आईपीएल अक्सनमा सन्दिप लामिछाने

Sandeep Lamichhane IPL
  • विकेटनेपाल, माघ-६ शनिबार 

नेपाली लेग स्पिनर सन्दिप लामिछाने चर्चित भारतीय लिग इन्डियन प्रिमियर लिग आईपीएलको अक्सन लिस्टमा अटाएका छन्।

आज आईपीएलद्वारा जारि अक्सनमा समाबेश गरिने खेलाडीहरुको सुचीमा सन्दिपको नाम पनि कुल ५७८ जना खेलाडी भित्र अटाएको हो।आईपीएलको अक्सन यही जनवरी २७-२८ तारिकमा आयोजना हुनेछ जसमा कुल ३६० भारतीय खेलाडी सहित ५७८ जना खेलाडीहरु रहेका छन्।

सन्दिपको नाम आईपीएल वेबसाइटले जारि गरेको सुचीको २७६ औं नम्बरमा छ। सुचीका अनुसार सन्दिप एसोसिएटको कोटामा छन्। अनक्याप्ड खेलाडीको सुचीमा रहेका सन्दिपको बेस प्राइस २० लाख भारतीय रुपैयाँ रहेको छ।

sandeep lamichhane
सन्दिप लामिछाने

आईपीएल अक्सनमा जाने खेलाडीहरुको सुचीको नम्बर १ मा भारतीय क्रिकेटर रभीचन्द्रन आश्विन रहेका छन् भने शिखर धवन, फाफ डु प्लेसिस, क्रिस गेल, काइरन पोलार्ड, अजिंके रहने, गौतम गम्भीर जस्ता खेलाडीहरु सुचीमा रहेका छन्। पुरा सुची हेर्नुस 

नेपाली शेनवार्न सन्दिप यस अघि पनि पाकिस्तान सुपर लिग र बंगलादेश प्रिमियर लिगको ड्राफ्ट सुचीमा परे पनि कुनै पनि टिमले लिएका थिएनन्। आईपीएलको ११ औं सिजनमा यो पटक ८ वटा टिमहरु खेल्दैछन् जसमा चेन्नई सुपर किंग्स र राजस्थान रोयल्सको आगमन हुँदैछ।

नेपाली रास्ट्रिय क्रिकेट टिमका खेलाडी समेत रहेका लेग स्पिनर सन्दिपले आफ्नो खेल मार्फत २०१६ यु-१९ बिश्वकपमा बिश्वकप ध्यान आकर्षण गरेका थिए । त्यो प्रतियोगितामा उनले आयरल्याण्डसंग ह्याट-ट्रिक सहित ५ विकेट लिएका थिए भए प्रतियोगिताकै धेरै विकेट लिने सुचीमा दोश्रो स्थानमा थिए ।

नेपाली रास्ट्रिय क्रिकेट टिमबाट लगातार खेलीरहेका सन्दिपले २०१६ मै हंगकंगको घरेलु टि-२० प्रतियोगिता हंगकंग टि-२० ब्लीटज खेलीसकेका थिए जहाँ उनले स्ट्रेलियन पुर्ब कप्तान माईकल क्लार्कसंग काउलुन क्यान्टोन क्लबबाट खेल्ने मौका पाएका थिए । त्यस प्रतियोगिता पछि क्लार्ककै निम्तोमा सन्दिपले अस्ट्रेलियामा क्रिकेट खेल्ने र सिक्ने मौका पाएका थिए ।

गत बर्ष सिंगापुरमा सम्पन्न यु-१९ एसिया बिश्वकप छनौटमा कुल २४ विकेट लिएका सन्दिप नेपालको लागि एकै अन्तर्राष्ट्रिय प्रतियोगितामा धेरै विकेट लिने खेलाडी समेत हुन् ।

गत बर्ष फेब्रुअरीमा बिश्व प्रसिद्ध  बेलायती क्रिकेट म्यागजिन ‘अलआउट क्रिकेट’ ले जारि गरेको बिश्व क्रिकेटमा प्रभाब बनाएका र बनाउन सक्ने खेलाडीको सुचीमा समेत सन्दिप रहेका थिए ।

यो पनि पढ्नुस :- 





थप समाचार

इशानकाे आक्रामक शतकमा राजस्थानलाई २८७ रनको लक्ष्य

काठमाडौँ । मध्य क्रमका ब्याटर इशान किसनकाे आक्रामक शतकमा सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आईपीएल) नयाँ सिजनको पहिलो खेलमा राजस्थान […]

एपीएफ ३१ रनले विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टोली एपीएफ क्लबले गण्डकी प्रदेशलाई ३१ रनले पराजित गरेको छ। […]

कोशीविरुद्ध सुदूरपश्चिम ३१ रनले विजयी

काठमाडौं । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा कोशी प्रदेशमाथि ३१ रनको जित हासिल गरेको छ। देउखुरी […]

लुम्बिनीविरुद्ध आर्मीको सहज जित, फाइनल प्रवेशकाे सम्भावना बलियाे

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा विभागिय टोली त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशलाई १३१ रनले पराजित गरेको […]

आईपीएल : हैदरावाद र राजस्थान तथा चेन्नई र मुम्बई भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज दुई खेल हुँदै छ। आज हुने पहिलाे खेल सनराइजर्स हैदरावाद र राजस्थान […]

बैंगलुरुको विजयी सुरुआत

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बैंगलुरुले विजयी सुरुआत गरेको छ। शनिबार भएको उद्घाटन खेलमा कोलकोता नाइट […]