डेब्युमा अर्धशतक बनाउदै सन्दिप जोराले कायम गरे २ नयाँ विश्व-किर्तिमान

Saneeep Jora
  • विकेटनेपाल –  १७ माघ, बिहिबार 

नेपाली क्रिकेट टिमको लागि आफ्नो डेब्यु म्याचमै अर्धशतक बनाएका सन्दिप जोराले नयाँ बिश्व किर्तिमान कायम गरेका छन्।

युएई र नेपाल बीच आज सुरु भएको ३ वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत पहिलो खेलमा युएईले नेपाललाई २१ रनले पराजित गर्यो। खेलमा युएईले टस हारेर ब्याटिंग गर्दै १५३ रन बनाए पछि लक्ष्य पछ्याउने क्रममा नेपालले २० ओभर ब्याटिंग गर्दै ७ विकेट गुमाएर १३२ रन बनाएपछि हार बेहोरेको हो।

लक्ष्य पछ्याउने क्रममा जोराले पाँचौ नम्बरमा ब्याटिंग गर्दै अविजित ५३ रनको इनिंग खेलेका थिए। जोराले ४२ बलमा अर्धशतक पुरा गरेका थिए। उनले ४६ बलमा ३ चौका र १ छक्का प्रहार गरे पनि नेपाललाई जित भने दिलाउन सकेनन्। टिमले जित हात नपारे पनि जोराले भने नयाँ विश्व किर्तिमान कायम गरेका छन्।

सन्दिप जोराको २ नयाँ विश्व किर्तिमान  

नेपालको लागि टि-२० अन्तर्राष्ट्रियमा आज डेब्यु गर्ने क्रममा जोराको उमेर १७ वर्ष १०३ दिन रहेको छ। डेब्युमै अर्ध शतक बनाए पछि जोरा टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्युमै अर्धशतक बनाउने कान्छो ब्याट्सम्यान बनेका छन्।

यस अघि नेपाली ब्याट्सम्यान रोहित पौडेलले युएईसंगको एकदिवसीय अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत दोश्रो खेलमा अर्धशतक बनाउदै अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने कान्छा खेलाडी बनेका थिए। सो क्रममा रोहितले शहिद अफ्रिदी र सचिन तेन्दुलकरलाई पछि पारेका थिए

रोहित पौडेल द्वारा उक्त रेकर्ड कायम गरेको ५ दिन पछि अर्का नेपाली खेलाडीले विश्व किर्तिमान कायम गरका हुन्।

Sandeep Jora ( Photo – Thenational.ae )

टि-२० अन्तर्राष्ट्रियमा यस अघि क्यानडाका खेलाडी हिराल पटेलको नाममा टि-२० अन्तर्राष्ट्रियमा कान्छो उमेरमा अर्धशतक बनाउने रेकर्ड थियो। पटेलले १८ वर्ष १७७ दिनको उमेरमा आयरल्याण्डसंग सन् २०१० मा अविजित ८८ रनको इनिंग खेल्दै उक्त विश्व रेकर्ड कायम गरेका थिए। अफगानिस्थानका ब्याट्सम्यान उस्मान घानीले १८ वर्ष ३४२ दिनमा अर्धशतक बनाएका थिए जो सुचीमा तेश्रो स्थानमा छन्। सुचीमा घानीनै चौथो र पाकिस्तानका एहमद शहजाद पाँचौ स्थानमा छन् भने पाकिस्तानकै उमेर अकमल छैठौं स्थानमा छन्।

डेब्युमा पाँचौ नम्बरमा ब्याटिंग गर्दै पहिलो अर्धशतक

डेब्यु खेलमा अर्धशतक बनाउने जोरा २० औं ब्याट्सम्यान बने पनि डेब्युमा पाँचौ नम्बरमा ब्याटिंग गर्दै अर्धशतक बनाउने भने जोरा विश्वकै पहिलो ब्याट्सम्यान हुन्। एकै खेलमा जोराले दोश्रो विश्व किर्तिमान बनाएका हुन्।

जोराले कायम गरेकको अन्य किर्तिमान 

जोरा नेपालको लागि टि-२० अन्तर्राष्ट्रियमा अर्धशतक बनाउने तेश्रो ब्याट्सम्यान भएका छन्। यस अघि पारस खड्का र सुबास खकुरेलले मात्रै नेपालको लागि टि-२० अन्तर्राष्ट्रियमा अर्धशतक बनाएका थिए।

सुबास खकुरेल नेपालको लागि टि-२० अन्तर्राष्ट्रियमा अर्धशतक बनाउने पहिलो ब्याट्सम्यान थिए जसले २०१४ टि-२० बिश्व कपमा अफगानिस्तान बिरुद्ध नेपालले जित हात पार्दा ओपनिङ्ग ब्याटिंग गर्दै ५६ रन बनाएका थिए। टि-२० अन्तर्राष्ट्रियमा त्यसपछि अर्धशतक बनाउने ब्याट्सम्यान पारस खड्का हुन् जसले नेदरल्याण्ड बिरुद्ध २०१५ मा सिरीज खेल्दा ५४ रन बनाएका थिए। उक्त खेल नेपालले जितेको थियो।

सन्दिप जोरा पहिलो नेपाली ब्याट्सम्यान बनेका छन् जसले टि-२० अन्तर्राष्ट्रिय खेलमा अर्धशतक बनाउदा टिम हार्न पुगेको छ।

