सन्दिप बने ‘म्यान अफ द म्याच’

Sandeep Lamichhane ( Player of the match )
  • विकेटनेपाल-१७ असोज, बुधवार

मलेसियामा बुधवारबाट सुरु भएको आईसीसी ट्वान्टी-२० विश्वकप छनौट एसिया (पूर्वी) प्रतियोगितामा नेपालले सुखद सुरुवात गर्यो। आफ्नो पहिलो खेलमा नेपालले म्यान्मारलाई ८ विकेटले सहजै पराजित गर्न सफल भयो।

टस जितेर पहिले ब्याटिंग गर्दै म्यानमारले दिएको ३० रनको लक्ष्य नेपालले ३ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो।

नेपालको जितमा करन केसीले अविजित १४ रन बनाए भने बिनोद भण्डारी १ रनमा अविजित रहे। प्रदिप ऐरि खाता नखोली तथा अनिल साह ११ रन ( ५ बल,१ छक्का र १ चौका ) बनाएर आउट भए। म्यानमार बलर टेट वाई र पेंग डानुले समान १/१ विकेट लिए।

सन्दिप लामिछाने म्यान अफ दि म्याच 

म्यान्मार विरुद्धको सहज जितमा नेपाली “गुग्ली बोई” सन्दिप लामिछाने म्यान अफ दि म्याच घोषित भए। नेपालको बलिंगतर्फ सन्दिपले एक्लै ४ विकेट हात पारेका थिए।

आफ्नो २ ओभरको स्पेलमा सन्दिपले ३ रन खर्चिएर ४ विकेट चट्काए। यस्तै नेपालका लागि ललित राजबंशीले ३ तथा ललित भण्डारी र करन केसीले समान १-१ विकेट लिएका थिए।

यस्तो थियो खेलमा सन्दिपको बलिंग प्रदर्शन : 

खेलमा मात्रै १२ बल गर्दा सन्दिपले म्यान्मारको ४ विकेट (२-०-३-४) हात पारे। खेलको सातौँ ओभरमा आफ्नो व्यक्तिगत पहिलो ओभर बलिंग गर्न आएका सन्दिपले सो ओभरको तेस्रो बलमानै विकेट लिएका थिए। आफ्नो पहिलो ओभरमा सन्दिपले मात्र २ रन खर्चिएका थिए।

Sandeep Lamichhane ( Player of the match )
Sandeep Lamichhane ( Player of the match )

लगत्तै नवौं ओभरको पहिलो बलमा सन्दिपले पुन: विकेट हात पारे। सो ओभरको पाँचौं र छैठौं बलमा   सन्दिपले लगातार विकेट लिएपछि उनी ह्याट्रिकको संघारमा पुगेका थिए। तर खेलको १० औं ओभरमा म्यानमार अलआउट हुनपुयो र सन्दिपले पुन: बलिंग गर्ने मौकानै पाएनन्।

सन्दिपको स्पेल उत्कृस्ट मध्ये एक

सन् २०१६ मा नामिबियासंग डेब्यु गरेपछि सन्दिपले नेपालको लागि ५ पटक एकै खेलमा  ४ विकेट वा सो भन्दा बढी विकेट लिएका छन्।

हंगकंगसंग गत महिना एसिया कप छनौटमा ५ विकेट ( १०-२-२७-५ ) लिएका उनले यसै बर्ष फेब्रुवरीमा डिभिजन-२ अन्तर्गतकेन्यासंग राष्ट्रिय टिमको लागि पहिलो पटक ५ विकेट ( १०-५-२०-५ ) को प्रदर्शन गरेका थिए।

सन्दिपको उत्कृस्ट ५ बलिङ्ग स्पेल 

– ५ विकेट ( १०-२-२७-५ ) बिरुद्ध हंगकंग ( एसिया कप छनौट , २०१८ )
– ५ विकेट ( १०-५-२०-५ ) बिरुद्ध केन्या ( आईसीसी बिश्व क्रिकेट लिग डिभिजन-२ , २०१८ )
– ४ विकेट ( ८.२-२-१८-४ ) बिरुद्ध नामिबिया ( आईसीसी बिश्व क्रिकेट लिग डिभिजन-२ , २०१८ )
– ४ विकेट ( ८-०-२९-४ ) बिरुद्ध पपुवा न्यु गिनी ( आईसीसी बिश्वकप छनौट , २०१८ )
– ४ विकेट ( १०-२-२४-४ ) बिरुद्ध युएई ( एसिया कप छनौट , २०१८ )





थप समाचार

मलेसियाविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि नेपाललाई 

काठमाडौँ । सीता रानामगरको ३४ रन प्रेरित नेपाली महिला क्रिकेट टिमले आइतबार पाँचौँ तथा अन्तिम ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा मलेसियालाई तीन […]

नेपाल मलेसियासँग पराजित

घरेलु टोली मलेसियाले चौथो महिला अन्तर्राष्ट्रिय खेलमा नेपाललाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा घरेलु टोलीले ४ विकेटले नेपाललाई […]

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]