ।

सन्दीपले यस खेलमा ४ ओभरमा २४ रन खर्चिएर १ विकेट लिए । यसमा उनले १० बल डट राखेका थिए ।





थप समाचार

नेपाल ७८ रनले पराजित

काठमाडौं । नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ। बैंककको […]

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]

अध्यक्ष गुरुङविरुद्धको अविश्वासको प्रस्ताव पारित

काठमाडौं । लुम्बिनी क्रिकेट प्रदेश संघका अध्यक्ष सञ्जय गुरुङ विरुद्धको अविश्वासको प्रस्ताव पारित भएको छ। कपिलबस्तुकाे ताैलिहवामा शनिबार सम्पन्न प्रदेश […]