कस्तो रह्यो अस्ट्रेलियामा सन्दिपको प्रदर्शन ?

sandeep lamichhane

विकेटनेपाल, मङ्सिर १४ 

साढे २ महिने अस्ट्रेलिया बसाइँ सकेर सन्दिप लामिछाने मंगलबार नेपाल फर्किदै छन् l अस्ट्रेलियन पुर्ब कप्तान माइकल क्लार्कले मौका दिएपछि न्यु साउथ वेल्स प्रिमियर प्रथम श्रेणी क्रिकेट खेल्ने तथा क्लार्कको एकेडेमीमा अभ्यास गर्ने मौका पाएका सन्दिप डिसेम्बर ८ देखि श्रीलंकामा हुने यु-१९ एसिया कप प्रतियोगिताको तयारीको लागि नेपाल फर्किएका हुन् l

अस्ट्रेलिया रहंदा सन्दिपले कुल ११ वटा खेलमा सहभागी हुने मौका पाए l न्यु साउथ वेल्स प्रिमियर क्रिकेट, ‘प्रथम श्रेणी’, दोश्रो श्रेणी, पोडेभिन ग्रे शिल्ड र किंग्सग्रुभ स्पोर्ट्स ट्वान्टी-२० कपको खेलमा वेस्टर्न सबर्ब क्रिकेट क्लबको प्रतिनिधित्व गरेका नेपाली ‘शेन वार्न’ लामिछानेले ११ वटा खेलमा कुल २० विकेट आफ्नो नाम गराए l

यो पनि पढ्नुस : सन्दिप लामिछानेलाई शेन वार्नको ‘कल’

वेस्टर्न सबर्बको लागि ५ वटा प्रथम श्रेणी न्यु साउथ वेल्स प्रिमियर ग्रेड क्रिकेट ( दुई दिवसीय ) मा सन्दिपले ७ विकेट मात्र लिन सके भने दोश्रो श्रेणीको एक खेलको एकै इनिंगमा ६ विकेट आफ्नो नाम गराएका थिए l ५० ओभरको पोडेभिन ग्रे शिल्डको ३ खेलमा ५ विकेट र किंग्सग्रुभ स्पोर्ट्स टि-२० कपको २ खेलमा उनले २ विकेट हात पारे l

सन्दिपले वेस्टर्न सबर्बको लागि यो सिजनमा खेलेको ११ वटा खेलको प्रदर्शनलाई विकेटनेपालमा समेटेका छौ l

खेल नं. बिरुद्ध र फर्म्याट बलिंग स्पेल श्रेणी / प्रतियोगिता
मोसमन ( ५० ओभर ) १ विकेट ( ८-०-१७-१ ) न्यु साउथ वेल्स प्रिमियर
‘प्रथम श्रेणी’
२. रांडविक ( ५० ओभर ) ९-०-४९-० न्यु साउथ वेल्स प्रिमियर
‘प्रथम श्रेणी’
३. परामट्टा ( २ दिवसीय ) १२-०-७५-० न्यु साउथ वेल्स प्रिमियर
‘प्रथम श्रेणी’
४. नर्थ सिड्नी ( ५० ओभर ) ३ विकेट ( १०-१-३३-३ ) पोडेभिन ग्रे शिल्ड
५. सेन्ट जर्ज ( दुई दिवसीय ) ६ विकेट ( २१.१-५-६३-६ ) न्यु साउथ वेल्स प्रिमियर
‘दोश्रो श्रेणी’
६. परामट्टा ( टि-२० ) १ विकेट ( ३-०-२३-१ ) किंग्सग्रुभ स्पोर्ट्स टि-२० कप
७. ब्यांक्स्टाउन ( दुई दिवसीय ) ३ विकेट ( १८-०-१०७-३ ) न्यु साउथ वेल्स प्रिमियर
‘प्रथम श्रेणी’
८. इस्टर्न सबर्बस् ( ५० ओभर ) १ विकेट ( १०-०-३१-१ ) पोडेभिन ग्रे शिल्ड
९. सथरल्याण्ड ( दुई दिवसीय ) ३ विकेट ( १८-१-३-८० ) न्यु साउथ वेल्स प्रिमियर
‘प्रथम श्रेणी’
१०. ब्यांक्स्टाउन ( ५० ओभर ) १ विकेट ( १०-१-३१-१ ) पोडेभिन ग्रे शिल्ड
११. नर्थन डिस्ट्रिक्ट ( टि-२० ) १ विकेट ( ४-०-३६-१ ) किंग्सग्रुभ स्पोर्ट्स टि-२० कप
 www.wicketnepal.com/np ११ खेल : २० विकेट
स्ट्राइक रेट : ३६.९५
एभरेज : २७.२५
 www.wicketnepal.com

 





थप समाचार

मधेस प्रदेश सरकारले आसिफलाई दुई लाख प्रदान गर्ने

जनकपुरधाम, चैत १० गते । मधेस प्रदेश सरकारले यस प्रदेशका अन्तर्राष्ट्रिय खेलाडी आसिफ शेखलाई दुई लाख प्रदान गर्ने घोषणा गरेको […]

एपीएफ र सुदूरपश्चिम विजयी

विभागीय टोलीको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । […]

‘द हन्ड्रेड’ को ड्राफ्ट आज, सन्दीप र अर्जुन ड्राफ्टमा

काठमाडौँ । इंग्ल्यान्डमा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेटको खेलाडी छनोटको लागि ड्राफ्ट आज हुदैछ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व […]

प्रशिक्षक देसाईको तलव बढ्यो

नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट प्रशिक्षकको तलब वृद्धि गरेको छ । आइसीसी विश्वकप लिग-२ मा नेपाली टिमलाई राम्रो नतिजा दिलाएपछि […]

नेपालको एकदिवसीय वरियता सुधार

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपालले फेरि एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको […]

चितवन रङ्गशालाबारे धुर्मुसले भने : देशका लागि काम गर्दा यति कठोर सजाय होला भन्ने कल्पनै थिएन

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले चितवनमा बनिरहेको क्रिकेट रङ्गशालाबारे छिटो निर्णय गरिदिन सरकारलाई आग्रह गरेका छन् । मङ्गलवार रङ्गशालाबाट सामाजिक […]