दुई नेपाली स्पिनर स्पिनर बिग ब्यास लिग ड्राफ्टमा

नेपाली राष्ट्रिय क्रिकेट टिमका दुई स्पिनर सन्दिप लामिछाने र ललित राजवंशी अस्ट्रेलियाको बिग ब्यास लिगको ड्राफ्टमा परेका छन्।

बुधबार बिग ब्यासले पुरुष र महिला बिग ब्यासको लागि ३० देशका खेलाडीहरुको सूची सार्वजनिक गरेको छ जसमा ४३२ पुरुष तथा १६१ महिला क्रिकेटरहरु छन्। सोहि सूचीबाट खेलाडीहरुको चयन हुनेछ। नेपालबाट दुई जना मात्र क्रिकेटर ड्राफ्टमा परेका हुन्।

सेप्टेम्बर १ तारिख आइतबार हुने ड्राफ्टबाट लिगका ८ टिमले खेलाडी चयन गर्नेछन्। लिग डिसेम्बर १५ देखि सुरु हुने तालिकाछ।

सन् २०१८/१९ सिजनमा पहिलो पटक बिग ब्यास लिगमा मेलबर्न स्टार्सको प्रतिनिधित्व गरेका सन्दिपले त्यसपछि २०१९/२० सिजनमा मेलबर्न स्टार्सकै लागि, २०२०/२१ र २०२१/२२ मा होबार्ट हरिकेन्सको प्रतिनिधित्व गरेका थिए। पछिल्लो पटक ग्लोबल टि-२० लिग खेलेका सन्दिपले त्यस बाहेक अन्य लिग खेलेका छैनन्।

हाल सम्म अन्तर्राष्ट्रिय लिगमा प्रतिनिधित्व गरेका देब्रे हाते स्पिनरले नेपालको लागि २९ वटा एकदिवसीय अन्तर्राष्ट्रिय र २१ टि-२० अन्तर्राष्ट्रिय खेलेका छन्। एकदिवसीय अन्तर्राष्ट्रियमा उनले ३७ विकेट र टि-२० अन्तर्राष्ट्रियमा १८ विकेट लिएका छन्। उनले २०१८ मा नेदरल्याण्ड विरुद्ध नेपालको लागि टि-२० अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए।





थप समाचार

आईपीएल : मुम्बई प्लेअफमा, हारसँगै दिल्ली बाहिरियो

काठमाडौँ । मुम्बई इण्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा पुगेको छ। गएराती सम्पन्न खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ५९ रनले पराजित […]

नेपाल ७८ रनले पराजित

काठमाडौं । नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ। बैंककको […]

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]