आईपीएलमा सन्दिपले रोजे १ नम्बरको जर्सी, यस्तो छ कारण

Sandeep Lamichhane
  • विकेटनेपाल, ८ चैत – बिहिबार

इन्डियन प्रिमियर लिग आईपीएलको दिल्ली डेयर डेभिल्स खेल्न छानिएका सन्दिप लामिछानेले प्रतियोगितामा १ नम्बरको जर्सी लगाउने भएका छन्। काठमाडौँको अन्नपूर्ण होटलमा आयोजित पत्रकार सम्मेलनमाझ दिल्लीका प्रमुख कार्यकारी अधिकृत हेमन्त दुवा तथा रास्ट्रिय खेलकुद परिषदका सदस्य सचित केशब बिस्टले सन्दिपलाई जर्सी प्रदान गर्दै सार्वजनिक गरेका हुन्।

सन्दिपलाई दिल्लीले आईपीएल अक्सनमा २० लाख भारतीय रुपैयाँमा खरिद गरेको थियो। ७ अप्रिलबाट सुरु हुने आईपीएलको लागि नेपाली लेग स्पिनर २७ तारिकमा दिल्ली पुग्ने विकेटनेपाललाई बताएका छन्।

जर्सी पाएपछि सन्दिपले विकेटनेपालसंग एक्सक्लुसिभ कुराकानी गर्दै नेपालको लागि पहिलोपटक खेल्दा जर्सी लगाएजस्तै महसुस भएको बताए। गौतम गम्भीरको टिमबाट आईपीएल खेल्न उत्साहित रहेको र प्लेयिंग ११ मा स्थान बनाउनेमा बिश्वास समेत उनले ब्यक्त गरे।

Sandeep Lamichhane

कार्यक्रममा बोल्दै दिल्ली सीईओ दुवाले सन्दिपलाई १ बर्ष देखिनै पछ्याउदै आएको खुलासा गरे। सन्दिपको प्रतिभा हेरेरनै उनलाई छनौट गरेको र अक्सनमा छनौट गर्नुअघिनै दिल्लीमा सन्दिपको ट्रायल समेत लिएको उनले बताए। यस्तै राखेप सदस्यसचिब केशब बिस्टले सन्दिपलाई बधाई र सुभकामना दिंदै नेपाली खेलाडी अन्तर्राष्ट्रियस्तरमा खेल्नुमा गर्व गर्नु पर्ने बताए।

किन रोजे सन्दिपले १ नम्बरको जर्सी 

सन्दिप लामिछाने नेपाली टिमको लागि खेल्दा र अन्य प्रतियोगतामा समेत २५ नम्बरको जर्सी लगाएर खेल्ने गर्छन् यसको पछाडी भावनात्मक कारण रहेको छ। सन्दिपको दिदिको छोरिको आकस्मिक निधन २५ गते भएपछि उनको सम्झनामा २५ नम्बरको जर्सी उनले लगाउने गर्थे। तर यसपटक सन्दिप २५ हैन दिल्लीको लागि १ नम्बरको जर्सीमा उत्रनेछन् जसको पछाडी पनि अर्को कारण रहेको छ।

Sandeep Lamichhane
Sandeep Lamichhane

२५ नम्बरको जर्सी दक्षिण अफ्रिकी खेलाडी कागीसो रबाडाले पनि लगाउने भएपछि सन्दिपको सोहि जर्सी नम्बरको जर्सी लगाउने चाहना पुरा हुन नपाएको हो। विकेटनेपालसंग किन १ नम्बर जर्सी रोजेको भन्ने उत्तर दिंदै सन्दिपले २५ नम्बर जर्सीनै माग गरे पनि रबाडाको जर्सी नम्बर पनि उही भएपछि भान्जीको जन्मदिन बैशाखमा भएको कारण १ नम्बर जर्सी रोजेको उनले खुलाए।

“सधै २५ नबरनै लगाउदै आएको छु र अहिले पनि त्यही चाहना थियो तर सिनियर खेलाडी कासिगो राबाडाले पनि २५ नम्बरकै जर्सी लगाउने भएपछि मेरो भान्जीको जन्म महिना पहिलो महिना थियो त्यसैले गर्दा १ रोजे, र म सधै चाहन्छु नम्बर १ हुने त्यसैले गर्दा”

आईपीएलमा दिल्लीले पहिलो खेल अप्रिल ८ तारिकमा किंग्स ११ पन्जाबसंग खेल्ने कार्यक्रम रहेको छ।

सन्दिपसंग एक्सक्लुसिभ कुराकानी 






थप समाचार

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]

एम. एम. कप बैशाख १३ गते देखि हुने

मनमोहन मेमोरियल कप (एम.एम. कप) फाउण्डेशनले आयोजना गर्ने तेस्रो संस्करणको राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता ‘एम.एम. कप सिजन ३’ को […]

लिग-२ का लागि क्यानले घोषणा गर्यो ‘कोर क्याम्प’

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को […]

वर्षाले निर्णायक खेल रद्द हुँदा नेपाल अभागी, अफगानिस्तान विश्वकपमा

आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ । मुलपानीस्थित […]

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]