सन्दिप सिपिएल खेल्न वेस्ट इन्डिज प्रस्थान, यस्तो छ खेलतालिका

Sandeep Lamichhane in Carribean Premier League (CPL)

नेपाली युवा लेग स्पिनर सन्दिप लामिछाने अगस्ट ८ तारिखदेखि सुरु हुने क्यारेबियन प्रिमियर लिग क्रिकेट प्रतियोगिता खेल्न वेस्ट इन्डिज प्रस्थान गरेका छन्। राष्ट्रिय टिमसँगै एकदिवसीय सिरिज खेल्न नेदरल्यान्ड्स गएका सन्दिप उतैबाट वेस्ट इन्डिज गएका हुन्।

एकदिवसीय सिरिज अन्तर्गतको दोश्रो खेलमा सन्दिपले ब्याटिंग तर्फ ८ रन बनाउँदा बलिंगतर्फ ३ विकेट लिएपछि नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो जित दर्ता गरेको थियो। (बिस्तृत जानकारी)

सन्दिप सहभागी हुने क्रिस गेलको कप्तानीमा रहेको सेन्ट किट्स एण्ड नेभिस पेट्रियट्सले अगस्ट ९ तारिखमा गुयना एमेजोन वारियर्सबिरुद्द खेल्दै प्रतियोगिताको सुरुवात गर्ने छ भने सेप्टेम्बर ४ तारिखमा समूह चरणको अन्तिम खेल खेल्नेछ। तर सन्दिप भने नेपालले अगस्ट २९ तारिखदेखि मलेसियामा आयोजना हुने एसिया कप छनौट प्रतियोगिता खेल्न जाने भएकाले अगस्ट २६ तारिखसम्म मात्र टिमको हिस्सा रहनेछन्।

यस्तै टिमले उनको सट्टामा अगस्ट २६ पछीको खेलको लागि रस्सी भान डेर दुस्सेनलाई टिममा बोलाएको छ।

यस्तो छ सन्दिपको टिमको अगस्ट २६ तारिखसम्मको खेलतालिका:

गुयना एमेजोन वारियर्ससँग – अगस्ट ९
ट्रिन्बागो नाइटराइडर्ससँग – अगस्ट ११
जमैका तल्लावाहससँग – अगस्ट १५
सेन्ट लुसिया स्टार्ससँग – अगस्ट २१
बार्बाडोस ट्रिडेन्ट्ससँग – अगस्ट २५

प्रकाशित मिति: २०७५/०४/२१ गते





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]