राशिद सन्दिपको पछि पछि, धेरै विकेट लिंदै पहिलो नम्बरमा सन्दिप

Sandeep Lamichhane
  • विकेटनेपाल, पुष १२ , बिहिबार 

सपनाको लिग अस्ट्रेलियाको बिग ब्यास खेलीरहेका सन्दिप लामिछानेले सुरुवाती ३ खेलमा आफुलाई अब्बल बलर सावित गरेका छन्।

लिगमा मेलबर्न स्टार्सलाई पहिलो जित दिलाउने क्रममा मात्र १८ रन खर्चेर २ विकेट लिएका नेपाली स्पिनर प्रतियोगिताकै सर्वाधिक विकेट लिने सुचीमा पहिलो नम्बरमा समेत उक्लिएका छन्। यस क्रममा सन्दिपले गत बर्ष बिग ब्यासमा११ खेलमा १८ विकेट सहित सर्वाधिक विकेट लिने बलर बनेका राशिद खानलाई पनि पछाडी छाडेका छन्।

सन्दीपले लिगको पहिलो खेलमा सिड्नी थन्डर्ससंग २ विकेट तथा दोश्रो खेलमा होबर्ट हरिकेन्ससंग ३ विकेट लिएका थिए। ३ खेलमा ७ विकेट पुगेपछि सन्दिप धेरै विकेट लिने सुचीमा पहिलो स्थानमा छन्। ७ विकेटनै लिएका सिड्नी सिक्सर्सका बलर स्टिभ ओ किफ सन्दिपसंगै शिर्ष स्थानमा छन्।

बिग ब्यासमा धेरै विकेट लिने बलरहरु ( डिसेम्बर २७ सम्म ) 

७ विकेट लिने बलरहरु : स्टिभ ओ किफ ( सिड्नी सिक्सर्स ) – ३ खेलमा ( १२-०-६८-७ )
सन्दिप लामिछाने ( मेलबर्न स्टार्स ) – ३ खेलमा ( १२-०-७८-७ )
६ विकेट लिने बलरहरु : ड्यानियल स्याम्स ( सिड्नी थन्डर्स ) र  जेसन बेह्रेनडर्फ  ( पर्थ स्कर्चर्स )
५ विकेट लिने बलरहरु :  राशिद खान ( एडलेड स्ट्राईकर्स ) , जोफ्रा आर्चर ( होबर्ट हरिकेन्स ) , केन रिचर्डसन ( मेलबर्न रेनेगेड्स ) बेन ड्वारसुइस ( सिड्नी सिक्सर्स ) , बिल्ली स्टानलेक (  एडलेड स्ट्राईकर्स )

बिग ब्यासमा सन्दिपको हालसम्मको प्रदर्शन 

पहिलो खेल – बिरुद्ध सिड्नी थन्डर्स

बिग ब्यासको पहिलो खेलमै सन्दिपले सानदार सुरुवात गर्ने क्रममा शेन वाटसन र क्यालम फर्गुसनको विकेट लिएका थिए। खेलको आठौँ ओभरमा बलिङ्ग गर्न पाएका सन्दिपले एकै ओभरमा २ विकेट लिएका थिए।

बिग ब्यास डेब्युको दोश्रो बलमै विकेट लिने क्रममा वाटसनलाई सन्दिपले गुग्लि गर्दै क्याच आउट गराएका थिए। सन्दिप त्यतिमा रोकिएनन् र अर्का अस्ट्रेलियन राष्ट्रिय क्रिकेटर क्यालम फर्गुसनलाई क्याच आउट गराए।

पहिलो ओभरमा उत्कृस्ट बलिङ्ग बलिङ्ग गरेता पनि त्यसपछिको ओभरमा भने सन्दिप विकेट विहिन रहेका थिए। दोश्रो ओभरमा ६ रन खर्चेका उनले तेश्रो ओभरमा १३ रन तथा चौथो ओभरमा १४ रन खर्चिए। ४ ओभर बलिङ्ग गर्ने क्रममा उनले ३६ रन खर्चदै २ विकेट लिए।

सन्दिपको पहिलो ओभर –  १ , विकेट, १ , ० , १ , विकेट  , दोश्रो ओभर – १ , ० , ० , १ , ४ , ० , तेश्रो ओभर – १ , १ , २ , २ , १, ६, चौथो ओभर – ६ , ० , ६ , ० , १ , १

दोश्रो खेल : बिरुद्ध होबर्ट हरिकेन्स

दोश्रो खेलमा टिम पुनः पराजित भए पनि सन्दिप लामिछानेले उत्कृस्ट बलिङ्ग प्रदर्शन गरे। सन्दिपले दोश्रो इनिंगमा बलिङ्ग गर्ने क्रममा एलेक्स डोलनलाई बोल्ड गर्दै सातौँ ओभरमा पहिलो विकेट दिलाएका थिए।

