सन्दिप सिपिएल खेल्न वेस्ट इन्डिज प्रस्थान, यस्तो छ खेलतालिका

नेपाली युवा लेग स्पिनर सन्दिप लामिछाने अगस्ट ८ तारिखदेखि सुरु हुने क्यारेबियन प्रिमियर लिग क्रिकेट प्रतियोगिता खेल्न वेस्ट इन्डिज प्रस्थान गरेका छन्। राष्ट्रिय टिमसँगै एकदिवसीय सिरिज खेल्न नेदरल्यान्ड्स गएका सन्दिप उतैबाट वेस्ट इन्डिज गएका हुन्।

एकदिवसीय सिरिज अन्तर्गतको दोश्रो खेलमा सन्दिपले ब्याटिंग तर्फ ८ रन बनाउँदा बलिंगतर्फ ३ विकेट लिएपछि नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो जित दर्ता गरेको थियो। (बिस्तृत जानकारी)

सन्दिप सहभागी हुने क्रिस गेलको कप्तानीमा रहेको सेन्ट किट्स एण्ड नेभिस पेट्रियट्सले अगस्ट ९ तारिखमा गुयना एमेजोन वारियर्सबिरुद्द खेल्दै प्रतियोगिताको सुरुवात गर्ने छ भने सेप्टेम्बर ४ तारिखमा समूह चरणको अन्तिम खेल खेल्नेछ। तर सन्दिप भने नेपालले अगस्ट २९ तारिखदेखि मलेसियामा आयोजना हुने एसिया कप छनौट प्रतियोगिता खेल्न जाने भएकाले अगस्ट २६ तारिखसम्म मात्र टिमको हिस्सा रहनेछन्।

यस्तै टिमले उनको सट्टामा अगस्ट २६ पछीको खेलको लागि रस्सी भान डेर दुस्सेनलाई टिममा बोलाएको छ।

यस्तो छ सन्दिपको टिमको अगस्ट २६ तारिखसम्मको खेलतालिका:

गुयना एमेजोन वारियर्ससँग – अगस्ट ९
ट्रिन्बागो नाइटराइडर्ससँग – अगस्ट ११
जमैका तल्लावाहससँग – अगस्ट १५
सेन्ट लुसिया स्टार्ससँग – अगस्ट २१
बार्बाडोस ट्रिडेन्ट्ससँग – अगस्ट २५

प्रकाशित मिति: २०७५/०४/२१ गते

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy