सन्दिप लामिछाने बिश्वकै उत्कृस्ट युवा क्रिकेटरहरुको सुचीमा पर्न सफल

  • विकेटनेपाल- २८ माघ 

नेपाली लेग स्पीनर सन्दिप लामिछानेले बिश्वकै उत्कृस्ट युवा क्रिकेट खेलाडीहरुको सुचीमा आफ्नो नाम लेखाएका छन् ।

प्रसिद्ध बेलायती क्रिकेट म्यागजिन ‘अलआउट क्रिकेट’ ले बिश्वभरका २२ बर्ष भन्दा कम उमेर भएका बिश्व क्रिकेटमा प्रभाब बनाएका र बनाउन सक्ने ३० जना खेलाडीहरुको तयार गरेको सुचीमा नेपाली स्पिनर सन्दिप पनि परेका छन् ।

सुचीको ३०औ स्थानमा सन्दिप लामिछानेको नाम उल्लेख गर्दै अलआउट क्रिकेटले सन्दिप बिश्व क्रिकेटमा भविष्यको ‘यासिर शाह’ बताउदै, सन्दिपसंग लेग स्पिन बलिंग गर्ने अनेक ट्रिक्स रहेको बताईएको छ ।

अल-आउट क्रिकेटले सन् २०१४ मा सार्बजनिक गरेको टेस्ट न खेल्ने रास्ट्रहरुको उत्कृस्ट ५० जना क्रिकेटरहरुको सुचीमा नेपालका पुर्ब कप्तान बिनोद दास ४२ औ नम्बरमा परेका थिए ।

Sandeep Lamichhane bowling

अलआउट क्रिकेटले सन्दिपको आइडल शेन वार्न रहेको र माइकल क्लार्कको समेत ध्यान तानेको कुरा उल्लेख गर्दै यसो लेखेको छ-

‘एउटा लेग स्पिनर जो संग हरेक ट्रिक्स छ, लामिछाने जो शेन वार्नलाई आफ्नो आइडल मान्नेगर्छन तर उनि तर्फ ध्यान पुर्ब अस्ट्रेलियन कप्तान माइकल क्लार्कको आकर्षित भयो जसको फलस्वरुप नेपाली स्पिनारलाई क्लार्कले प्रायोजन गर्दै प्रिमियर ग्रेड क्लब वेस्टर्न सबर्बसबाट खेल्न र माइकल क्लार्क क्रिकेट एकेडेमीमा सिक्ने मौका पाए’

सन्दिपको प्रशंशा गर्दै म्यागजिनले अस्ट्रेलियन पुर्ब कप्तान माइकल क्लार्कको भनाई समेत उल्लेख गरेको छ-

“सन्दिप संग धेरै प्रतिभा छ” क्लार्कले थपे  “मलाई लाग्छ उनि संग त्यो भन्दा निकै धेरै प्रतिभा छ त्यसैले मैले उनलाई सिड्नी ल्याउन सक्दो गरे”

सन्दिपको बलिंगको तारिफ गर्दै म्यागजिनले २०१६ यु-१९ बिश्वकपमा आयरल्याण्डसंग लिएको ह्याट-ट्रिक तथा बिश्वकपको दोश्रो सर्बाधिक विकेट लिने बलर भएको उल्लेख गरेको छ।

अलआउट क्रिकेटले बिश्वकै उत्कृस्ट युवा क्रिकेट खेलाडीहरुको सुचीको प्रथम चरणमा उत्कृस्ट ३० देखि २१ सम्म १० जना खेलाडीहरुको नाम सार्बजनिक गरेको छ l सुचीको १८ औ नम्बरमा भारतीय खेलाडी सन्जु सामसन् रहेका छन्।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy