टि-१० लिग खेल्न सन्दिप युएई प्रस्थान

  • विकेटनेपाल – मङ्सिर २, आइतवार

यही नोभेम्बर २१ तारिक देखि सुरु हुने टि-१० लिग खेल्न स्टार नेपाली लेग स्पिनर सन्दिप लामिछाने युएई प्रस्थान गरेका छन्।

प्रतियोगितामा सहभागिता जनाउन सन्दिप आइतवार बेलुका ९ बजेर १० मिनेटमा इथियाड एअरवेजबाट युएई प्रस्थान गरेका हुन्। सन्दिपको टोलि केरला किंग्सले आफ्नो पहिलो खेल नोभेम्बर २१ तारिकमा खेल्ने तालिका रहेको छ।

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा दिल्ली डेयरडेभिल्सको प्रतिनिधित्व गरेपछि अन्तर्राष्ट्रिय टि-२० लिगहरुमा सन्दिप लगातार खेलीरहेका छन्। टि-१० खेल्न अघि सन्दिपले इन्डियन प्रिमियर लिग, क्यारेबियन प्रिमियर लिग , ग्लोबल टि-२० लिग क्यानडा र अफगानिस्थान प्रिमियर लिग खेलिसकेका छन्।

टि-१० लिगका लागि गत महिना सम्पन्न अक्सनमा नेपाली स्पिनरलाई केरला किंग्सले ३० हजार अमेरिकी डलरमा ड्राफ्टमार्फत टिममा भित्र्याएको थियो।

टि-१० लिगको लागि युएई प्रस्थान गर्नु अघि शनिबार एक कार्यक्रममा सन्दिपले टि-१० सबैभन्दा छोटो फर्म्याटको लिग भएको र मात्र २ ओभर बलिङ्ग गर्न पाइने जुन डेथ ओभरमा बलिङ्ग गरे जस्तो हुने बताएका थिए।

“ठुलो खेलाडीसंग खेल्दा पनि जिरो बाट सुरुवात गर्नुपर्ने हुन्छ, उत्साहित छु फेरी टि-१० लिगमा मौका पाएको छु र आशावादी छु कि पुनः राम्रो प्रदर्शन गर्नेछु”

सन्दिपको टिम  केरला किंग्समा इंग्ल्याण्ड क्रिकेट टिमका कप्तान समेत रहेका अवेन मोर्गन आइकन खेलाडी र कप्तान रहेका छन्। यस्तै टिममा क्रिस गेल, काइरन पोलार्ड, जुनैद खान, टम कुरान, सोहेल तन्बिर, उपुल थारंगा, दासुन शनाका, इमरान नाजिर, वायन पार्नेल, पल स्टरलिङ्ग, मोहम्मद नाभेद जस्ता खेलाडीहरु रहेका छन्। किंग्सको प्रशिक्षण प्रसिद्ध न्युजिल्यान्ड पुर्व क्रिकेटर ड्यानियल भिटोरीले गर्नेछन्।

टि-१० स्पोर्ट्स म्यानेजमेन्टको आयोजनामा हुने १० ओभरको क्रिकेट प्रतियोगिता सन् २०१७ बाट सुरु भएको हो। प्रतियोगितामा किंग्ससंगै मराठा अरबियन्स, पख्तुन, पन्जाबी लेजेंड्स, कराँचीयन्स, बेंगल टाइगर्स, नर्दन वारियर्स र राजपुत्स गरी ८ टोलिको सहभागिता रहेकको छ।

टि-१० लिग युएई प्रस्थान गर्नु अघि शनिवार आयोजित पत्रकार सम्मेलनमा सन्दिपले पोखरा प्रिमियर लिगका दौरान अम्पायरसंग भएको घटनाका बिषयमा बोल्दै माफि समेत मागेका थिए।

सूट दयाट फिट्स ( Suit That Fits ) ले सन्दिप लामिछानेलाई ब्रान्ड एम्बासडर घोषणा गर्ने कार्यक्रम थियो। कार्यक्रम पछि पत्रकारहरुसंग सन्दिपले आगामी प्रतियोगिता र पिपिएल घटनाबारे खुलेर बोलेका थिए

टि-१० लिगमा सहभागी भएपछि सन्दिप डिसेम्बर ८ देखि काठमाडौँमा सुरु हुने एभरेस्ट प्रिमियर लिग टि-२० खेल्न आउने छन्। इपिएलमा सन्दिप ललितपुर प्याट्रीएट्स टिममा रहेका छन्।

डिसेम्बर १९ देखि फेब्रुवरी १७ सम्म चल्ने चर्चित अस्ट्रेलियन लिग बिग ब्यास पनि सुरु हुने हुँदा इपिएलमा सन्दिपले पहिलो २ वटा खेल मात्रै खेल्न भ्याउने सन्दिपले जानकारी गराएका छन्। सन्दिप बिग ब्यास लिगमा मेलबर्न मेलबर्न स्टारको लागि तथा बंगलादेश प्रिमियर लिगमा स्यलहेट सिक्सर्सको लागि खेल्नेछन्।

इन्डियन प्रिमियर लिगमा सन्दिप २० लाख भारतीय रुपैयाँमा बिक्रि भएका थिए भने आगामी संस्करणमा पनि दिल्लीले सन्दिपको सम्झौता नवीकरण गरिसकेको छ। नवीकरण पछि दिल्लीले केहि प्रतिशतमात्र रकम वृद्धि गर्नसक्ने सन्दिपले बताएका छन्।





थप समाचार

देवको कप्तानीमा एसीसी अन्डर-१९ प्रिमियर कप खेल्ने नेपाली टिमको घोषणा

मलेसियामा अक्टोबर १२ तारिख देखि सुरु हुने एसीसी अन्डर-१९ प्रिमियर कप खेल्न नेपाल क्रिकेट संघले ( क्यान ) १४ सदस्यीय […]

प्रतिस्पर्धात्मक खेलका बाबजुद भारतसंग नेपाल पराजित

१९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतसँग नेपाल २३ रनले पराजित भएको छ । हारसँगै नेपाल पुरुष क्रिकेटको क्वार्टरफाइनलबाटै बाहिरिएको छ […]

एसियन गेम्स क्वार्टरफाइनलमा नेपाल र भारत खेल्ने

चिनको हांगझाउमा जारि एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत क्वार्टरफाइनलमा नेपालले भारतसंग प्रतिस्पर्धा गर्ने भएको छ। सोमबार बिहान गोलाप्रथाबाट नेपालको प्रतिस्पर्धी […]

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]