सन्दिपलाई ‘प्रवल जनसेवा श्री-चतुर्थ श्रेणी’

Sandeep Lamichhane
  • विकेटनेपाल, असोज ३ – बुधबार 

चर्चित नेपाली लेग स्पिनर सन्दिप लामिछानेले नेपाल सरकारबाट यो बर्ष ‘प्रवल जनसेवा श्री-चतुर्थ श्रेणी’ मानपदवी पाउने भएका छन्।

गृह मन्त्रालयले बुधबार सार्वजनिक गरेको  ‘प्रवल जनसेवा श्री-चतुर्थ श्रेणी’ पाउने सुचीमा खेलकुदबाट सन्दिप सहित, रेस्लर भारत बहादुर बिसुराल, कराते खेलाडी संजु महर्जन, एथलेटिक्स प्रशिक्षक धनीराम चौधरी रहेका छन्। यस्तै भर्खरै इन्डोनेसियामा आयोजित एसियन गेम्समा रजत पदक जित्ने नेपाली प्याराप्याराग्लाइडिङ टिमलाई सरकारले सुकीर्ति पदकबाट सम्मान गर्नेछ।

१८ बर्षिय सन्दिप चर्चित भारतीय लिग ईन्डियन प्रिमियर लिग ( आईपीएल ) खेल्ने पहिलो नेपाली बन्न सफल भएका थिए भने यसै बर्ष उनले ग्लोबल टि-२० क्यानडा र क्यारेबियन प्रिमियर लिग टि-२० मा समेत छनौट भइ प्रभावशालि प्रदर्शन समेत गरेका थिए। यस्तै नेपाली गुगली ब्वाई गत साता अफगानिस्तान प्रिमियर लिग खेल्न समेत छनौट भएका छन्।

२०१६ मा नेपाली राष्ट्रिय टिममा छनौट भएका सन्दिपले त्यस अघि २०१६ यु-१९ बिश्वकपमा आयरल्याण्डसंग ह्याट्रिक लिएका थिए भने प्रतियोगिताकै उत्कृस्ट खेलाडीको आईसीसीको सुचीमा समेत परेका थिए।





थप समाचार

मलेसियाविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि नेपाललाई 

काठमाडौँ । सीता रानामगरको ३४ रन प्रेरित नेपाली महिला क्रिकेट टिमले आइतबार पाँचौँ तथा अन्तिम ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा मलेसियालाई तीन […]

नेपाल मलेसियासँग पराजित

घरेलु टोली मलेसियाले चौथो महिला अन्तर्राष्ट्रिय खेलमा नेपाललाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा घरेलु टोलीले ४ विकेटले नेपाललाई […]

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]