सन्दिप आईपीएल खेल्ने भएपछि क्लार्कले यसरी देखाए खुसि !

२०७४ माघ १४, आईतवार १५:३१

  • विकेटनेपाल, १४ माघ- आइतबार 

सन्दिप लामिछाने इन्डियन प्रिमियर लिग आईपीएल खेल्न छनौट भएपछि सम्पूर्ण नेपालीहरु खुसिले झुमेका छन्। आईपीएल टिम दिल्ली डेयर डेभिल्स टिमले २० लाख भारतीय रुपैयाँमा नेपाली शेन वार्नलाई किनेको हो जसपछि उनि इन्डियन प्रिमियर लिग आईपीएल खेल्ने पहिलो नेपाली भएका हुन्।

आईपीएल खेल्ने भएपछि सन्दिपलाई बधाईको ओइरो लागेको छ जसमा अस्ट्रेलियन क्रिकेट टिमका पुर्व कप्तान माइकल क्लार्क कहाँ पछि पर्थे र ?

सन् २०१६ मा हंगकंगमा सम्पन्न हंगकंग टि-२० ब्लीटज प्रतियोगितामा माईकल क्लार्कसंग काउलुन क्यान्टोन क्लबबाट संगै खेलेका सन्दिपबाट प्रभावित भएका क्लार्कले त्यसपछि उनलाई अस्ट्रेलिया बोलाएका थिए। अस्ट्रेलिया पुग्ने क्रममा सन्दिपलाई स्वागत गर्न क्लार्क स्वयम् एअरपोर्ट पुगेका थिए। उनलेले अस्ट्रेलियामा वेस्टर्न सबर्ब क्लबबाट करिब ३ महिना न्यु साउथ वेल्स प्रिमियर प्रथम श्रेणी क्रिकेट खेलेका थिए।

सन्दिप आईपीएलमा छनौट भएपछि क्लार्कले ट्वीटमार्फत आफ्नो खुसि ब्यक्त गरेका छन् जसमा उनले गजबको खबर लेखेका छन्।

त्यसपछि पनि सन्दिपबारे गरिएको ट्वीटमा उनले जवाफ दिएका छन् –

 

 

सन्दिप आईपीएल अक्सन लिस्टमा छनौट हुँदा पनि क्लार्कले सन्दिपको प्रसंशा गर्दै आफु कुनै टिममा भए सन्दिपलाई लिईहाल्थे भन्ने ट्वीट गरेका थिए

सन्दिपको सफलतामा क्लार्कले यस अघि पनि ट्वीट गर्दै आएका छन्। अन्तिम पटक सन्दिपले एसिया यु-१९ बिश्वकप छनौट अन्तर्गत सिंगापुरसंगको खेलमा ५ विकेट हात पारेपछि क्लार्कले ट्वीट गर्दै बधाई दिएका थिए।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy