सन्दिपले रैनालाई गरे आउट, चेन्नाईमाथि दिल्लीको जित

  • विकेटनेपाल, जेठ ५ – शनिबार

इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेट अन्तर्गत भएको दिल्ली डेयर डेभिल्स र चेन्नाई सुपरकिंग्सबिचको खेलमा दिल्लीले चेन्नाईलाई ३४ रनले पराजित गरेको छ ।

दिल्लीले दिएको १६३ रनको लक्ष्य पछ्याएको चेन्नाईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२८ रनमात्र बनायो । उसलाई थोरै रनमा रोक्न दिल्लीका लागि अमित मिश्र र सन्दिप लामिछानेले ८ ओभरमा ४१ रन खर्चेर ३ विकेट हात पारेका थिए । मिश्रले ४ ओभरमा २० रन खर्चेर २ तथा लामिछानेले २१ रन खर्चेर सुरेश रैनाको विकेट लिएका थिए । ट्रेन्ट बोल्टले पनि २० रनमा २ विकेट लिए ।

चेन्नाईका लागि अम्बाती रायडुले ५० रन बनाउन २९ बलमा ४ चौका र समान छक्का प्रहार गरेपनि अन्य खेलाडीको साथ नपाउँदा पराजित हुन पुग्यो ।

यसअघि टस हारेर घरेलु मैदानमा ब्याटिंगको निम्तो पाएको दिल्ली डेयरडेभिल्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६२ रन जोडेको थियो । उसको इनिंगमा अन्त्य तर्फ हर्षल पटेलले ३६ (१६ बल, १ चौका ४ छक्का ) तथा विजय शंकरले समान ३६ रन (२८ बल, २ चौका , २ छक्का) प्रहार गर्दै दिल्लीलाई सम्मानजनक स्कोर तर्फ पुर्याएका थिए ।

ओपनर द्वय पृथ्वी सः र श्रेयस अय्यर क्रमश व्यक्तिगत १७ र १९ रन बनाएर पभेलियन फर्किएका थिए । दिल्लीको इनिंगलाइ अगाडी बढाउने क्रममा रिसभ पन्तले सर्वाधिक ३८ रन जोडेका थिए । उनले ३८ रन जोड्ने क्रममा २६ बलमा ३ चौका र २ छक्का प्रहार गरेका थिए ।

चेन्नाईको बलिंगमा लुंगी एंगीडीले सर्वाधिक २ विकेट चट्काएका थिए । यस्तै दिपक चाहर, रभिंद्र जडेजा र शार्दुल ठाकुरले समान १-१ विकेट लिएका थिए ।





थप समाचार

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]

एम. एम. कप बैशाख १३ गते देखि हुने

मनमोहन मेमोरियल कप (एम.एम. कप) फाउण्डेशनले आयोजना गर्ने तेस्रो संस्करणको राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता ‘एम.एम. कप सिजन ३’ को […]

लिग-२ का लागि क्यानले घोषणा गर्यो ‘कोर क्याम्प’

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को […]