टि-१० लिग : दोस्रो चरणको पहिलो खेलमा सन्दिपको टोलि लेजेंड्स बिरुद्ध खेल्दै

२०७५ मंसिर १०, सोमबार १४:३०

  • विकेटनेपाल-मङ्सिर,१० सोमबार 

नेपाली “गुग्ली ब्वाई” सन्दिप लामिछाने आबद्द केरला नाइट्सले संयुक्त अरब इमिरेट्समा जारि टि-१० लिग अन्तर्गत आज (सोमबार) चौथो खेल पन्जाबी लेजेंड्ससंग खेल्दैछ। आजबाट प्रतियोगितामा दोस्रो चरणका खेलहरु सुरुहुँदै छन्।

लिगको समुह “ए” तर्फ रहेको केरेलाले ३ खेलमा १ जित १ हार र १ नतिजाबिहिन खेल खेल्दा ३ अंक जोडेको छ। समुह “ए” मा केरेला तेस्रो स्थानमा रहेको छ।

उता समुह “बि” को तेस्रो स्थानमा रहेको पन्जाबी लेजेंड्सले समेत समुह चरणमा ३ खेल खेल्दै १ मा जित हात पारेको थियो भने २ खेलमा पराजित हुन पुगेको थियो। लेजेंड्सको टोलीमा ल्युक रोंकी, एभिन लुईस, उमर अकमल जस्ता नाम चलेका खेलाडीहरु रहेका छन्।

प्रतियोगिता अन्तर्गत सन्दिप सम्मिलित केरेलाले भने पहिलो खेलमा शहिद अफ्रिदी कप्तानीको टिम पख्तुन्सलाई ८ विकेटले पराजित गरेपछि दोश्रो खेलमा शेन वाट्सन कप्तानीको सिन्धिजसंग भने नाइट्स ९ विकेटले पराजित हुन पुग्यो। यस्तै आइतवार सम्पन्न तेस्रो खेल भने बर्षाका कारण रद्ध भएको थियो।

आइतवारबाट प्रतियोगिताको पहिलो चरणको खेल सकिएको हो। आज (सोमबार) बाट दोस्रो चरणका खेलहरु सुरुहुने छन् जसमा समुह “ए” को टोलीले समुह “बि” को टोलीको सामना गर्नेछन्। यस चरणमा आफ्नो समुह चरणमा खेल्दा पाएको अंक समेत जोडिने छ। दोश्रो राउण्ड पछि प्लेअफ चरणमा इलिमीनेटर खेल हुनेछ र डिसेम्बर २ मा खेलिने फाइनल पुग्ने टिमको टुंगो लाग्नेछ।

Points Table : (Graphics : Kerela Knights)
Points Table : (Graphics : Kerela Knights)

सन्दिपको चौथो खेल पन्जाबी लेजेंड्स बिरुद्ध :

सन्दिप लामिछानेको टोलि केरेलाले सोमबार पन्जाबी लेजेंड्सको सामना गर्नेछ। खेल नेपाली समय अनुसार राति १०:३० बजेबाट सुरुहुने छ।युएई स्थानीय समय अनुसार भने खेल ८:४५ बजे राति सुरु हुनेछ। खेलको प्रत्यक्ष प्रशारण सोनी/इएसपीएनले गरिरहेको छ भने अनलाइनमा समेत Sonyliv.com मा भइरहेको छ।

सन्दिपको राम्रो प्रदर्शन 

बिरुद्ध पख्तुन्स ( २-०-१७-३ ) : प्रतियोगिता अन्तर्गत पहिलो खेलमा ३ विकेट लिंदै सन्दिपले शहिद अफ्रिदी कप्तानीको टिम पख्तुन्सलाई ८ विकेटले पराजित अहम योगदान दिएका थिए। उक्त खेलमा नेपाली लेग स्पिनरले आन्द्रे फ्लेचर, कोलिन इन्ग्राम, मोहम्मद कलिमको विकेट लिएका थिए। २ ओभर बलिङ्ग गर्ने क्रममा उनले मात्र १७ रन खर्चेर ३ विकेट लिंदै निकै तारिफ पाएका थिए।

पहिलो ओभर – विकेट ( फ्लेचर ) , १ रन, २ रन, छक्का, १ रन , विकेट ( इन्ग्राम )
दोश्रो ओभर – चौका, डट बल, १ रन, विकेट ( कलिम ) , १ रन, १ रन

