अन्तर्राष्ट्रिय टि-२० लिग करियरमै सन्दिपको सबैभन्दा कम ओभर बलिंग

वेस्टइन्डिजमा जारि क्यारेबियन प्रिमियर लिग अन्तर्गत सन्दिप लामिछानेले प्रतिनिधित्व गरिरहेको टिम बारबेडोस ट्राइडेन्टले आफ्नो पहिलो खेलमा हार बेहोरेको छ। गुएना अमेजन वारियर्सले बारबेडोसलाई ४७ रनले पराजित गर्दै लगातार तेश्रो जित दर्ता गर्यो।

खेलमा टस हारेर ब्याटिंग गरेको गुएनाले दिएको १८१ रनको लक्ष्य पछ्याउने क्रममा बारबेडोसले १६.४ ओभरमा सबै विकेट गुमाएर १३३ रन मात्रै बनाउन सक्यो।

गुएनाको ब्याटिंगमा चन्द्रपौल हेमराजले सर्वाधिक ६३ ( ५५ बलमा ६ चौका र ३ छक्का ) तथा निकोलस पुरनले अविजित ६१ रन बनाए। पुरनले विस्फोटक इनिंग खेल्ने क्रममा ३० बलमा ५ छक्का र ३ चौका प्रहार गरे। यस्तै शर्फेन रुथरफोर्डले अविजित ३२ रन बनाउन १४ बलमा ४ छक्का प्रहार गरे। १५.१ ओभरमा १०२/४ को अवस्थामा रहेको बेला पुरन र रुथरफोर्डले पाँचौ विकेटको लागि २९ बलमा ७८ रनको साझेदारी गरेका थिए।

निकोलस पुरनले विस्फोटक ब्याटिंग गरे

लक्ष्य पछ्याउने क्रममा बारबेडोसले सुरुवात देखि लगातार विकेट गुमाउन पुगेको थियो। यसले नर्सले सर्वाधिक ४० रन बनाए पनि अन्य ब्याट्सम्यानले ठुलो पारि खेल्न सकेनन्। वारियर्स बलर रोमारियो शेफर्डले सर्वाधिक ४ विकेट तथा शदाब खानले २ विकेट लिए।

सन्दिपलाई १ ओभर मात्र बलिंग

पहिलो इनिंगको पाँचौ ओभरमा बलिंग गरेका सन्दिपले ओभरमा मात्र ५ रन खर्चिए। ओभरमा ४ वटा बलमा रन नदिएका सन्दिपको तेश्रो बलमा चन्द्रपौल हेमराजले चौका प्रहार गरे।

पहिलो ओभर राम्रो गरेता पनि सन्दिपलाई त्यसपछि भने कप्तान जेसन होल्डरले बलिंगमा फिर्ता ल्याएनन्। वेस्टइन्डिजका अफ ब्रेक बलर यसले नर्सले त्यसपछि लगातार आफ्नो स्पेल पुरा गरे। नर्सले ४ ओभरमा ३८ रन खर्चिए पनि विकेट भने निकाल्न सकेनन्।

https://www.youtube.com/watch?v=KFZBLW6-jVE

मेडिकल क्रिमको नकाराम्तक प्रतिक्रिया 

विकेटनेपालले सन्दिप लामिछानेका नेपाल व्यवस्थापक समेत रहेका रमन शिवाकोटीसंग कुरा गर्दा वास्तविक कारण थाहा भएको हो।

शिवाकोटीका अनुसार सन्दिपले खुट्टामा लगाएको एक मेडिकल क्रिमले नकारात्मक असर गरे पछि सन्दिप फिल्ड बाहिर रहेको र स्पेल पुरा गर्न नसकेका हुन्। तथापी सन्दिप १५ औं ओभर पछि बलिंग गर्न तयार भइसकेको शिवाकोटीले जानकारी गराए। डेथ ओभरमा सन्दिपलाई होल्डरले बलिंग दिएनन्। क्रिमले असर गरेको बताएता पनि शिवाकोटीले कस्तो क्रिम र त्यसले गरेको असर बारे भने खुलाएनन्। क्रिमले एलर्जी भएका कारण सन्दिपलाई गार्हो भएको अनुमान लगाउन सकिन्छ।

