बिग ब्यासको पहिलो ओभरमै सन्दिपले मचाए सनसनी

  • विकेटनेपाल, पुष-६ , शुक्रबार 

बिग ब्यास लिग अन्तर्गत नेपाली लेग स्पिनर सन्दिप लामिछानेले डेब्युमै गजबको बलिङ्ग गरेका छन्। लिग अन्तर्गत मेलबर्न स्टार्सले अहिले शेन वाटसनको टिम सिड्नी थन्डर्ससंग पहिलो खेल खेलीरहेको छ। खेलमा मेलबर्न टस जितेर बलिङ्ग गरिरहेको छ।

पहिलो खेलको आठौँ ओभरमा बलिङ्ग गर्न पाएका सन्दिपले एकै ओभरमा २ विकेट लिंदै लिगमा शानदार सुरुवात गराएका हुन्। आठौँ ओभरमा बलिङ्ग गर्न आएका सन्दिपले ओभरको दोश्रो बलमा २२ रन बनाएर ब्याटिंग गरिरहेका कप्तान शेन वाटसनको विकेट लिए।

बिग ब्यास डेब्युको दोश्रो बलमै विकेट लिने क्रममा वाटसनलाई सन्दिपले गुग्लि गर्दै क्याचआउट गराए। ठुलो सट हिर्काउने क्रममा उनि लंग-अनमा समातिन पुगे।

सन्दिप त्यतिमा रोकिएनन् र त्यसै ओभरमा दोश्रो विकेट लिने क्रममा अर्का क्रिजमा जमीसकेका अर्का अस्ट्रेलियन राष्ट्रिय क्रिकेटर क्यालम फर्गुसनलाई क्याच आउट गराए। फर्गुसनले सन्दिपको बललाई रोक्न रोक्न खोज्दा लिडिंग एज लागेको थियो। फर्गुसनले १५ रन बनाए।

सन्दिपको पहिलो ओभर – ( १ , विकेट, १ , ० , १ , विकेट ) 

पहिलो बल – १ रन ( फर्गुसन ) , दोश्रो बल- विकेट ( वाटसन ) , तेश्रो बल – १ रन ( फर्गुसन )
चौथो बल – डट बल ( रुट ) , पाँचौ बल – १ रन ( रुट ) , छैठौं बल – विकेट ( फर्गुसन )

पहिलो ओभरमा २ विकेट लिएका सन्दिपले मात्र ३ रन खर्चिए भने त्यस लगत्तै दशौँ ओभरमा बलिङ्ग गर्दै सन्दिपले ६ रन खर्चिए। ओभरको पाँचौ बलमा जोय रुटले उनलाई चौका प्रहार गरेका थिए।

सन्दिपको दोश्रो ओभर – १ , ० , ० , १ , ४ , ०

त्यसपछि तेश्रो ओभर बलिङ्ग गर्दा सन्दिपले १२ औं ओभरमा केहि महँगो सावित हुने क्रममा १३ रन खर्चिए। त्यस ओभरको छैठौं बलमा जेसन साँगाले सन्दिपलाई छक्का प्रहार गरेका थिए।

सन्दिपको तेश्रो ओभर – १ , १ , २ , २ , १ ६

१४ औं ओभरमा टिमको लागि चौथो ओभर बलिङ्ग गर्ने क्रममा भने सन्दिप महँगो सावित भए। उनलाई जेसन सांघाले ओभरमा २ वटा छक्का प्रहार गरे। ओभरको पहिलो बलअ र तेश्रो बलमा सन्दिपले छक्का खाँदा ४ ओभरमा २ विकेट लिंदै सन्दिपले ३६ रन खर्चन पुगे।

सन्दिपको चौथो ओभर – ६ , ० , ६ , ० , १ , १

सन्दिप नेपालको बिराट कोहली 

खेलको क्रममा सन्दिपको तारिफ गर्दै अस्ट्रेलियन पुर्व प्रशिक्षक रिकी पोन्टिंगले सन्दिपलाई नेपाली बिराट कोहली भनेका थिए। कमेन्ट्रीको क्रममा लगातार प्रसंशा पाएका सन्दिपले दिल्लीको लागि आईपीएल खेल्दा रिकी  पोन्टिंगनै प्रशिक्षक रहेका थिए।

मेर्लबर्न कप्तान म्याक्सवेलद्वारा सन्दिपको तारिफै-तारिफ, भने “चम्किलो तारा”

खेल अघि सन्दिपको टिम कप्तान म्याक्सवेलले फक्स स्पोर्ट्ससंग कुरा गर्दै नेपाली लेग स्पिनरको खुलेर तारिफ गरेका हुन्।