त्यसपछि आफ्नो स्पेलको तेश्रो ओभर बलिङ्ग गर्न १४ औं ओभरमा आएका सन्दिपले खतरनाक बनिरहेका ब्याट्सम्यान म्याथु वेडलाई ५२ रनमा क्याच आउट गराएका थिए। स्पेलको अन्तिम ओभर गर्न १६ औं ओभरमा आएका सन्दिपले त्यसपछि २८ रन बनाएका म्याकडरमटलाई एलबिडब्लु धरापमा पारे।

अघिल्लो खेलमा २ विकेट लिएका सन्दिपले यो पटक ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिंदै राम्रो प्रदर्शनलाई जारि राखे।

सन्दिपको पहिलो ओभर – १ , १ , विकेट ( डोलन ) , १ , १ , १ , दोश्रो ओभर – ० ० ० १ ४ २ , तेश्रो ओभर – ० विकेट ( म्याकडरमट ) , १  , १ , ६ , ०  चौथो ओभर – विकेट , १ , १ , १ , १ , ०

तेश्रो खेल – बिरुद्ध सिड्नी सिक्सर्स

प्रतियोगितामा उत्कृस्ट फर्म जारि राख्ने क्रममा तेश्रो खेलमा पनि २ विकेट लिए। खेलको नवौं ओभर लिएर आएका सन्दिपको गुग्ली बुझ्न नसक्दा ओभरको दोस्रो बलमा अन्रिकेज एलबिडब्लु धरापमा परे। खेलको १२ औं ओभरमा आफ्नो व्यक्तिगत तेस्रो ओभर गर्ने क्रममा सन्दिपले ओभरको अन्तिम बलमा टम कुरनलाई एलबिडब्लु धरापमा पार्दै आफ्नो दोस्रो विकेट हात पारे।

पहिलो ओभर : ० (अन्रिकेज), ० (अन्रिकेज), १ रन (अन्रिकेज), १ रन (ह्युजेज), २ रन लेग बाई (अन्रिकेज), २ रन (अन्रिकेज)
दोस्रो ओभर : ० (अन्रिकेज), विकेट (अन्रिकेज), २ रन (फिलिपे), १ रन (फिलिपे), ० (सिल्क), १ रन (सिल्क)
तेस्रो ओभर : १ रन (सिल्क), ० (कुरन), १ रन (कुरन), ० (सिल्क), १ रन (सिल्क), विकेट (कुरन)
चौथो ओभर : चौका (एबोट), ० (एबोट), १ रन (एबोट), २ रन लेग बाई (सिल्क), १ रन (सिल्क), १ रन (एबोट)

बिदेशी लिगहरुमा सन्दिपको प्रदर्शन 

सन्दिप लामिछाने यस अघि इन्डियन प्रिमियर लिग, क्यारेबियन प्रिमियर लिग, ग्लोबल टि-२० लिग क्यानडा, अफगानिस्तान प्रिमियर लिगमा खेलीसकेका छन्। बिदेशी लिगमा सन्दिपको ४ उत्कृस्ट प्रदर्शन।

आईपीएलमा दिल्लीबाट खेल्दा सन्दिपले ३ खेलमा ५ विकेट लिएका थिए भने ग्लोबल टि-२० लिगमा मोन्टरियल टाइगर्सको लागि खेल्ने क्रममा ५ खेलमा ८ विकेट लिएका थिए। यस्तै क्यारेबियन प्रिमियर लिगमा सेन्ट किट्स एण्ड नेभिस पेट्रीएट्सको लागि उनले ५ खेलमा कुल ७ विकेट लिएका थिए। अफगानिस्तान प्रिमियर लिगमा नगरहर लिओपार्डको लागि खेलेको १ मात्र खेलमा सन्दिपले २ विकेट लिएका थिए। यस्तै युएईमा सम्पन्न टि-१० लिगमा सन्दिपले ६ खेलमा ६ लिएका थिए।

( फोटो – मेलबर्न स्टार्स, बिग ब्यास फेसबुक )





थप समाचार

यु-१९ एसिया कप खेल्न नेपाली टिम युएई प्रस्थान

संयुक्त अरब इमिरेट्स (युएई) मा मङ्सिर २२ देखि पुस १ गतेसम्म आयोजना हुने एसीसी यू–१९ एसिया कपमा सहभागिताका लागि नेपाली […]

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी र शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसन विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत तेश्रो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको […]

नेपाली क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान

राष्ट्रिय टिमका ओपनर ब्याटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान गरेका छन् । उनी अष्ट्रेलियन क्लबस्तरीय क्रिकेटका लागि अष्ट्रेलिया गएका हुन् । […]

आर्मीलाई हराउँदै मधेस प्रदेशले जित्यो उपाधि

केपी ओली कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि मधेस प्रदेशले जितेको छ । शुक्रबार पोखरा रङ्गशालामा भएको फाइनलमा त्रिभुवन आर्मी […]