सन्दिप ठुलो मूल्यमा ‘द हन्ड्रेड’ प्रतियोगिताको ड्राफ्टमा

नेपाली स्पिनर सन्दिप लामिछाने इंग्ल्याण्डमा आयोजना हुने ‘द हन्ड्रेड’ प्रतियोगिताको ड्राफ्टमा परेका छन्। पहिलो पटक आयोजना हुन लागेको यो फर्म्याटको प्रतियोगिता १०० बलको इनिंगमा खेलिनेछ।

इएसपीएन क्रिक्इन्फोका अनुसार ड्राफ्टमा सन्दिप लगायत १६५ विदेशी खेलाडीहरु रहेका छन्। यस अघि मंगलबारनै प्रतियोगिता खेल्ने ठुला नामहरु घोषणा भइसकेको छ जसमा राशिद खान, क्रिस गेल, डेभिड वार्नर, एरोन फिन्च, बाबार आजम रहेका छन्।

प्रतियोगितामा नेपाल सहित ११ बिभिन्न देशबाट खेलाडीहरु खेल्नेछन्। खेलाडी छनौट गर्न अक्टोबर २० तारिकमा मुख्य ड्राफ्ट आयोजना हुनेछ। प्रतियोगितामा कुल ८ वटा टिमहरु सहभागी हुने बताईएको छ।

भारतीय खेलाडीहरु भने बिसीसीआईको देश बाहिर हुने लिग खेल्न नपाउने नियमअनुसार लिग खेल्नेछैनन्। आईपीएलसंग प्रतिस्पर्धा गर्ने लिगहरुमा बिसीसीआईले खेल्ने अनुमति दिन गर्दैन। हरभजन सिंह मात्रै लिगमा दर्ता हुने भारतीय खेलाडी हुन्। सम्भवत लिग खेल्नु अघि उनले भारतीय टिमबाट सन्यास घोषणा गर्नेछन्।

प्रतियोगिताको आयोजना देशहरु बीच सिरिजहरु नहुने समयमा आयोजना हुने हुनाले ठुला खेलाडीहरुले लिग खेल्ने विश्वास गरिएको छ।

ड्राफ्टमा सन्दिप ठुलो मूल्यमा 

इएसपीएनक्रिकइन्फोले खुलासा गरे अनुसार प्रतियोगितामा ड्राफ्टमा सबैभन्दा बढी मूल्य १ लाख ५५ हजार डलर रहेको छ। यो सुचीमा स्टिभ स्मिथ, मिचेल स्टार्क, डेभिड वार्नर, क्विन्टन डीकक, लुंगी एनगीडी, कागीसो रबाडा, लासिथ मलिंगा, क्रिस गेल रहेका छन्। ८ जना खेलाडीहरु यो सुचीमा छन्।

यस्तै १७ जना खेलाडीहरुको मूल्य १ लाख ४ हजार डलर रहेको छ। यो सुचीमा सन्दिप लामिछाने पनि रहेका छन्। अर्थात् सन्दिप लामिछानेलाई ड्राफ्ट मार्फत कुनै टिमले लिए उनले नेपाली रुपैयाँ करिब १ करोड २० लाख रुपैयाँ पाउनेछन्। सन्दिप पछि यो सुचीमा हरभजन सिंह, आन्द्रे रसेल, ग्लेन म्याक्स्वेल, राशिद खान, शाकिब अल हसन, तमिम इकबाल, शाहिद अफ्रिदी, ड्वेन ब्राभो, सुनिल नारायण, काइरन पोलार्ड रहेका छन्।

सन्दिप खुलासा भएको मध्ये सबैभन्दा बढी मूल्यको ड्राफ्टमा परेको यो पहिलो पटक हो। बिग ब्यास लिगमा सन्दिपको मूल्य सार्वजनिक गरिएको छैन। १ करोड भन्दा बढी मूल्यमा मेलबर्नसंग उनको सम्झौता भएको बताईएको छ। आइपीएलमा सन्दिपले मात्र २० लाख भारतीय रुपैयाँ ३ सिजनको लागि पाउनेछन्।

बिश्वभर टि-२० लिगहरुको आयोजना भइरहेका कारण क्रिकेटमा नयाँ दर्शक भित्र्याउन इंग्ल्याण्ड क्रिकेट बोर्डले १०० बल क्रिकेटको अबधारणा ल्याएको हो।

ड्राफ्टको अन्य वर्गीकरण – 

९३ हजार डलर – डेल स्टेन, बाबर आजम, मार्कस स्टोइनिस, मोहम्मद हफिज, निओलास पुरन, मार्टिन गुप्टिल, फाहिम अशरफ, शाहिन अफ्रिदी

६२ हजार डलर – थिसारा परेरा, एलेक्स केरे, लेन्डल सिमोन्स, शिमरन हेटमायर, ड्यार्सी सर्ट, इभिन लुइस, मिचेल स्यान्टनर

३७ हजार डलर –  क्रिस ग्रिन, एस्टन टर्नर, फाबियन एलेन, एडम मिल्ने

सन्दिपले हालसम्म घोषणा गरे मध्ये सबैभन्दा बढी मुल्य पाएको करेबियन प्रिमियर लिगको जारी सिजन हो जसमा उनलाई बार्बेडोसले ७० हजार डलर खर्चेको थियो। इन्डियन प्रिमियर लिगमा सन्दिप गत सिजन २० लाख भारतीय रुपैयाँमा बिक्रि भएका थिए भने गत सिजन क्यारेबियन प्रिमियर लिगमा ५ हजार डलर तथा ग्लोबल टि-२० लिग क्यानडामा ४० हजार डलरमा ड्राफ्टबाट सन्दिप छानिएका थिए। यस्तै अफगानिस्तान प्रिमियर लिगमा उनले १५ हजार डलर तथा टि-१० लिगमा ३० हजार डलर मूल्य पाएका थिए।

 





थप समाचार

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]