सन्दिप लामिछाने अष्ट्रेलिया प्रस्थान, यस्तो छ उद्देश्य

  • विकेटनेपाल – ७ जेष्ठ, मंगलवार

दिल्ली क्यापिटल्सको लागी इन्डियन प्रिमियर लिग ( आईपीएल ) खेलेर गत साता भारतबाट नेपाल फर्किएका सन्दिप लामिछाने हप्ता दिने नेपाल बसाइपछि पुनः नेपाल बाहिरिएका छन्।

स्टार नेपाली लेग स्पिनर मंगलवार दिउँसो १ बजे अष्ट्रेलिया प्रस्थान गरेका हुन्। यो पटक सन्दिप क्रिकेट खेल्न नभई अर्को कारणले देश बाहिरिएका हुन्।

राष्ट्रिय क्रिकेट टिम तथा सन्दिपका समेत व्यवस्थापक रहेका रमन शिवाकोटीले विकेटनेपाललाई जानकारी गराए अनुसार सन्दिप करिब ३ हप्ता अस्ट्रेलिया रहनेछन्।

शिवाकोटीका अनुसार सन्दिपको भ्रमणमा औपचारिक कार्यक्रम नभएता पनि अस्ट्रेलिया भ्रमणको क्रममा क्रिकेट विकास तथा बिग ब्यास लगायत अन्य महत्वपूर्ण कामहरु रहेका छन्।

“औपचारिक भ्रमण हैन। उनि १८-२० दिन अस्ट्रेलिया रहनेछन्। यो भ्रमण क्रिकेट विकासको लागि हो जसमा भविष्यका योजनाहरु तथा बिग ब्यासको काम अरु कुराहरु पनि समावेस छन्”

शिवाकोटीका अनुसार सन्दिपले अस्ट्रेलिया रहंदा त्यहाँको ग्रेड क्रिकेटमा नेपाली क्रिकेटरहरुलाई खेलाउन पहल समेत गर्नेछन्। सन्दिपले २ वर्ष अघि अस्ट्रेलियामा माइकल क्लार्कको क्लब वेस्टर्न सबर्ब्सको लागि ग्रेड क्रिकेट खेलेका थिए।

Sandeep Lamichhane and Raju Khadka

आईपीएल बाट फर्किएपछि आफ्नो परिवारसंग समय बिताउन चितवन पुगेका सन्दिपले त्यसक्रममा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको पनि भ्रमण गरेका थिए। यस्तै सन्दिप आफुले पहिले खेलेको चितवन क्रिकेट एकेडेमीमा प्रशिक्षक राजु खड्कासंगै क्रिकेट टिप्स पनि दिएका थिए।

अस्ट्रेलिया प्रस्थान गर्नु अघि सन्दिपले काठमाडौँमा उनका प्रिय गायक राजु लामाको सांगीतिक यात्राको २५ औं वर्ष मनाएका थिए। लामाको ‘ मंगोलियन हार्ट ‘ को फ्यान सन्दिप आफैले गायक राजु लामालाई बधाई दिन पार्टीको आयोजना गरेका थिए।

यही जेष्ठ १० गते बाट काठमाडौँमा सुरु हुने प्रधानमन्त्री कपमा आफु सहभागी नहुने सन्दिपले बताईसकेका छन्। लगातार क्रिकेट लिग तथा राष्ट्रिय टिमको लागि समेत खेलीरहेका सन्दिपले लामो समय पछि फुर्सद पाएको र आफ्नो ढाँडमा पनि थोरै समस्या रहेकोले आराम लिन चाहेको उनले बताएका छन्।

तेश्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय प्रतियोगितामा पहिलो पटक पारस खड्का प्रदेश-३ बाट खेल्दैछन्। एपीएफ छोडेका पारससंगै ज्ञानेन्द्र मल्ल पनि प्रदेश-३ बाट खेल्नेछन्।

सन्दिपले इन्डियन प्रिमियर लिग खेल्नु अघि पाकिस्तान सुपर लिग, बिग ब्यास र बंगलादेश प्रिमियर लिग खेलेका थिए भने सोची बीचमा नेपाली राष्ट्रिय टिमको लागि युएईसंग टि-२० र एकदिवसीय सिरिज खेलेका थिए।





थप समाचार

आईपीएल : मुम्बई प्लेअफमा, हारसँगै दिल्ली बाहिरियो

काठमाडौँ । मुम्बई इण्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा पुगेको छ। गएराती सम्पन्न खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ५९ रनले पराजित […]

नेपाल ७८ रनले पराजित

काठमाडौं । नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ। बैंककको […]

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]