सन्दिप लामिछाने अफगानिस्तान प्रिमियर लिग टि-२० खेल्न छनौट

Sandeep Lamichhane
  • विकेटनेपाल,भदौ २५ 

अफगानिस्तान प्रिमियर लिगको ड्राफ्टबाट नेपाली गुग्लि ब्वाई सन्दिप लामिछाने छानिएका छन्। योसंगै सन्दिप चौथो अन्तर्रास्ट्रिय टि-२० लिग खेल्ने भएका छन्।

उनलाई लिगको टिम नगरहरले आफ्नो टिममा लिएको हो। सन्दिप एपीएल ड्राफ्टको आईसीसी एसोसिएट खेलाडीको श्रेणीमा रहेकाले उनले १५ हजार डलर पाउनेछन्। ड्राफ्टमा बिश्वभरबाट सहभागी ३५० भन्दा बढी खेलाडहरुलाई बिभिन्न ६ वटा श्रेणीमा बिभाजन गरिएको थियो।

पारस खड्का र सोमपाल कामि पनि सन्दिपकै श्रेणीमा भए पनि कुनै पनि टिमले लिएनन्।

नेपाली लेग स्पिनर यस अघि इन्डियन प्रिमियर लिग ( आईपीएल ), ग्लोबल टि-२० क्यानडा र क्यारेबियन प्रिमियर लिग टि-२० खेलीसकेका छन्। इन्डियन प्रिमियर लिगमा सन्दिप २० लाख भारतीय रुपैयाँमा बिक्रि भएका थिए भने क्यारेबियन प्रिमियर लिगमा ५ हजार डलर तथा ग्लोबल टि-२० लिग क्यानडामा ४० हजार डलरमा ड्राफ्टबाट सन्दिप छानिएका थिए।

आईपीएलमा दिल्लीबाट खेलेका सन्दिपले ३ खेलमा ५ विकेट लिएका थिए भने ग्लोबल टि-२० लिगमा मोन्टरियल टाइगर्सको लागि खेल्ने क्रममा ५ खेलमा ८ विकेट लिएका थिए। यस्तै अहिले जारि क्यारेबियन प्रिमियर लिगमा सेन्ट किट्स एण्ड नेभिस पेट्रीएट्सको लागि उनले ५ खेलमा कुल ७ विकेट लिएका छन्। सबै लिगमा सन्दिपको इकोनोमी राम्रो रहेको छ भने टिमको महत्वपूर्ण खेलाडीको रुपमा आफुलाई प्रमाणित गरेका छन्।

एपीएलको चलिरहेको ड्राफ्टमा आइकन खेलाडीको रुपमा शहिद अफ्रिकी, राशिद  खान, आन्द्रे रसेल, क्रिस गेल, ब्रेन्डन म्याकलम १ लाख डलरमा चुनिएका छन्।

पहिलो संस्करणको एपीएल युनाइटेड अरब इमिरेट्सकको शारजाहं क्रिकेट मैदानमा ५ देखि २३ अक्टोबर ( असोज १९ – कार्तिक ६ ) सम्म आयोजना हुनेछ। काबुल, बल्ख, कन्दहर, नगरहर र पक्तिया गरि ५ वटा अफगानिस्तानको शहरको नाममा टिमको नाम राखिएको छ।





थप समाचार

इशानकाे आक्रामक शतकमा राजस्थानलाई २८७ रनको लक्ष्य

काठमाडौँ । मध्य क्रमका ब्याटर इशान किसनकाे आक्रामक शतकमा सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आईपीएल) नयाँ सिजनको पहिलो खेलमा राजस्थान […]

एपीएफ ३१ रनले विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टोली एपीएफ क्लबले गण्डकी प्रदेशलाई ३१ रनले पराजित गरेको छ। […]

कोशीविरुद्ध सुदूरपश्चिम ३१ रनले विजयी

काठमाडौं । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा कोशी प्रदेशमाथि ३१ रनको जित हासिल गरेको छ। देउखुरी […]

लुम्बिनीविरुद्ध आर्मीको सहज जित, फाइनल प्रवेशकाे सम्भावना बलियाे

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा विभागिय टोली त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशलाई १३१ रनले पराजित गरेको […]

आईपीएल : हैदरावाद र राजस्थान तथा चेन्नई र मुम्बई भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज दुई खेल हुँदै छ। आज हुने पहिलाे खेल सनराइजर्स हैदरावाद र राजस्थान […]

बैंगलुरुको विजयी सुरुआत

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बैंगलुरुले विजयी सुरुआत गरेको छ। शनिबार भएको उद्घाटन खेलमा कोलकोता नाइट […]