दिल्ली पहिले बलिंग गर्दै, सन्दिप परे अन्तिम-११ मा

इन्डियन प्रिमियर लिग ( आईपीएल ) अन्तर्गत १३ औं खेलमा दिल्ली क्यापिटल्सले किंग्स-११ पन्जाबको सामना गर्दै छ।

पन्जाबको घरेलु मैदान पन्जाब क्रिकेट एसोसिएसन मोहालीमा हुने खेलमा दिल्लीले टस जितेर पहिले बलिंग गर्ने निर्णय गरेको छ। खेल नेपाली समय ८:१५ बजे बाट सुरु हुँदै छ।

दिल्लीले आफ्नो अन्तिम-११ मा पुनः नेपाली स्पिनर सन्दिप लामिछानेलाई स्थान दिएको छ। सन्दिपलाई दिल्लीले आफ्नो पहिलो २ खेलमा मौका दिएको थिएन जसपछि तेश्रो र चौथो खेलमा भने मौका दिएको हो।

Sandeep Lamichhane

लिग अन्तर्गत दिल्लीले कोलकाता बिरुद्ध खेलेको अन्तिम खेलमा दिल्ली विजयी हुँदा संद्पीले १ विकेट लिएका थिए जुन क्रममा सबैभन्दा किफायती बलिंग गर्दै ४ ओभरमा २९ रन खर्चिएका थिए।

दिल्लीले आफ्नो अन्तिम-११ मा सन्दिपसंगै कागीसो रबाडा, कोलिन इन्ग्राम र क्रिस मोरिसलाई स्थान दिएको छ। अमित मिश्रा अन्तिम-११ मा छैनन्।

अन्तिम-११ : प्रिथ्भी श, शिखर धवन, श्रेयस ऐयर ( कप्तान ) , रिशभ पन्त, कोलिन इन्ग्राम, हनुमा बिहारी, हर्षल पटेल, क्रिस मोरिस, सन्दिप लामिछाने, कागीसो रबाडा र आभेस खान।

पन्जाबले भने आफ्नो अन्तिम-११ मा आज क्रिस गेललाई स्थान दिएको छैन।

पन्जाबको अन्तिम-११ –   Lokesh Rahul(w), Mayank Agarwal, David Miller, Sarfaraz Khan, Mandeep Singh, Hardus Viljoen, Sam Curran, Ravichandran Ashwin(c), Murugan Ashwin, Mohammed Shami, Mujeeb Ur Rahman

प्रतियोगितामा दिल्ली अंकतालिकाको चौथो खेलमा रहेको छ जुन क्रममा ३ खेल खेल्दा २ जित र १ हार बेहोरेको छ। अंकतालिकाको शिर्ष स्थानमा रहेको चेन्नाई सुपर किंग्सले ३ खेल खेल्दा शत-प्रतिशत जित हात पारेको छ। उता पन्जाबले पनि दिल्ली जस्तै ३ खेलमा २ जित र १ हार बेहोरेको छ र अंकतालिकामा पाँचौ स्थानमा रहेको छ।

दिल्लीले लिगको पहिलो खेलमा मुम्बई इन्डियनलाई ३७ रनले पराजित गरेको थियो भने दोश्रो खेलमा चेन्नाईसंग ६ विकेटको हार बेहोरेको थियो। टाई भएको तेश्रो खेलमा उसले कोलकातालाई सुपर ओभरमा पराजित गरेको थियो।

 





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]