सन्दीप र गुल्सन यूएई शृंखलामा उपलब्ध नहुने

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत युनाइटेड अरब इमिरेट्स (युएई) मा हुने त्रिदेशीय शृंखलामा नेपाली राष्ट्रिय टोलीका दुई सदस्य सन्दीप लामिछाने र गुल्सन झा टिममा उपलब्ध नहुने भएका छन् ।

नेपाल क्रिकेट सङ्घ (क्यान) का एक अधिकारीले बताए अनुसार सन्दीपलाई अदालतले विदेश जानबाट रोक लगाएको र गुल्सन यू-१९ टिमको बन्द प्रशिक्षणमा रहेका कारण उनीहरूले युएई भ्रमण गुमाउने भएका हुन् ।

यूएईमा लिग-२ अन्तर्गतको शृंखलामा नेपालसँगै घरेलु टिम युएई र पपुवा न्यु गिनी (पिएनजी) सँग खेल्ने तालिका छ । नेपालले फेब्रुअरी २७ मा पपुवा न्यु गिनी (पिएनजी) विरुद्ध शृंखलाको पहिलो खेल खेल्नेछ ।

हाल नेपाली टिमले घरेलु मैदानमा नामिबिया र स्कटल्यान्डसँग लिग-२ अन्तर्गतकै शृङ्खला खेलिरहेको छ । शृंखलामा नेपालले तीन खेल खेल्दा सतप्रतिशत नतिजा निकालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी शृंखलाको पहिलो खेलमा नेपालले नामिबियालाई दुई विकेटले, दोस्रो खेलमा स्कटल्यान्डविरुद्ध तीन विकेटले र तेस्रो खेलमा नामिबियाविरुद्ध पुनः तीन विकेटको जित निकालेको थियो ।

नेपालले यी तीनवटै खेलमा कीर्तिमानी लक्ष्य पूरा गरेको थियो । नेपालले पहिलो खेलमा नामिबियाविरुद्ध २८६ को, दोस्रो खेलमा स्कटल्यान्डविरुद्ध २७५ र तेस्रो खेलमा नामिबियाविरुद्ध २७५ रनकै पूरा गर्दै कीर्तिमान बनाएको थियो । यी तीन लक्ष्य एक दिवसीय क्रिकेटमा नेपालले पूरा गरेको क्रमशः पहिलो, दोस्रो र तेस्रो ठूलो योगफल हो ।

यस शृङ्खलाअघि एक दिवसीय क्रिकेटमा नेपालले २६० भन्दा माथिको लक्ष्य भेट्टाउन सकेको थिएन ।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]