Sandeep Lamichhane

बिरुद्ध सिन्धिज ( २-०-१४-१ ) : दोश्रो खेलमा सन्दिपको टिम पराजित भए पनि आफ्नो पहिलो खेलको लयलाई दोहोर्याएका उनले न्युजिल्याण्ड राष्ट्रीय क्रिकेटर समेत रहेका एन्टन डेभसिचको विकेट लिएका थिए । आक्रमक ब्याटिंग गरेर ४९ रन बनाएका डेभसिचलाई उनले क्याच आउट गराएका थिए।

पहिलो ओभर – १ रन , १ रन, छक्का , १ रन , डट बल, १ रन
दोश्रो ओभर – १ रन, १ रन , विकेट ! , डट बल, १ रन, १ रन

Sandeep Lamichhane
Sandeep Lamichhane

बिरुद्ध राज्पुत्स ( २-०-२३-२ ) :  लगातार राम्रो प्रदर्शन गरिरहेका सन्दिपले आफ्नो तेस्रो खेलमा समेत २ विकेट हात पारे। बर्षाका कारण    पछि गएर रद्ध भएको खेलमा सन्दिपले आफ्नो २ ओभरमा उत्कृस्ट लयमा रहेका मोहम्मद सेहजाद र कार्लोस ब्रेथवेटको विकेट हात पारेका थिए।

पहिलो ओभर – १ रन, डट बल, डट बल, १ रन, विकेट ! , चौका                                                                                                               दोस्रो ओभर – छक्का, छक्का, १ रन, विकेट, डट बल, चौका

पहिलो खेलमा सन्दिपले सानदार प्रदर्शन गर्दै प्लेयर अफ द म्याच घोषित भए पछि पुर्व पाकिस्तानी क्रिकेटर तथा चर्चित कमेन्टेटर रमिज राजासंग कुराकानी गर्ने क्रममा राजाले सोधेको प्रश्नमा सन्दिपले राम्रो स्थानमा बलिङ्ग गरेको र सकभर ब्याट्सम्यान भन्दा टाढा बल फालेको बताए र थोरै ओभरको क्रिकेटमा थरिथरिको बल फाल्ने गरेको बताएका थिए।

Sandeep Lamichhane
Sandeep Lamichhane ( Photo – Thenational.ae )

धेरै विकेट लिने सुचीमा सन्दिप शिर्ष स्थानमा

३ खेलमा ६ विकेट लिंदै सन्दिप प्रतियोगिताकै धेरै विकेट लिने सुचीमा प्रविन ताम्बे संगै शिर्ष स्थानमा उक्लिएका छन्। सन्दिपले जारि खेलमा राजपुत्ससंग २ विकेट, पहिलो खेलमा पख्तुन्ससंग ३ विकेट तथा दोश्रो खेलमा सिन्धिज बिरुद्ध १ विकेट लिएका थिए। संगै रहेका सिन्धिजका ताम्बेले भने केरला किंग्स बिरुद्धकै एकै खेलमा ५ विकेट लिएका थिए।

सन्दिपको टिममा ओवेन मोर्गन, क्रिस गेल, काइरन पोलार्ड, जुनैद खान, टम कुरान, सोहेल तन्बिर, उपुल थारंगा, दासुन शनाका, इमरान नाजिर, वायन पार्नेल, पल स्टरलिङ्ग, मोहम्मद नाभेद जस्ता खेलाडीहरु रहेका छन्। किंग्सको प्रशिक्षण प्रसिद्ध न्युजिल्यान्ड पुर्व क्रिकेटर ड्यानियल भिटोरीले गरिरहेका छन्।राजाले १८ बर्षमै ‘हट प्रोपर्टी’ भनेर तारिफ गर्दा सन्दिपले भगवान र सुभ चिन्तकहरुले गर्दा यो स्थानसम्म पुगेको बताएका थिए। अन्तर्वार्ता पछि जाँदाजाँदै राजाले सन्दिपको पुनः तारिफ गर्दै खेल जस्तै उनको कपाल समेत राम्रो भनेका थिए।

टि-१० लिगका लागि गत महिना सम्पन्न अक्सनमा नेपाली स्पिनरलाई प्रतियोगिताको डिफेन्डिंग च्यापियन केरलाले ३० हजार अमेरिकी डलरमा ड्राफ्टमार्फत टिममा भित्र्याएको थियो।

टि-१० स्पोर्ट्स म्यानेजमेन्टको आयोजनामा हुने १० ओभरको क्रिकेट प्रतियोगिता सन् २०१७ बाट सुरु भएको हो। प्रतियोगितामा नाइट्ससंगै मराठा अरबियन्स, पख्तुन, पन्जाबी लेजेंड्स, कराँचीयन्स, बेंगल टाइगर्स, नर्दन वारियर्स र राजपुत्स गरी ८ टोलिको सहभागिता रहेको छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy