आइपिएल: सन्दीप उदाउँदो खेलाडीको अवार्डमा मनोनीत

  • विकेटनेपाल, बैशाख -३, मंगलबार

सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग क्रिकेट अन्तर्गत उदाउँदो खेलाडीको अवार्डमा मनोनयनमा परेका छन्।

भारतीय क्रिकेट बोर्ड बिसिसिआईले प्रदान गर्ने उक्त अवार्डमा जारि प्रतियोगिता मनोनयनमा परेका खेलाडी मध्ये उत्कृस्ट प्रदर्शन गर्ने एकजना खेलाडीले प्राप्त गर्नेछन्।

अवार्डको मनोनयनमा दिल्ली क्यापिटल्सबाट प्रतिनिधित्व गर्दै आएका नेपाली युवा खेलाडी सन्दीप लामिछानेसँगै रोयल च्यालेंजर्स बैंगलोरका मोहम्मद सिराज, मुम्बई इन्डियन्सका राहुल चाहर, राजस्थान रोयल्सका जोफ्रा आर्चर र राजस्थान रोयल्सकै श्रेयस गोपाल रहेका छन्। मोहम्मद सिराज र जोफ्रा आर्चर तिब्र गतिका बलर हुन् भने सन्दीप सँगै राहुल चाहर र श्रेयस गोपाल स्पिन बलर हुन्।

उदाउँदो खेलाडीको मनोनयनमा पर्नको लागि खेलाडीले ४ सर्तहरु पुरा गरेको हुनुपर्छ। खेलाडी १९९२ अप्रिल १ तारिख पछी जन्मेको हुनुपर्छ भने देशका लागि ५ वा त्यो भन्दा थोरै टेस्ट खेल र जारि संस्कारणको सुरुवातमा २५ वा सो भन्दा कम आइपिएल खेल खेलेको हुनुपर्छ। त्यस्तै खेलाडीले यसअघि उदाउँदो खेलाडीको अवार्ड नजितेको हुनुपर्छ।

उदाउँदो खेलाडी आइपिएल क्रिकेटको वेबसाइटमा हुने भोटिंग र टेलिभिजन कमेन्टेटरहरुको छनोटको आधारमा घोषित हुनेछ। आफुलाई मन पर्ने खेलाडी छनोट गर्न यहाँ क्लिक गर्न सक्नुहुनेछ।

यो समाचार पार्दासम्म बैंगलोरका मोहम्मद सिराज ५७% भोट सहित शीर्ष स्थानमा छन् भने दोश्रो स्थानमा रहेका सन्दीप लामिछानेको ४०% रहेको छ। अन्य ३ खेलाडीको समान एक एक प्रतिशत भोट रहेको छ।

सन्दीपले जारि सिजनमा ३ खेल खेल्ने अवसर पाएका छन् जसमध्ये पहिलो खेलमा कोलकत्ता नाइटराइडर्स बिरुद्द ४ ओभरमा २९ रन खर्चेर १ विकेट लिए। त्यस्तै दोस्रो खेलमा पन्जाब बिरुद्द पनि २७ रन खर्चेर २ विकेट लिएका उनले तेस्रो खेलमा भने बैंगलोर बिरुद्द महँगो साबित हुँदै ४ ओभरमा ४६ रन खर्चेर १ विकेट लिए।

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy