आईपीएल पछि अर्को ठुलो व्यावसायिक लिगमा सन्दिपको नाम

Sandeep Lamichhane
  • विकेटनेपाल, फाल्गुन १७ – बिहिबार 

इन्डियन प्रिमियर लिग आईपीएल टिम दिल्ली डेयर डेभिल्सले आईपीएल अक्सनमा २० लाख भारतीय रुपैयाँमा खरिद गरेपछि सन्दिप लामिछाने अर्को ठुलो व्यावसायिक लिगको ढोकामा उभिएका छन्।

वेस्ट इन्डिजमा आयोजना हुने क्यारेबियन प्रिमियर लिगको खेलाडी छनौटको लागि गरिने ड्राफ्ट सुचीमा सन्दिप लामिछाने पनि परेका छन्। आईपीएलमा किनिनु अघि नेपाली शेन वार्न बंगलादेश प्रिमियर लिग र पाकिस्तान सुपर लिगको ड्राफ्टमा परिसके पनि खरिद भने भएका थिएनन्।

प्रतियोगिताको ड्राफ्ट आज लन्डनमा आयोजना हुँदैछ। ड्राफ्टबाट सीपीएलमा सहभागी हुने टिमहरुले खेलाडीहरु छान्नेछन्। ड्राफ्ट नेपाली समय अनुसार रातको ८:४५ बजे सुरु हुनेछ जसको स्पोर्ट्सम्याक्स ( Sports Max ) टिभीले प्रत्यक्ष प्रशारण गर्ने सीपीएलले आफ्नो फेसबुकमार्फत जानकारी गराएको छ।

सन् २०१३ देखि आयोजना हुँदै आएको सीपीएल टि-२० को पाँचौ संस्करण अगस्टमा आयोजना हुँदैछ जसमा बिश्वभरका उत्कृस्ट अन्तर्राष्ट्रिय क्रिकेटरहरु खेल्ने गर्छन्। ६ वटा फ़्रेन्चाइज् टिम सहभागी हुने प्रतियोगिताको गत सिजनको बिजेता शाहरुख खानको लगानी रहेको त्रिन्बागो नाइट राइडर्स रहेको थियो।

गत बर्षको क्यारेबियन प्रिमियर लिग ड्राफ्टमा क्रिस गेल, ड्वेन ब्राभो, सोहेल तन्बिर, काइरन पोलार्ड, डेभिड मिलर, लेन्डल सिमोन्स सबैभन्दा महँगो १ लाख ६० हजार डलरमा बिक्रि भएका थिए।

प्रतियोगिताको आधिकारिक वेबसाइटका अनुसार यसपाली २२७ जना बिदेशी खेलाडीहरुको नाम ड्राफ्टमा राखिएको छ। पहिलो ड्राफ्टमा सबैभन्दा धेरै ५३ जना पाकिस्तानी खेलाडीहरु रहेका छन् । यस्तै श्रीलंकाबाट २३ जना खेलाडीहरुको नाम सुचिमा रहेको छ । अन्य टेस्ट खेल्ने देशहरुका खेलाडीहरुमा इंग्ल्याण्ड, दक्षिण अफ्रिका,  न्युजिल्याण्ड, अस्ट्रेलिया, बंगलादेश, जिम्बाबे, आयरल्याण्डबाट रहेका छन्। लिगमा बिश्वभरका १८ देशका खेलाडीहरु ड्राफ्टमा रहेका छन् जसमा टेस्ट रास्ट्रहरु पछि अमेरिका, ओमान, हंगकंग, स्कटल्याण्ड, युएई र केन्याका खेलाडी समेत रहेको सीपीएलले बताएको छ।

अन्तर्राष्ट्रिय लिगहरु खेल्न एजेन्ट मार्फत खेलाडीको नाम दर्ता हुनेगर्छ र सन्दिप लामिछाने एजेन्टकै मार्फत पाकिस्तान सुपर लिग र बंगलादेश प्रिमियर लिगको ड्राफ्टमा परेका थिए। आईपीएलमा भने सन्दिपलाई ड्राफ्टमा राख्न नेपाली क्रिकेटकै उच्च तहबाट पहल भएको थियो।

सन्दिपको हालै सम्पन्न बिश्व क्रिकेट लिग डिभिजन-२ मा उत्कृस्ट प्रदर्शन र आईपीएलमा छनौट भएका कारण अन्तर्राष्ट्रिय क्रिकेटका अन्य चर्चित लिगमा छनौट हुने सम्भावना बढेको छ। त्यसमाथि रिस्ट स्पिनरहरुको बढ्दो मागले सन्दिप जस्ता बलरको माग झनै बढेको छ।
डिभिजन-२ मा सन्दिप प्रतियोगिताकै उत्कृस्ट खेलाडी घोषित भएका थिए भने क्कुल १७ विकेट लिंदै सर्वाधिक खेलाडी समेत बनेका थिए।

सन्दिपले आफ्नो खेल मार्फत २०१६ यु-१९ बिश्वकपमा बिश्वकप ध्यानाकर्षण गरेका थिए। त्यो प्रतियोगितामा उनले आयरल्याण्डसंग ह्याट-ट्रिक सहित ५ विकेट लिएका थिए भए प्रतियोगिताकै धेरै विकेट लिने सुचीमा दोश्रो स्थानमा थिए ।

sandeep lamichhane
sandeep lamichhane

नेपाली रास्ट्रिय क्रिकेट टिमबाट लगातार खेलीरहेका सन्दिपले २०१६ मै हंगकंगको घरेलु टि-२० प्रतियोगिता हंगकंग टि-२० ब्लीटज खेलीसकेका थिए जहाँ उनले स्ट्रेलियन पुर्ब कप्तान माईकल क्लार्कसंग काउलुन क्यान्टोन क्लबबाट खेल्ने मौका पाएका थिए । त्यस प्रतियोगिता पछि क्लार्ककै निम्तोमा सन्दिपले अस्ट्रेलियामा क्रिकेट खेल्ने र सिक्ने मौका पाएका थिए ।

गत बर्ष सिंगापुरमा सम्पन्न यु-१९ एसिया बिश्वकप छनौटमा कुल २४ विकेट लिएका सन्दिप नेपालको लागि एकै अन्तर्राष्ट्रिय प्रतियोगितामा धेरै विकेट लिने खेलाडी समेत हुन्। गत बर्ष फेब्रुअरीमा बिश्व प्रसिद्ध बेलायती क्रिकेट म्यागजिन ‘अलआउट क्रिकेट’ ले जारि गरेको बिश्व क्रिकेटमा प्रभाब बनाएका र बनाउन सक्ने खेलाडीको सुचीमा समेत सन्दिप रहेका थिए।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]