अहिलेसम्मकै कम ओभर बलिंग 

अन्तर्राष्ट्रिय टि-२० लिगमा बिपक्षी टिमले २० औं ओभरसम्म ब्याटिंग गर्दा सन्दिपले यो नै सबैभन्दा थोरै ओभर बलिंग गरेका हुन्। नेपाली लेग स्पिनरले गत सिजन इन्डियन प्रिमियर लिगबाट ठुला बिदेशी टि-२० लिग खेल्न थालेका थिए।

यस अघि बिपक्षी टिमले २० औं ओभर सम्म ब्याटिंग गर्दा सन्दिपले ३ ओभर भन्दा कम बलिंग गरेका थिएनन्। बिपक्षी टिमले २० औं ओभर सम्म खेल्दा हालसम्म ३ पटक मात्र सन्दिपले पुरा स्पेल बलिंग गरेका छैनन्।

गत महिना ग्लोबल टि-२० क्यानडामा मोन्टरियल टाइगर्स बिरुद्ध सन्दिपले ३ ओभर बलिंग गरेका थिए। यस्तै यो सिजन आइपीएलमा रोयल च्यालेन्जर्स बैंगलोरमा पनि उनले  ३ ओभर गर्न पाएका थिए। यस्तै गत सिजन क्यारेबियन प्रिमियर लिगमै सेन्ट किट्सको लागि खेल्ने क्रममा पनि ट्रिनबागो नाइट राइडर्स बिरुद्ध उनले ३ ओभरनै बलिंग पाएका थिए।

लिग अन्तर्गत बारबेडोसले दोश्रो खेल सेन्ट किट्स एण्ड नेभिस प्याट्रीएट्ससंग सेप्टेम्बर १२ तारिख बुधबार खेल्नेछ। खेल नेपाली समय बिहान ३:३४ बजे खेलिनेछ।

सन्दिपलाई बार्बाडोसले ७० हजार डलरमा जेठ महिनामा सम्पन्न ड्राफ्टमार्फत टिममा लिएको थियो। सीपीएल टि-२० को अघिल्लो सिजन सन्दिपलाई सेन्ट किट्स एण्ड नेभिस प्याट्रीएट्सले लिएको थियो।

सीपीएल टि-२० को अघिल्लो सिजन सन्दिपले सेन्ट किट्स एण्ड नेभीस प्याट्रीएट्सको लागि ५ खेलमा कुल ७ विकेट लिएका थिए। सन्दिपको टिम गत सिजन लिग चरण अंकतालिकामा चौथो स्थानमा रहेको थियो भने दोश्रो क्वालीफायरमा पराजित हुँदै समग्रमा तेश्रो भएको थियो।





थप समाचार

प्रधानमन्त्री कप भक्तपुर छनोट :हिमालय र बिएमसीए विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा हिमालय स्पोर्ट्स म्यानेजमेन्ट र बिएमसीए विजयी भएका छन्। मुलपानी मैदानमा जारि […]

एनकासा इन्टर फर्म क्रिकेट : सुब्र , केबिएसआर, अनिश र एपीए विजयी

१२ औं संस्करणको एनकासा इन्टर फर्म क्रिकेट प्रतियोगिता अन्तर्गत दोश्रो दिन सम्पन्न चारवटा खेलहरु सम्पन्न भएका छन्। ललितपुर स्थित पुल्चोक […]

डीएभीलाई अन्तर-स्कुल टि-२० क्रिकेटको उपाधि

काठमाडौँ, डिएभि सुशील केडिया विश्व भारतीय स्कुलले १६ औं सीओएएस अन्तर-स्कुल रनिंग टि-२० क्रिकेट प्रतियोगिता २०८१ को उपाधि जितेको छ। […]

इन्टर-फर्म क्रिकेट : एसएचए र केएएसए युपीबि युथ्स विजयी

१२ औं संस्करणको एनकासा इन्टर फर्म टी २० क्रिकेट प्रतियोगिता आइतबार सुरु भएको छ। ललितपुर स्थित पुल्चोक इन्जिनियरिङ मैदानमा आइतबार […]

प्रधानमन्त्री कप भक्तपुर छनोट : जनप्रेमी र हिमालयन विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा जनप्रेमी स्पोर्टस् क्लब र हिमालयन स्पोर्ट्स म्यानेजमेन्ट विजयी भएका छन्। मुलपानी […]

प्रधानमन्त्री कप भक्तपुर छनोट : पासा र बिसीसी विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा पासा क्रिकेट एकेडेमी र बिसीसी विजयी भएका छन् । मुलपानी मैदानमा […]