बिबिसीसंग अन्तर्वार्तामा सन्दिपले गरे यस्तो खुलासा

  • विकेटनेपाल – १६ माघ, मंगलवार

भारतको टि-२० लिग आईपिएलमा अनुबन्धित भएपछि नेपाली क्रिकेटर सन्दिप लामिछानेको चर्चा चुलिएको छ। सबैतिरबाट बधाई र शुभकामानको ओइरो लागिरहेका बेला आईपिएलसम्मको यात्रा कसरि सम्भव भयो भनेर सन्दिप आफैंले खुलासा गरेका छन्।

बिबिसी नेपाली सेवासंगको कुराकानीमा सन्दिपले आफुले दिल्ली गएर ट्रायल दिएको र त्यसमा राम्रो गरेपछि आईपिएलमा अनुबन्धित भएको बताए।

निरन्जन राजवंशीले लिएको अन्तर्वार्ताको क्रममा उनलाई के आधारमा छानिन्छु जस्तो लागेको थियो भन्ने प्रश्नको जवाफमा सन्दिपले भने –

“अस्ति दिल्लीपनि गएको थिएँ, ट्रायलपनि दिएँ र राम्रोपनि भएको थियो। सायद उहाँहरुले त्यहि देखेर मलाई सेलेक्ट गर्नुभयो जस्तो लागेको थियो। ”

आफुले दिल्ली गएर ट्रायल दिंदा उनीहरुको प्रतिक्रियाका बारेमा सुनाउदै सन्दिपले भने-

” सबैकुरा राम्रो छ अझैपनि मेहेनत गर भन्नुभयो। ”

सन्दिपलाई दिल्ली डेएरडेभिल्सको टोलिले भारतीय रुपैयाँ २० लाखमा अनुबन्धन गरेसंगै अब उनले अन्तिम ११ मा स्थान बनाउन सक्लान वा नस्कलान भन्ने अड्कलबाजी समेत काट्न थालिएको छ। आफुलाई चाही अन्तिम-११ मा पर्छु भन्ने कत्तिको आशा छ भन्ने प्रश्नको जवाफ दिंदै सन्दिपले घुमाउरो जवाफ दिए-

“दिल्लीको टोलिमा धेरै अनुभवी खेलाडी छन्। अन्तिम ११ मा पर्छु वा पर्दिन भनेर त त्यहि गएपछि मात्र थाहा हुन्छ। पहिला अन्य खेलाडीसंग मिल्नु पर्यो त्यसपछि अभ्यासमा राम्रो भयो भने पर्छु होला। त्यहाँसम्म पुग्न अझै धेरै बाकीं छ। ”

केहि अनुभवी र स्टार खेलाडीले भरिएको दिल्लीको टोलीमा सन्दिपले धेरै अनुभव बटुल्न पाउने आंकलन गरिएको छ। सन्दिप आफैंले पनि यो कुरा स्वीकार गर्दै भने-

“अमित मिश्र जो धेरै राम्रो लेग स्पिनर बलर पनि हाम्रै टिममा हुनुहुन्छ त्यसैले उहाँको अन्डरमा हुँदा धेरै कुरा सिक्न पाइनेछ।”

उनले थपे, ” दिल्लीको टोलिमा धेरै राम्रा खेलाडी हुनुहुन्छ, जुन खेलाडीलाई हामीले सानैदेखि पछ्याई रहेको छौं अहिले ऊहाँहरु संगनै खेल्न पाउनु खुसिको कुरा हो।”

‘मैदानमा प्रवेश गरेर म यसो गर्छु, यसको विकेट लिन्छु भन्ने सोच बनाउनु भएको छ ?’ भन्ने प्रश्नको जवाफमा सन्दिपले हाँस्दै भने, ” मैदानमा छिरेपछि टिमको लागि जे चाहिन्छ त्यो नै गर्ने हो ! बिशेष चाँही राम्रो बलिंग गर्ने सोच बनाएको छु।”

बिबिसीसंगको अन्तर्वार्ता सुन्न क्लिक गर्नुस 

७ अप्रिल देख्ही २५ मेसम्म चल्ने इन्डियन प्रिमियर लिगको सन्दिप खेल्ने दिल्ली डेयर डेभिल्स टिममा गौतम गम्भीर, अमित मिश्रा, मोहम्मद शामी, कागीसो रबाड़ा, ग्लेन म्याक्सवेल, ट्रेन्ट बोल्ट जस्ता खेलाडीहरु रहेका छन् ।

