दुई नेपाली स्पिनर स्पिनर बिग ब्यास लिग ड्राफ्टमा

२०८१ भाद्र १२, बुधबार ११:०१

नेपाली राष्ट्रिय क्रिकेट टिमका दुई स्पिनर सन्दिप लामिछाने र ललित राजवंशी अस्ट्रेलियाको बिग ब्यास लिगको ड्राफ्टमा परेका छन्।

बुधबार बिग ब्यासले पुरुष र महिला बिग ब्यासको लागि ३० देशका खेलाडीहरुको सूची सार्वजनिक गरेको छ जसमा ४३२ पुरुष तथा १६१ महिला क्रिकेटरहरु छन्। सोहि सूचीबाट खेलाडीहरुको चयन हुनेछ। नेपालबाट दुई जना मात्र क्रिकेटर ड्राफ्टमा परेका हुन्।

सेप्टेम्बर १ तारिख आइतबार हुने ड्राफ्टबाट लिगका ८ टिमले खेलाडी चयन गर्नेछन्। लिग डिसेम्बर १५ देखि सुरु हुने तालिकाछ।

सन् २०१८/१९ सिजनमा पहिलो पटक बिग ब्यास लिगमा मेलबर्न स्टार्सको प्रतिनिधित्व गरेका सन्दिपले त्यसपछि २०१९/२० सिजनमा मेलबर्न स्टार्सकै लागि, २०२०/२१ र २०२१/२२ मा होबार्ट हरिकेन्सको प्रतिनिधित्व गरेका थिए। पछिल्लो पटक ग्लोबल टि-२० लिग खेलेका सन्दिपले त्यस बाहेक अन्य लिग खेलेका छैनन्।

हाल सम्म अन्तर्राष्ट्रिय लिगमा प्रतिनिधित्व गरेका देब्रे हाते स्पिनरले नेपालको लागि २९ वटा एकदिवसीय अन्तर्राष्ट्रिय र २१ टि-२० अन्तर्राष्ट्रिय खेलेका छन्। एकदिवसीय अन्तर्राष्ट्रियमा उनले ३७ विकेट र टि-२० अन्तर्राष्ट्रियमा १८ विकेट लिएका छन्। उनले २०१८ मा नेदरल्याण्ड विरुद्ध नेपालको लागि टि-२० अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए।

https://www.youtube.com/watch?v=1EyYHO1dNa4

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy