अम्पायरसंग विवाद गर्दा सन्दिपलाई कारवाही

  • विकेटनेपाल, कार्तिक १७ 

पोखरामा जारि पोखरा प्रिमियर लिग ( पिपिएल टि-२० ) क्रिकेट प्रतियोगिता अन्तर्गत बिराटनगर टाईटन्सका कप्तान सन्दिप लामिछानेलाई अम्पायरले कारवाही सहित डि-मेरिट अंक दिएका छन्।

शनिबार लिग अन्तर्गतको अन्तिम खेलमा चितवन राइनोजसंगको खेलमा अम्पायरले दिएको निर्णयको अनादर गर्दा सन्दिपलाई म्याच रेफ्री सत्यजित सरकारले उक्त कारवाही गरेका हुन्।

खेलको दोश्रो इनिंगको चौथो ओभरको अन्तिम बलमा किशोर महतोको बललाई नोबल घोषणा गरेपछि सन्दिपले त्यसको बिरोधमा अन्फिल्ड अम्पायर संजय सिग्देलसंग विवाद गरेका थिए।

अम्पायरसंग विवाद पछि सन्दिपको विपक्षमा मैदानमा उपस्थित दर्शकहरुले सन्दिप घमण्डी भन्दै नाराबाजी गरेका थिए। केहि बेर नाराको प्रतिबाद नगरेका सन्दिपले केहि बेर पछि दर्शकहरुले त्यसो भन्दै गर्दा दर्शक पट्टि फर्केर हात उचाल्दै उकासेका थिए र तालि समेत बजाएका थिए।

सन्दिपसंगै सोहि खेलमा सन्दिप जस्तै आरोपमा किशोर महतो, सन्नी पटेललाई पनि अम्पायरको निर्णयको अनादर गरेको र निर्णयबारे अनावस्यक विवाद गरेको आरोपमा म्याच रेफ्रीले स्पस्टिकरण लिएका छन् र चेतावनी समेत पाएका छन्।

यस्तै आजकै पहिलो खेलमा काठमाडौँ रोयल्सको खेलाडी अमर सिंह रौटेलालाई पनि अम्पायरको निर्णयको अनादर गरेको आरोपमा म्याच रेफ्रीले डी-मेरिट अंक दिएका छन्।

आरोप लागेका सम्पूर्ण खेलाडीहरुले म्याच रेफ्रीसंग आफ्नो गल्ति स्वीकार गरिसकेको कारण अन्य कारवाही गरिएको छैन।

के-हो डी-मेरिट अंक ? 

अन्तर्राष्ट्रिय क्रिकेटमा सन् २०१६ बाट प्रयोगमा आएको डी-मेरिट अंक खेलाडीको अनुसासन कायम गर्न प्रयोग गरिने मापदण्ड हो। अन्तर्राष्ट्रिय क्रिकेटमा २४ महिनाको समयमा कुनै खेलाडीले ४ डी-मेरिट अंक बटुलेमा १ टेस्ट वा २ सिमित ओभर क्रिकेट खेलबाट निलम्बन गर्ने नियम  छ।

खेल पछि विकेटनेपालसंगको कुराकानीका क्रममा म्याच रेफी सत्यजित सरकारले बताए अनुसार  नेपाली घरेलु क्रिकेटमा भने डी-मेरिट अंक १२ महिनासम्मको समयका लागि रहने छ। पिपिएल क्रिकेटका क्रममा सन्दिप लामिछानेले पाएको डी-मेरिट अंक नेपालमा आयोजना हुने सबै घरेलु क्रिकेट प्रतियोगिताका लागि १२ महिनासम्म रहने जानकारी समेत सरकारले विकेटनेपाललाई दिए।

 





थप समाचार

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]

दीपेन्द्रको विश्व कृतिमानपछि बुवाले भने-‘आफूसँगै देशको नाम राख्यो, खुशीको सीमा छैन’

महेन्द्रनगर (कञ्चनपुर) । १९ औँ एसियाली खेलकुद अन्तर्गत टी-२० क्रिकेटमा मङ्गोलियालाई पराजित गरेको खेलमा नेपालले आधा दर्जन बढी कीर्तिमान राख्यो। […]

मंगोलिया विरुद्ध ६ विश्वकीर्तिमान बनाउदै नेपाल विजयी

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलियालाई २७३ रनको कीर्तिमानी विशाल अन्तरले पराजित गरेको […]

मंगोलिया विरुद्ध नेपालको तिन ठूलो विश्वकीर्तिमान

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलिया विरुद्ध रेकर्ड वर्षा गरेको छ। स्कोरकार्ड  अन्तर्राष्ट्रिय […]