दिल्ली डेयर डेविल्स टिम 

ब्याट्सम्यान- गौतम गंभीर, जेसन रोय, कोलिन मुनरो, श्रेयस अय्यर, ऋषभ पंत, नमन ओझा, पृथ्वी शा, गुरकीरत सिंह, मनजोत कालरा

बलर- अमित मिश्रा, मोहम्मद शमी, कागिसो रबाडा, ट्रेंट बोल्ट, शाबाज नदीम, आवेश खान, सन्दिप लामिछाने, हर्षल पटेल, सयान घोष

अलराउण्डर- ग्लेन म्याक्सवेल, क्रिस मोरिस, जयंत यादव, डेनियल क्रिश्चियन, विजयशंकर, अभिषेक शर्मा, राहुल तेवतिया

खेलाडी र पाएको मूल्य  ( भारतीय रुपैयाँमा ) :- श्रेयस अय्यर (7 करोड़) ऋषभ पंत (8 करोड़) क्रिस मोरिस (7.1 करोड़) ग्लेन म्याक्सवेल (9 करोड़) गौतम गंभीर (2.8 करोड़) जेसन रोय (1.5 करोड़) कोलिन मुनरो (1.9 करोड़) मोहम्मद शमी (3 करोड़) कासिगो रबाडा (4.2 करोड़) अमित मिश्रा (4 करोड़) पृथ्वी शॉ (1.2 करोड़) राहुल तेवतिया (3 करोड़) विजय शंकर (3.2 करोड़) हर्षल पटेल (20 लाख) अवेश खान (70 लाख) शाहबाज़ नदीम (3.2 करोड़), ट्रेंट बोल्ट (2.2 करोड़), डेनियल क्रिस्चन (1.5 करोड़), नमन ओझा (1.4 करोड़), गुरकीरत मान (75 लाख), अभिषेक शर्मा (55 लाख), जयंत यादव (50 लाख), मनजोत कालरा (20 लाख), सन्दिप लामिछाने (20 लाख), सायन घोष (20 लाख)

 





थप समाचार

स्कटल्याण्डका माइकल लिस्क पोखरा एभेन्जर्समा अनुबन्ध

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले स्कटल्याण्डका क्रिकेटर माइकल लिस्कलाई टाेलीमा अनुबन्ध गरेकाे छ । […]

काठमाडौं गुर्खाजको ‘ट्यालेन्ट हन्ट’ कार्यक्रम सुरु

मंगलबार बालुवाटारस्थित क्रिकेट एक्सिलेन्स सेन्टर (सिइसी) मा सम्पन्न पहिलो दिनको छनोटमा उल्लेखनिय खेलाडीको सहभागिता थियो । काठमान्डौंका प्रमुख कार्यकारी अधिकृत […]

सुदूरपश्चिम रोयल्सको एन्थम र जर्सी सार्वजनिक

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) का लागि मंगलवार जर्सी र टिम एन्थम सार्वजनिक गरेको छ । टोलीका‌ मालिक स्वतन्त्र […]

विराटनगर किंग्सको ट्यालेन्ट हन्ट झापामा सम्पन्न

नेपाल प्रिमियर लिग (एनपीएल) का लागि विराटनगर किंग्सको ट्यालेन्ट हन्ट कार्यक्रम मंगलबार झापामा सम्पन्न भएको छ । टिमले कोशी प्रदेशका […]

पुजाको अलराउण्ड प्रदर्शनमा नेपालको जित

काठमाडौं । युएईमा जारी महिला यु १९ टि २० विश्वकप एसिया छनोटमा कप्तान पूजा महतोको अलराउण्ड प्रदर्शनमा नेपालले कुवेतलाई पराजित […]

यु-१९ विश्वकप छनोटको पाँचौ खेलमा नेपाल कुवेतसँग खेल्दै

काठमाडौं । युएईमा जारी महिला यु-१९ टि-२० विश्वकपको एसिया छनोटमा नेपालले पाँचौं खेलमा कुवेतको सामना गर्दैछ । खेल युएईको अजमानमा […]