“एउटा कलिलो युवा खेलाडीको रुपमा सन्दिप निकै चलाख बलर हुन्” म्याक्सवेलले थप बताए – “उनिसंग दिल्लीमा अभ्यास गर्दा उनको बललाई राम्रोसंग बुझ्न मलाई २ हफ्ता लागेको थियो। त्यस भन्दा अघि म उनको सबै बललाई ठुलो सट खेल्न खोज्थे र बल कि त सिधा माथि जान्थ्यो कि त म बोल्ड हुन्थे”

सन्दिप र म्याक्सवेल गत सिजन इन्डियन प्रिमियर लिगमा दिल्ली डेयरडेभिल्स टिममा संगै थिए। त्यसबेला सन्दिपसंग एउटै टिमसंग खेल्दाको प्रसंग ३० बर्षिय स्टार्स कप्तानले यसरी सम्झिए –

“सन्दिप चम्किलो तारा हुन्। मलाई सम्झना छ कि, आईपीएलमा उनले खेलेको अन्तिमको केहि खेलहरुमा प्रभावित पारेका थिए। उनमा गजबको आत्मबिश्वास थियो”

Sandeep

आईपीएलमा सन्दिपले अन्तिमको ३ खेल खेल्ने क्रममा ५ विकेट लिंदै प्रभावित बनाउने बलिङ्ग गरेका थिए। आईपीएलको प्रदर्शन पछि उनले क्यारेबियन प्रिमियर लिग, ग्लोबल टि-२० लिग, अफगानिस्थान प्रिमियर लिग र टि-२० लिग जस्तो प्रतियोगितामा स्थान बनाईसकेका छन्।

म्याक्सवेलले स्टार अफगानिस्थान लेग स्पिनर राशिद खानसंग सन्दिपको तुलना समेत गरेका छन् जसले बिग ब्यास लिगको अघिल्लो सिजन उत्कृस्ट बलिङ्ग गरेका थिए-

“मलाई लाग्छ उनि सम्भवत अझै बलियो र परिपक्व भएका छैनन्, तर जुन तरिकाले उनि तिब्र गतिमा बलिङ्ग गर्दै झुक्क्याउने गर्छन् त्यो राशिद खानको जस्तो छ”

२ बर्ष अघि सन्दिपलाई अस्ट्रेलियन क्रिकेट टिमका पुर्व कप्तान माइकल क्लार्कले अस्ट्रेलियामा आफ्नै खर्चमा ग्रेड क्रिकेट खेल्न लागेका थिए। सन्दिप र क्लार्कले हंगकंगमा २०१६ मा भएको हंगकंग टि-२० ब्लिट्जमा काउलुन क्लबबाटसंगै खेलेका थिए जहाँ क्लार्क प्रभावित भएका थिए।

बिग ब्यासमा मेर्लबर्न स्टार्सले गत सिजन बाहेक अन्य सबै सिजन सेमीफाइनलसम्म स्थान बनाउन सकेको छ तर हालसम्म उपाधि भने हालसम जित्न सकेको छैन। टिमको नवनियुक्त कप्तान म्याक्सवेलले प्रतियोगितामा आफ्नो टिम राम्रो रहेको र प्रतियोगिता जित्ने दाबेदार रहेको समेत बताएका छन्।

“बिगतमा के भयो त्यसले हामीलाई असर गर्दैन। हाम्रो टिममा गहिराई छ”





थप समाचार

प्रधानमन्त्री कप भक्तपुर छनोट : पासा र बिसीसी विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा पासा क्रिकेट एकेडेमी र बिसीसी विजयी भएका छन् । मुलपानी मैदानमा […]

क्रिकेटर महरालाई ५० हजारको खेलकुद साधना सम्मान

हालै मलेसियामा सम्पन्न १९ वर्षमुनिको विश्वकप महिला क्रिकेट प्रतियोगिता खेल्नु भएकी धनगढीकी स्नेहा महरा ५० हजार पुरस्कार राशिको चैतन्य खेलकुद […]

राष्ट्रिय टिमको मुख्य प्रशिक्षकको लागि आवेदन खुला

नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकको लागि आवेदन खुलेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले रिक्त रहेको प्रशिक्षक पदका […]

त्रिवि क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट जडानका लागि बोलपत्र स्वीकृत

काठमाडौँको कीर्तिपुरमा रहेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय स्तरको प्यारापिट निर्माण र फ्लड लाइट जडानका लागि बोलपत्र स्वीकृत भएको छ […]

कोशी प्रिमियर लिग २०८१ को ट्रफी अनावरण

सुनसरी । कोशी टप्पु वन्यजन्तु आरक्ष र कोशी नदिको किनारमा कोशी प्रिमियर लिग २०८१ को ट्रफी अनावरण गरिएको छ । […]

एनसिएसएस रुपन्देहीको नेतृत्वमा नारायण अधिकारी , क्रिकेट प्रशिक्षक बसन्त शाही सम्मानित

माघ २९ नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) रुपन्देहीले क्रीकेट प्रशिक्षक वसन्त शाही ठकुरीलाई सम्मान गरेको छ । यस्तै जिल्लाको आठौ […]