सन्दिप र करनले घातक बलिङ्ग गर्दा, नेपाल तेश्रो जित नजिक

sandeep lamichhane
  • विकेटनेपाल – २१ असोज

सन्दिप लामिछाने र करन केसीको सानदार प्रदर्शनमा नेपालले मलेसियामा जारि आईसीसी ट्वान्टी-२० विश्वकप छनौट एसिया (पूर्वी) प्रतियोगिता अन्तर्गत आफ्नो तेस्रो खेलमा थाइल्याण्डसंग जित नजिक पुगेको छ।

पहिले ब्याटिंग गर्दै नेपालले दिएको १७३ रनको बिजय लक्ष्य लिएर मैदान उत्रिएको थाइल्याण्डले ९.३ ओभरमा ९ विकेट गुमाउन पुग्दा वर्षाले खेल रोकिएको छ। थाईयाण्डको हातमा १ विकेट हुँदा जितको लागि अझै १५५ रन आवस्यक छ।

यो अवस्थामा खेल रोकिए नेपाललाई डी/एल मेथडको आधारमा बिजेता घोषणा गरिनेछ।

१७३ रन लक्ष्य पछ्याउने क्रममा कुनैपनि थाई ब्याट्सम्यानले दोहोरो अंकमा रन छुन सकेका छैनन्।

थाईल्याण्ड इनिंग तहसनहस पार्न सन्दिप लामिछानेले सर्वाधिक ५ विकेट (३-१-८-५) हात पारॆका छन्। यस्तै करन केसीले ३ ( १.५-०-२-३ ) विकेट तथा ललित राजबंशीले १ विकेट ( २-०-२-१ ) लिएका छन्।

प्रतियोगिता अन्तर्गतनै यसअघि सम्पन्न मलेसिया बिरुद्धको खेलमा सन्दिपले ५ विकेट हात पारेका थिए। यस्तै आफ्नो पहिलो खेलमा नेपालले म्यान्मारलाई हराउँदा सन्दिपको नाममा ४ विकेट रहेको थियो।

करन केसीको विस्फोटक ब्याटिंग 

खेलको पहिलो इनिंगको समाप्तिमा नेपालले ७ विकेट गुमाएर १७२ रन जोडेको थियो। नेपालको इनिंगममा करन केसीले सर्वाधिक ४० तथा शरद भेषवाकरले व्यक्तिगत ३४ रनको योगदान गरे।

Karan KC
Karan KC

बायुमास ओभल मैदानमा टस हारेर ब्याटिंगको निम्तो पाएको नेपाललाई ओपनरद्वय बिनोद भण्डारी र अनिल कुमार साहले राम्रो सुरुवात दिएका थिए। आक्रामक लयमा देखिएका दुवै ओपनरले सुरुबाटनै ठूला सट खेल्दा नेपालले राम्रो सुरुवात पायो।

बिनोद भण्डारी मात्र ८ बलमा १५ रन (२ चौका, १ छक्का) तथा अनिल कुमार साह १७ बलमा २५ रन (५ चौका) जोड्दै आउटहुँदा नेपालले मात्र ५.३ ओभरमा ५४ रन जोड्न २ विकेट गुमाएको थियो।

त्यसपश्चात भने तेस्रो विकेटका लागि प्रतियोगितामा पहिलो पटक ब्याटिंग गर्न उत्रिएका शरद भेसवाकर र दिपेन्द्र सिंह ऐरीले ३३ रनको साझेदारी गर्दै नेपाली इनिंगलाई उकास्ने प्रयास गरेका थिए। दिपेन्द्र सिंह ऐरी २६ बलमा ३ चौका र १ छक्का सहित व्यक्तिगत ३० रनको स्कोरमा आउट भए।

कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लभन्दा अगाडी ब्याटिंग गर्न मौका पाएका आरिफ शेख मात्र ८ रनको स्कोरमा पभेलियन फर्किंदा नेपालले ११३ रन जोड्न ४ विकेट गुमाएको थियो। यस्तै शरद भेसवाकर समेत ३४ रनको व्यक्तिगत स्कोरमा आउट भएका थिए।

इनिंगको अन्त्यतर्फ कप्तान पारस खड्का समेत ठुलो सट प्रहार गर्ने चक्करमा मात्र ५ रनको स्कोरमा आउट हुँदा नेपाल १२१/६ को खराब अवस्थामा पुगेको थियो। पारस खड्काको विकेट पछि टोलीले ७ रन थप जोड्दा ज्ञानेन्द्र मल्ल समेत व्यक्तिगत ७ रनमा पभेलियन फर्किएका थिए।

अन्त्यमा अविजित रहँदै करन केसी र सोमपाल कामीले महत्वपूर्ण ४४ रनको साझेदारी गरेका थिए।  त्यसक्रममा करन केसीले बिष्फोटक ब्याटिंग गर्दै मात्र १४ बलमा ४० रन प्रहार गरे जुन क्रममा ४ छक्का र २ चौका प्रहार गरे। इनिंगको अन्तिम ओभरमा करनले लगातार ३ छक्का प्रहार गरेका थिए। सोमपाल भने व्यक्तिगत ४ रनमा अविजित रहे।

थाइल्याण्डको बलिंगतर्फ पेयुपुथ संगनार्डले सर्वाधिक ४ विकेट हात पारेका थिए। आफ्नो ४ ओभरको स्पेलमा संगनार्डले २१ रन खर्चिएर ४ विकेट आफ्नो नाम गरेका थिए। यस्तै भिचन्थन सिंहले २ विकेट आफ्नो हात पारे।





थप समाचार

मलेसियाविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि नेपाललाई 

काठमाडौँ । सीता रानामगरको ३४ रन प्रेरित नेपाली महिला क्रिकेट टिमले आइतबार पाँचौँ तथा अन्तिम ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा मलेसियालाई तीन […]

नेपाल मलेसियासँग पराजित

घरेलु टोली मलेसियाले चौथो महिला अन्तर्राष्ट्रिय खेलमा नेपाललाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा घरेलु टोलीले ४ विकेटले नेपाललाई […]

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]