यस्तै जोराले बनाएको अविजित ५३ रन सुबास खकुरेलले बनाएको ५६ र पारस खड्काले बनाएको ५४ रन पछि टि-२० अन्तर्राष्ट्रियमा नेपाली ब्याट्सम्यानको तेश्रो सर्वाधिक व्यक्तिगत रन हो। तेश्रो भए पनियस्तै जोरा अर्धशतक बनाए पछि अविजित रहने भने पहिलो नेपाली ब्याट्सम्यान बनेका छन्।

टि-२० अन्तर्राष्ट्रियमा नेपाली ब्याट्सम्यानको सर्वाधिक व्यक्तिगत रन 

सुबास खकुरेल – ५६ ( ५३ ) , ६ चौका र १ छक्का ( बिरुद्ध अफगानिस्तान , २०१४ टि-२० विश्वकप )
पारस खड्का – ५४ ( ४१ ) , ६ चौका ( बिरुद्ध नेदरल्याण्ड, सन् २०१५ )
सन्दिप जोरा – ५३* ( ४६ )  ३ चौका र १ छक्का  ( बिरुद्ध युएई, सन् २०१९ )
ज्ञानेन्द्र मल्ल – ४८ ( ४१ ) ४ चौका र १ छक्का ( बिरुद्ध हंगकंग , सन् २०१४ )
पारस खड्का – ४५* ( ४२ ) , १ चौका र १ छक्का ( बिरुद्ध नेदरल्यान्ड्स, सन् २०१५ )

टि-२० अन्तर्राष्ट्रिय डेब्युमै अर्धशतक बनाउने पहिलो नेपाली 

नेपालको लागि डेब्यु खेलमै अर्धशतक बनाउने पनि जोरानै पहिलो ब्याट्सम्यान बन्न सफल भएका छन्। टि-२० डेब्यु गर्ने क्रममा ज्ञानेन्द्र मल्लले २०१४ को टि-२० बिश्व कपमा हंगकंगसंग ४८ रन बनाएका थिए तर अर्धशतक बनाउनबाट चुकेका थिए।

बिश्व क्रिकेटमा डेब्यु खेलमा अर्धशतक बनाउने जोरा २० औं ब्याट्सम्यान हुन्। टि-२० अन्तर्राष्ट्रिय डेब्युमा सर्वाधिक व्यक्तिगत रन बनाउने ब्याट्सम्यान अस्ट्रेलियाका पुर्व कप्तान रिकी पोन्टिङ्ग हुन् जसले न्युजिल्याण्ड बिरुद्ध सन् २००५ मा अविजित ९८ रन बनाएका थिए। यो सुचीमा जोरा १९ औं नम्बरमा छन्।

Saneeep Jora

को हुन् सन्दिप जोरा ? 

युएईसंग यस अघि सम्पन्न एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको तेश्रो एकदिवसीयमा डेब्यु गरेका जोरा एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गर्ने १९ औं नेपाली खेलाडी बनेका थिए।

कंचनपुर घर भएका जोराले यस अघि नेपाली अन्डर-१९ टिमको बिभिन्न प्रतियोगितामा प्रतिनिधित्व गरिसकेका छन्। उनले सन् २०१७ मा आयोजित यु-१९ बिश्व कप छनौटमा तथा यु-१९ एसिया कप २०१७ मा समेत नेपाली युवा टिमको प्रतिनिधित्व गरेका थिए। गत वर्ष यु-१९ एसिया कपमा खेल्ने क्रममा जोराले युएईसंग ६७ रन तथा भारतसंग २० रन बनाएका थिए।

डिसेम्बरमा सम्पन एभरेस्ट प्रिमियर लिगमा जोरा विजेता टिम ललितपुर प्याट्रीएट्सको लागि खेलेका थिए। त्यस क्रममा जोराले सातौँ र छैठौं नम्बरमा ब्याटिंग गर्दै अन्तिम समयमा आएर ठुलो सटहरु प्रहार गरेका थिए। उनले ईपिएलमा भैरहवासंग फाईनलमा २४ रन ( ११ बलमा २ छक्का र १ चौका ) , चितवनसंग २५ ( ८ बलमा १ चौका र ३ छक्का ) , भैरहवासंग लिग चरणमा १८ रन ( १० बलमा २ चौका र १ छक्का ) प्रहार गरेका थिए।

सन्दिप तल्लो मध्यक्रममा ब्याटिंग गर्ने गर्छन भने उनि आक्रामक ब्याटिंगको लागि जनिने गर्छन। यस्तै मिडियाम पेस बलिङ्ग पनि गर्न सक्ने जोराको फिल्डिंग उच्चस्तरीय मानिन्छ। विकेटको बीचमा पनि जोरा छिटो दौडन सक्छन्।

गत महिना सम्पन्न धनगढी प्रिमियर लिगको अक्सनमा जोरालाई सीवाईसी अत्तरियाले २ लाख ३० हजार रुपैयाँमा किनेको थियो।

( फिचर फोटो – दनेसनल युएई )





थप समाचार

वर्षाले निर्णायक खेल रद्द हुँदा नेपाल अभागी, अफगानिस्तान विश्वकपमा

आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ । मुलपानीस्थित […]

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]