सन्दिप लामिछाने प्रतियोगिताकै उत्कृस्ट खेलाडी घोषित

२०७४ फाल्गुन ३, बिहीबार २१:५८

sandeep lamichhane
  • विकेटनेपाल, फाल्गुन-३ बिहिबार 

नेपाली लेग स्पिनर सन्दिप लामिछाने आईसीसी बिश्व क्रिकेट लिग डिभिजन-२ को प्रतियोगिताकै उत्कृस्ट खेलाडी चुनिएका छन्। डिभिजन-२ को फाइनलमा नेपाल युएईसंग पराजित हुँदै उपविजेतामा चित्त बुझाएपनि नेपाली खेलाडीले ठुलो सफलता पाएका हुन्।

सन्दिपले प्रतियोगितामा उत्कृस्ट बलिंग गर्दै कुल १७ विकेट लिंदै सर्बाधिक विकेट लिने खेलाडी समेत बने। ओमानका बिलाल खानले पनि समान १७ विकेट हात पारे। प्रतियोगितामा कुल ६ खेल खेल्दै नेपाली लेग स्पिनरले कुल ५४.२ ओभर बलिंग गर्दै १७६ रन खर्चेर उक्त विकेट लिएका हुन्।

यस क्रममा सन्दिपले केन्यासंग ५ विकेट तथा नामिबियासंग ४ विकेट हात पारेका थिए। यस्तै ओमानसंग २ विकेट, युएईसंग ३ विकेट, क्यानडासंग २ विकेट तथा फाइनलमा युएईसंग १ विकेट लिए।

sandeep lamichhane
sandeep lamichhane

यति मात्रै हैन नेपालले नामिबिया र क्यानडासंग १ विकेटको जित हात पार्दा सन्दिपनै दुवै खेलमा अविजित रहँदै नेपाललाई जितसम्म पुर्याउन महत्वपूर्ण योगदान दिएका थिए। पहिलो खेलमा नामिबियालाई पराजित गर्दै बसन्त रेग्मीले सन्दिपसंग १८ रनको साझेदारी गरेका थिए भने क्यानडालाई जित्नै पर्ने खेलमा पराजित गर्दा पनि करन केसीले सन्दिपसंग ५१ रनको साझेदारी गरेका थिए।

सन्दिप यसभन्दा अघि असोजमा मलेसियामा सम्पन्न एसीसी यु-१९ पूर्वी क्षेत्र प्रतियोगितामा पनि उत्कृस्ट खेलाडी चुनिएका थिए जुन क्रममा उनले ५ खेलमा १६ विकेट लिएका थिए। यस्तै २०१७ यु-१९ एसिया बिश्वकप छनौटमा सन्दिपले ६ खेलमा कुल २४ विकेट लिंदै प्रतियोगिताकै उत्कृस्ट खेलाडी घोषित भएका थिए। २४ विकेट लिंदै उनि नेपालको लागि एकै प्रतियोगितामा सबैभन्दा धेरै विकेट लिने खेलाडी खेलाडी बन्नपुगेका थिए।

डिभिजन-२ मा सन्दिपको प्रदर्शन – 

पहिलो खेल Vs नामिबिया – ४ विकेट ( ८.२-२-१८-४ )
दोश्रो खेल Vs ओमान – २ विकेट ( १०-०-२९-२ )
तेश्रो खेल Vs युएई – ३ विकेट ( ७-१-३०-३ )
चौथो खेल Vs केन्या – ५ विकेट ( १०-५-२०-५ )
पाँचौ खेल Vs क्यानडा – २ विकेट ( ९-१-४०-२ )
छैठौं खेल Vs युएई ( फाइनल ) –  १ विकेट ( १०-०-३९-१ )

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy