आईपीएल अक्सन सुचीमा परेपछि सन्दिप लामिछानेको यस्तो भनाइ

Sandeep Lamichhane
  • विकेटनेपाल, माघ ६ – शनिबार 

बिश्वकै धनि तथा चर्चित क्रिकेट लिग इन्डियन प्रिमियर लिग आईपीएल टि-२० को अक्सन सुचीमा परेपछि सन्दिप लामिछानेले विकेटनेपालसंग विशेष कुराकानी गरेका छन्।

आईपीएल सुचीमा नाम आएपछि विकेटनेपालसंग कुरा गर्दै नेपाली शेन वार्नले आईपीएल टिमले आफुलाई लिने बिश्वास राखेको बताए-

“मेहनत हो सबै कुरा र कर्मको फल हो”

आईपीएल अक्सनबाट छनौट हुने बिश्वास कति लागेको छ भन्ने प्रश्नमा उनले भने ” भगवानलाईनै थाहा होला”

जनवरी २७-२८ तारिकमा आयोजना हुने अक्सनमा सन्दिप बिश्वका उत्कृस्ट ५७८ क्रिकेटरहरु संगै नेपालबाट एक्लो खेलाडीको रुपमा उभिएका छन्। आईपीएलको ११ औं संस्करणसम्म हालसम्म कुनै पनि नेपाली खेलाडी सुचीमा अटाउन सकेका छैनन्।

“आशा छ, अवसर छ नेपाललाई चिनाउने फेरी” अक्सनको सुचीमा परेपछि फोन वार्तामा खुसिले सन्दिप हड्बड आवाजमा धेरै बोल्न सकीरहेका थिएनन्।

अक्सनमा परेको खबर नेपाली क्रिकेट टिमका ब्यबस्थापक रमन शिवाकोटीबाट थाहा पाएको सन्दिपले बताए। उनि यस अघि पनि पाकिस्तान सुपर लिग र बंगलादेश प्रिमियर लिगको ड्राफ्टमा परे पनि टिमको रोजाईमा भने पर्न सकेका थिएनन्।

Sandeep Lamichhane
Sandeep Lamichhane

कुन आईपीएल टिमले आफुलाई किनिदिए हुन्थ्यो भन्ने प्रश्नको उत्तरमा सन्दिपले डिप्लोम्याटिक जवाफ दिंदै कुनै एक टिमबारे नसोचेको बताए तर आफुलाई मन पर्ने आईपीएल टिम भने सन्दिपले खोले-

“मुम्बई इन्डियनलाई समर्थन गर्छु”

अक्सनमा समाबेश गरेको थाहा भएपछि सन्दिप लगत्तै मन्दिर गएर भगवानसंग प्रार्थना गरेका थिए-

“भगवानलाई सधै जसो यही प्रार्थना गर्छु, सबैको राम्रो होस्”

खुसिको खबर घरमा लगत्तै थाहा नभएको तर आफैले घरमा फोन गरेर खबर गर्ने उनले बताए-

“आफै खबर गर्छु, थाहा त भैहाल्छ”

चर्चित क्रिकेट वेबसाइट क्रिक्इन्फोका अनुसार सन्दिपलाई आईपीएल फ्रेन्चाइजले आग्रहमा अक्सन सुचीमा समाबेश गरिएको हुन्। १७ बर्षिय नेपाली बलर यस भन्दा अघि आईपीएलले घोषणा गरेको लिस्टमा थिएनन्। नेपाली शेन वार्नसंगै ९ जना खेलाडीहरुलाई फ्रेन्चाइजको आग्रहमा लिस्टमा राखिएको क्रिक्इन्फोले लेखेको छ ।

विकेटनेपाललाई प्राप्त जानकारी अनुसार सन्दिपले आफ्नो नाम एजेन्ट मार्फत दर्ता गरेको तर अक्सन सुचीमा राख्न माथिल्लो स्तरबाटै प्रयास भएको थियो। यु-१९ एसिया कपमा नेपाली यु-१९ रास्ट्रिय क्रिकेट टिमको ब्याटिंग कन्सल्ट्यान्टको भूमिका निभाएका मोंटी देसाई जो आईपीएल टिम राजस्थान रोयल्सको प्रशिक्षक रहीसकेका छन् उनले पनि सन्दिपलाई सुचीमा राख्न पहल गरेको हुने अनुमान गर्न सकिन्छ।

सन्दिपको नाम आईपीएल वेबसाइटले जारि गरेको सुचीको २७६ औं नम्बरमा छ। सुचीका अनुसार सन्दिप एसोसिएटको कोटामा छन्। अनक्याप्ड खेलाडीको सुचीमा रहेका सन्दिपको बेस प्राइस २० लाख भारतीय रुपैयाँ रहेको छ।

अक्सनमा अफगानिस्तानका खेलाडीहरु नजीबुल्लाह जद्रान ( ५० लाख ), राशिद खान ( २ करोड ) , मोहम्मद नाबी ( ५० लाख ) , मुजिब जद्रान ( ५० लाख ), मोहम्मद शहजाद ( ५० लाख ) जस्ता खेलाडीहरु लिस्टमा छन्। आएरल्याण्ड खेलाडी पल स्टरलिंग ( ५० लाख ) आफ्नो देशबाट अक्सनमा छनौट हुने एकमात्र खेलाडी हुन्।

अस्ट्रेलियामा जारि बिग ब्यास लिगमा अफगानिस्तान लेग स्पिनर राशिद खानले उत्कृस्ट प्रदर्शन गरिरहेका छन् भने अन्य लेग स्पिनरहरु पनि प्रतियोगितामा सफल भएका छन्। लेग स्पिनरको फर्केको ट्रेन्ड तथा टिमकै आग्रहमा अक्सनमा समाबेश गरिएका सन्दिपलाई कुनै टिमले अक्सनमार्फत टिममा लिन सक्ने सम्भावना छ।

आईपीएलमा एउटा टिम १६ देखि १८ जना देखि २५ जना सम्मको बनाउन पाउछ जसमा ८ जना मात्र बिदेशी खेलाडी राख्न पाइन्छ। अक्सनको लिस्टमा भएका कुल ५७८ जना मध्ये २१८ जना बिदेशी खेलाडीहरु छन्। कुल ८ वटा टिमले आफ्नो टिममा अधिकतम ६४ जना बिदेशी खेलाडी समाबेश गर्न पाउनेछन्।

सन्दिप लामिछाने सम्बन्धित अन्य समाचार – 

 

 





थप समाचार

रोहितआबद्ध नेसनल्सको दोस्रो खेल आईतबार

काठमाडौं । क्यानडामा जारी ग्लोबल टी-२० लिगमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलआबद्ध टोरोन्टो नेसनल्सको दोस्रो खेल आईतबार रहेको […]

सन्दीप र दीपेन्द्रआबद्ध टोलीको दोस्रो खेल आज

काठमाडौं । क्यानडामा ग्लोबल टी-२० लिगमा नेपाली खेलाडीद्वय सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीआबद्ध भेनकुवर नाईट्सको दोस्रो खेल आज (शनिबार) हुदैछ […]

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]