ठूलो खबर : सन्दिप लामिछाने बिग ब्यास लिग खेल्न छनौट

Sandeep Lamichhane
  • विकेटनेपाल- कार्तिक ५, सोमबार

स्टार नेपाली लेग स्पिनर सन्दिप लामिछाने आइपीएल पछि बिश्वकै दोश्रो चर्चित अष्ट्रेलियाको घरेलु टि-२० प्रतियोगिता बिग ब्यास लिग खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन्।

योसंगै सन्दिप बिग ब्यास लिग खेल्ने पहिलो एसोसिएट खेलाडी समेत बनेका छन्। प्रतियोगिता यहि डिसेम्बर १९ बाट सुरुहुँदै छ।

गत बर्ष इन्डियन प्रिमियर लिगमा दिल्ली डेयरडेभिल्सको प्रतिनिधित्व गरेसंगै सन्दिप विश्वभरका ट्वान्टी-२० लिगमा सहभागी हुँदै आएका छन्। क्यानडाको ग्लोबल टि-२०, क्यारेबियन प्रिमियर लिग (सिपिएल), अफगानिस्तान प्रिमियर लिग (एपिएल) खेलीसकेका सन्दिप केहि महिनापछि आयोजना हुने टि-१० लिगका लागि समेत छनौट भएका छन्।

Sandeep Lamichhane
Sandeep Lamichhane

अष्ट्रेलियाको घरेलु टि-२० प्रतियोगिता बिग ब्यासका लागि सन्दिप लामिछानेलाई मेलबर्न स्टारले अनुबन्धन गरेको हो। सन्दिपले बिग ब्यास लिग खेल्ने आफ्नो सपना रहेको समेत समय समयमा बताउंदै आएका थिए।

बिग ब्यास लिग खेले बापत सन्दिपले कति पैसा पाउनेछन् भने सार्वजनिक गरिएको छैन।

सन्दिपको टोलि मेलबर्न स्टारबाट ग्लेन म्याक्स्वेल, मार्कस स्टोइनिस, पिटर ह्यान्डसकम्ब, एडम जाम्पा, केभिन पिटरसन् जस्ता स्टार खेलाडीले खेलिसकेका छन्। स्टार्सले अहिलेसम्म प्रतियोगिताको उपाधि जित्न सकेको छैन।

बंगलादेश प्रिमियर लिगमा पनि सन्दिपको नाम :

यसै बीच बंगलादेशको घरेलु ट्वान्टी-२० प्रतियोगिता बंगलादेश प्रिमियर लिग (बिपिएल) मा समेत सन्दिप लामिछाने छनौट भएको खबर बाहिरिएको छ। प्रख्यात क्रिकेट साइट क्रिकइन्फो डट कमले उल्लेख गरे अनुसार सन्दिप लामिछानेले सिल्हेट सिक्सरको लागि प्रतियोगिता खेल्नेछन्। यस बिषयमा आधिकारिक जानकारी भने पुष्टि भैसकेको छैन।

पछिल्लो समयमा सर्वाधिक सफल नेपाली क्रिकेटर बन्नेक्रममा सन्दिपले इन्डियन प्रिमियर लिग (आइपिएल) बाट अन्तर्राष्ट्रिय फ्रेनचाइज क्रिकेट यात्रा सुरु गरेका थिए। नेपाली लेग स्पिनर यस अघि इन्डियन प्रिमियर लिग ( आईपीएल ), ग्लोबल टि-२० क्यानडा र क्यारेबियन प्रिमियर लिग टि-२० खेलीसकेका छन्। इन्डियन प्रिमियर लिगमा सन्दिप २० लाख भारतीय रुपैयाँमा बिक्रि भएका थिए भने क्यारेबियन प्रिमियर लिगमा ५ हजार डलर तथा ग्लोबल टि-२० लिग क्यानडामा ४० हजार डलरमा ड्राफ्टबाट सन्दिप छानिएका थिए।

आईपीएलमा दिल्लीबाट खेलेका सन्दिपले ३ खेलमा ५ विकेट लिएका थिए भने ग्लोबल टि-२० लिगमा मोन्टरियल टाइगर्सको लागि खेल्ने क्रममा ५ खेलमा ८ विकेट लिएका थिए। यस्तै क्यारेबियन प्रिमियर लिगमा सेन्ट किट्स एण्ड नेभिस पेट्रीएट्सको लागि उनले ५ खेलमा कुल ७ विकेट लिएका छन्। सबै लिगमा सन्दिपको इकोनोमी राम्रो रहेको छ भने टिमको महत्वपूर्ण खेलाडीको रुपमा आफुलाई प्रमाणित गरेका छन्।

 





थप समाचार

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]