सन्दिप लामिछाने अब गायक, सुन्नुस भर्खरै रिलिज गरेको गित ( भिडियो )

२०७४ चैत्र १०, शनिबार २२:५४

Sandeep Lamichhane
  • विकेटनेपाल, चैत १०

इन्डियन प्रिमियर लिग ( आईपीएल ) तथा क्यारेबियन प्रिमिय लिग ( सीपीएल ) खेल्न छनौट भएका स्टार नेपाली लेग स्पिनर सन्दिप लामिछाने क्रिकेट बाहेक अर्को परिचय समेत बनाउने भएका छन्।

हजुर ! खबर साँचो हो सन्दिप लामिछाने अब गायक समेत हुने भएका छन्। आईपीएल खेल्न सोमबार दिल्ली प्रस्थान गर्नु अघि सन्दिपले आफुले गाएको गितको ट्रेलर सार्वजनिक गरेका हुन्। सन्दिपले यस अघि बिभिन्न अन्तर्वार्तामा तथा सोसल मिडिया मार्फत पनि आफ्नो गायन प्रतिभा देखाईसकेका छन् तर गितनै रेकर्ड गरेर गाउने अनुमान सायदै कसैले गरेका थिए होलान्।

यु-१९ बिश्वकप २०१६ खेलिसकेपछि नेपाल टेलिभिजनको एक कार्यक्रममा अन्तर्वार्ताको क्रममा राजु लामाको गित “तिमिलाई देखेर हिमालै हाँसेको” गाएका सन्दिपले आफु राजु लामाको ठुलो फ्यान रहेको समेत बताएका थिए। त्यसपछि केहि समय अघि अर्को एक अन्तर्वार्तामा नेपाल आइडलको चर्चित प्रतिस्पर्धी केन्जल मेहर श्रेष्ठसंग अन्तर्वार्ताको क्रममा सन्दिपले केन्जलको अघि गित गाउदा केन्जलले उनको गायनको तारिफ गरेका थिए। त्यसबेला उनले बिपुल क्षेत्रीले गाएको “डढेलो लाग्यो” बोलको गित निकै राम्रोसंग गाएका थिए।

https://www.facebook.com/nepalese.fanpage/videos/617483905081400/

तर अब सन्दिप अरुको गित हैन आफ्नै गितमार्फत सार्वजनिक भएका छन्। आफ्नोफेसबुकमा उनले “उदास थियो यो मेरो मन” बोलको गितको ट्रेलर सार्वजनिक गर्दै यस्तो लेखेका छन्-

“गायन सधैं मेरो दोश्रो शोख हो, मेरो शोखलाई यो गितमार्फत तपाईसामु प्रस्तुत गरेको छु, मेरो आगामी एल्बम ‘प्रतिक्षा” तपाई प्रस्तुत गर्दैछु-

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy