- विकेटनेपाल, चैत्र २५ – सोमबार
आइतबार नेपालका युवा खेलाडी सन्दीप लामिछानेले विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बैंगलोर बिरुद्द उसकै घरेलु मैदानमा कीर्तिमानी ५० औं टि२० विकेट लिएका छन्। उनले बैंगलोरका मोईन अलिलाई स्टम्प आउट गर्दै कीर्तिमानी विकेट लिएका छन्।
सन्दीपको करियरको रोमान्चक पक्ष के भने उनले अघिल्लो बर्षको इन्डियन प्रिमियर लिगमा सोहि बैंगलोर बिरुद्द खेल्दै टि२० क्रिकेटमा डेब्यु गरेका थिए। उक्त खेलमा सन्दीपले लगभगआफ्नो उमेर अन्तराष्ट्रिय क्रिकेटमा बिताइसकेका पार्थिव पटेललाई एलबिडब्ल्यु धरापमा पारेका थिए।

आइपिएलको अघिल्लो संस्करण सन्दीपका लागि आफ्नो खेल प्रदर्शन गर्ने भन्दापनि सिक्ने अवसर थियो। उनले सुरुवाती ११ खेलमा ड्रेसिंग रुममा बसेर नै बिताउनु पर्यो। तर टिम अर्को चरणमा पुग्ने सम्भावना सकिएपछी उनले खेल्ने अवसर पाए। उनले आफुले खेल्न पाएका ३ खेलमा जुन प्रदर्शन गरेका थिए, उक्त प्रदर्शनले गर्दा अन्य लिगहरुमा समेत खेल्दै अनुभव बटुल्ने अवसर पाए।

उनले सन् २०१८ को आइपिएल देखि सन् २०१९ को आइपिएलसम्म आइपुग्दासम्म पाकिस्तान सुपर लिग (लाहोर कलान्दर्स), बिग ब्यास लिग (मेलबर्न स्टार्स), क्यारेबियन प्रिमियर लिग (सेन्ट किट्स एण्ड नेविस प्याट्रियट्स), अफगानिस्तान प्रिमियर लिग (नानगरहर लियोपार्ड्स), बंगलादेश प्रिमियर लिग (सिल्यात सिक्सर्स) खेलिसकेका छन्। त्यस्तै नेपालको लागि ४ टि २० खेल खेलेका सन्दिपले वेस्ट इन्डिज विरूद भएको च्यारिटी खेलेमा विश्व एघारको प्रतिनिधित्व गरेका थिए।

हेर्नुहोस् कुन प्रतियोगितामा कति विकेट
टिम | बल | मेडन | रन | विकेट | उत्कृस्ट बलिंग | औसत | पारीमा ४ विकेट | स्ट्राइक रेट | इकोनोमी |
दिल्लि क्यापिटल २०१९ (जारि संस्करण) | 96 | 0 | 134 | 5 | 2-27 | 26.80 | 0 | 19.20 | 8.37 |
दिल्ली डेयरडेभिल्स २०१८ | 72 | 0 | 82 | 5 | 3-36 | 16.40 | 0 | 14.40 | 6.83 |
विश्व एघार | 6 | 0 | 12 | 0 | 12.00 | ||||
लाहोर कलान्दर्स | 148 | 0 | 189 | 11 | 4-10 | 17.18 | 1 | 13.45 | 7.66 |
मेलबर्न स्टार्स | 178 | 0 | 195 | 11 | 3-11 | 17.72 | 0 | 16.18 | 6.57 |
नानगरहर लियोपार्ड्स | 24 | 0 | 23 | 2 | 2-23 | 11.50 | 0 | 12.00 | 5.75 |
नेपाल (टि२०आई) | 90 | 0 | 123 | 5 | 2-19 | 24.60 | 0 | 18.00 | 8.20 |
सेन्ट किट्स एण्ड नेविस प्याट्रियट्स | 102 | 1 | 106 | 7 | 2-12 | 15.14 | 0 | 14.57 | 6.23 |
सिल्यात सिक्सर्स | 144 | 0 | 136 | 4 | 2-16 | 34.00 | 0 | 36.00 | 5.66 |
१८ बर्षीय लेग स्पिनरलाई सन् २०१८ को आइपिएल अक्सनमा २० लाख भारुमा तत्कालिन दिल्ली डेयरडेभिल्सले किनेको थियो। उक्त सिजन उनले दिल्लीको लागि ३ खेल खेल्दै ८२ रन खर्चेर ५ विकेट लिएका थिए। जसमा उनले मुम्बई इन्डियन्सलाई पराजित गर्दा ३६ रन खर्चेर ३ महत्त्वपूर्ण विकेट समेत लिएका थिए।
पाकिस्तान सुपर लिग अन्तर्गत लाहोर कलन्दर्सबाट खेल्दै उनले ११ विकेट लिए भने अष्ट्रेलियाको बिग ब्यास लिग अन्तर्गत ग्लेन म्याक्सवेलको कप्तानीमा रहेको मेलबर्न स्टार्सबाट खेल्दै फाइनलसम्मको यात्रा तय गरे। उक्त प्रतियोगितामा सन्दीपले ११ विकेट लिंदा उत्कृस्ट बलिंग ११ रन खर्चेर ३ विकेट हात पारे।
बिग ब्यास लिगको बिचमा भएको बंगलादेश प्रिमियर लिगमा सिल्यात सिक्सर्सबाट खेल्दा सन्दीप विकेट लिन केहि असफल देखिए। अन्य प्रतियोगिताको तुलनामा उनले सम्झनलायक प्रदर्शन गर्न नसक्दा १४४ बल फ्याक्दै मात्र ४ विकेट लिए। यसैको तुलनामा पाकिस्तान सुपर लिगमा मात्र ४ बल बढी गर्दै ११ विकेट लिएका थिए।
आइपिएल पछी चर्चा पाएका सन्दीपले क्यारेबियन प्रिमियर लिग अन्तर्गत क्रिस गेलको कप्तानीमा रहेको सेन्ट किट्सबाट खेल्दै छोटो फर्मेटको क्रिकेटमा निकै कम देख्न पाइने मेडन ओभर समेत फालेका थिए। उनले उक्त प्रतियोगितामा ७ विकेट लिए। त्यस्तै युएईमा आयोजित अफगानिस्तान प्रिमियर लिगमा समेत उनले २ विकेट लिए।
सोहि बिचमा उनले वेस्ट इन्डिजमा आएको आधीहुरीबाट प्रभावित हरुको सहयोगको लागि भएको च्यारिटी खेलमा विश्व एघारको समेत प्रतिनिधित्व गरे। सहिद अफ्रिदीको कप्तानीमा खेलेका उनले मात्र १ ओभर बलिंग गर्दै १२ रन खर्चिए।
नेपालको लागि टि२० अन्तराष्ट्रिय खेलमा समेत ५ विकेट लिएका छन्। एक खेल नेदरल्याण्डसँग तथा ३ खेल युएईसँग भएका थिए।