सन्दिप आईपीएल खेल्ने भएपछि क्लार्कले यसरी देखाए खुसि !

  • विकेटनेपाल, १४ माघ- आइतबार 

सन्दिप लामिछाने इन्डियन प्रिमियर लिग आईपीएल खेल्न छनौट भएपछि सम्पूर्ण नेपालीहरु खुसिले झुमेका छन्। आईपीएल टिम दिल्ली डेयर डेभिल्स टिमले २० लाख भारतीय रुपैयाँमा नेपाली शेन वार्नलाई किनेको हो जसपछि उनि इन्डियन प्रिमियर लिग आईपीएल खेल्ने पहिलो नेपाली भएका हुन्।

आईपीएल खेल्ने भएपछि सन्दिपलाई बधाईको ओइरो लागेको छ जसमा अस्ट्रेलियन क्रिकेट टिमका पुर्व कप्तान माइकल क्लार्क कहाँ पछि पर्थे र ?

सन् २०१६ मा हंगकंगमा सम्पन्न हंगकंग टि-२० ब्लीटज प्रतियोगितामा माईकल क्लार्कसंग काउलुन क्यान्टोन क्लबबाट संगै खेलेका सन्दिपबाट प्रभावित भएका क्लार्कले त्यसपछि उनलाई अस्ट्रेलिया बोलाएका थिए। अस्ट्रेलिया पुग्ने क्रममा सन्दिपलाई स्वागत गर्न क्लार्क स्वयम् एअरपोर्ट पुगेका थिए। उनलेले अस्ट्रेलियामा वेस्टर्न सबर्ब क्लबबाट करिब ३ महिना न्यु साउथ वेल्स प्रिमियर प्रथम श्रेणी क्रिकेट खेलेका थिए।

सन्दिप आईपीएलमा छनौट भएपछि क्लार्कले ट्वीटमार्फत आफ्नो खुसि ब्यक्त गरेका छन् जसमा उनले गजबको खबर लेखेका छन्।

त्यसपछि पनि सन्दिपबारे गरिएको ट्वीटमा उनले जवाफ दिएका छन् –

 

 

सन्दिप आईपीएल अक्सन लिस्टमा छनौट हुँदा पनि क्लार्कले सन्दिपको प्रसंशा गर्दै आफु कुनै टिममा भए सन्दिपलाई लिईहाल्थे भन्ने ट्वीट गरेका थिए

सन्दिपको सफलतामा क्लार्कले यस अघि पनि ट्वीट गर्दै आएका छन्। अन्तिम पटक सन्दिपले एसिया यु-१९ बिश्वकप छनौट अन्तर्गत सिंगापुरसंगको खेलमा ५ विकेट हात पारेपछि क्लार्कले ट्वीट गर्दै बधाई दिएका थिए।





थप समाचार

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]