सन्दीपको अलराउन्ड प्रदर्शनका बाबजुद भ्यानकुभर पराजित

काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछानेको अलराउन्ड प्रदर्शनका बाबजुद ग्लोबल टी-२० क्यानडा क्रिकेट लिगको पहिलो खेलमा भ्यानकुभर नाइट्स पराजित भएको छ ।

शुक्रबार बिहान सम्पन्न खेलमा टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो ।

ब्याटिङमा सन्दीपले नौ बलमा तीन चौकासहित १५ रन बनाउनुका साथै बलिङमा चार ओभरमा २९ रन दिएर एक विकेट लिएका थिए ।

भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टो नेसनल्सले १४ दशमलब ४ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्‍यो ।

टोरन्टो नेसनल्सका कप्तान कोलिन मुनरोले ३९ बलमा तीन चौका र तीन छक्काको सहयोगमा ४४ रन बनाए ।

उन्मुक्त चन्द २३ आउट रनमा हुँदा रासी भान डार डुसेनले ३१ रन बनाए ।

सन्दीपले उन्मुक्तलाई एडबीडब्ल्यु आउट गरे । पाउल भान मिकरेनको अर्को विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भ्यानकुभरले १९ दशमलब ३ ओभरमा अल आउट हुदै १ सय १० रन मात्र बनाएको थियो ।

भ्यानकुभरका लागि रिजा हेनरिक्स र मुनिर अहमदले समान २३२३ तथा डिवान प्रिटोरियसले १६ रन बनाए । सन्दीप लामिछानेले नौ बलमा १५ तथा युवराज शर्माले १४ बलमा १४ रन बनाए ।

नेशनल्सका लागि जुनैद सिद्धिकीले चार विकेट लिए ।

https://youtu.be/_yBH9wFN9f4?si=3Y9ZBHOHpF9pnGzv





थप समाचार

आईपीएल : मुम्बई प्लेअफमा, हारसँगै दिल्ली बाहिरियो

काठमाडौँ । मुम्बई इण्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा पुगेको छ। गएराती सम्पन्न खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ५९ रनले पराजित […]

नेपाल ७८ रनले पराजित

काठमाडौं । नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ। बैंककको […]

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]