सन्दिपको सानदार बलिंग, मेलबर्न स्टार्स सेमिफाइनलमा

Sandeep Lamichhane
  • विकेटनेपाल, माघ २७ – आइतबार

अष्ट्रेलियाको घरेलु क्रिकेट प्रतियोगिता बिग ब्यास लिग (बिबिएल) अन्तर्गत भएको खेलमा मेलबर्न स्टार्सले सिड्नी सिक्सर्सलाई ९४ रनको बिशाल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको छ।

यो संगै सेमिफाइनल समीकरण पुरा भएको छ। प्रतियोगितामा १४ खेलबाट १० अंक बनाएको हबार्ट हरिकेन्स, १६ अंक बनाएको मेलबर्न रेनेगेड्स र सिड्नी सिक्सर्स तथा १४ अंक बनाएको मेलबर्न स्टार्स शीर्ष चारमा रहँदै सेमिफाइनलमा पुगेका हुन। फेब्रुअरी १४ तारिखमा हुने पहिलो सेमिफाइनलमा सन्दिप लामिछाने आबद्द मेलबर्न स्टार्सले हबार्ट हरिकेन्सको सामना गर्नेछ भने दोश्रो सेमिफाइनलमा रेनेगेड्स र सिक्सर्स भिड्नेछन्। दोश्रो सेमिफाइनल फेब्रुअरी १५ मा हुनेछ।

म्याक्स्वेलको विस्फोटक ब्याटिंग

घरेलु मैदानमा टस हारेर पहिले ब्याटिंग गरेको मेलबर्न स्टार्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनायो।

मार्कस स्टनोइसको आक्रामक सुरुवातका बाबजुत पनि टिमले १६ ओभरको समाप्तीमा मात्र १०१ रन बनाउंदा ४ विकेट गुमाएको थियो। ओपनर स्टनोइसले ३४ रन बनाउन २३ बलमा ७ चौका प्रहार गरेका थिए।

त्यस्तै पिटर ह्यान्ड्सकमले बिस्तारै ब्याटिंग गर्नेक्रममा ३४ बलको सामना गर्दै ३५ रन बनाएका थिए जसमा ४ चौका सामेल थियो।

१६ औं ओभरको अन्तयमा बाउन्ड्री प्रहार गर्न नसकेका कप्तान म्याक्सवेलले २० बलमा १७ रन बनाएका थिए। त्यसपछि भने उनले विस्फोटक ब्याटिंग गर्दै अन्तिम बलमा आउट हुँदासम्म ८२ रन प्रहार गरेका थिए। ४३ बलको सामना गर्दा ४ चौका र ६ छक्का हिर्काएका उनले छैठौं विकेटको लागि सब गोचसँग १९ बलमा ५२ रनको साझेदारी गरे। उक्त साझेदारीमा गोचले १ बलमा १ रन हानेका थिए भने १ रन अतिरिक्त आएको थियो।

सन्दिपको सानदार बलिंग

मेलबर्न स्टार्सले दिएको १६९ रनको बिजयी लक्ष्य लिएर मैदानमा उत्रिएको सिड्नी सिक्सर्सले ७४ रन बनाउँदा मात्र १३.४ ओभरमा सबै विकेट गुमायो।

सिक्सर्सलाई सस्तैमा समेट्न सन्दिप लामिछानेले सानदार बलिंग प्रदर्शन गरे। २२ बल फ्याकेका उनले ३ विकेट लिंदा मात्र ११ रन खर्चिए। उनको नाममा टम कर्रन, बेन ड्वारिस्स र ल्याएड पोपेलाई आउट गरे। थप नथन लायनको रन आउट पनि सन्दिपकै नाममा रह्यो। तेस्रो रन लिन दौडिने क्रममा डिप स्क्वार लेगमा रहेका सन्दिपले थर्ड म्यानको चौका बचाउँदै रन आउट गरेका थिए।

त्यस्तै अर्का लेग स्पिनर एडम जाम्पाको नाममा समेत २ विकेट रह्यो। उनले ३ ओभरमा १५ रन खर्चेर जोर्डन सिल्क र सेन एबटलाई आउट गरे। ड्यानीयल वोरलले २ विकेट लिन २४ रन खर्चिए।

यी दुई टिमबिचको अघिल्लो भिडन्तमा सन्दिपको जालमा परेका सिक्सर्सका कप्तान मोइजेज हेनरिकेज यसपटक सन्दिपको हातबाट समातिए। उनलाई कप्तान म्याक्स्वेलले आउट गरे।

सिक्सर्सका लागि ब्याटिंग तर्फ ड्यानियलह्युजले सर्बाधिक १२ रन तथा स्टिव ओ’किफले अविजित ११ र कर्रनले १० रन बनाएका थिए।

खेलमा ८२ रनको पारि तथा १ विकेट समेत लिएका कप्तान म्याक्स्वेल प्लेयर अफ द म्याच चुनिए।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]