नेपाललाई बिश्वकप जिताउन चाहन्छन् सन्दिप ( भिडियो सहित )

Sandeep Lamichhane

माइकल क्लार्क संग आज फेसबुकमा फ्यानहरु संग प्रत्यक्ष अन्तर्क्रिया गर्ने क्रममा सन्दिप लामिछानेले आफुलाई नेपालको लागि बिश्वकप खेल्ने इच्छा भएको र कुनै पनि हालतमा बिश्वकप जित्न मन भएको बताएका छन् l

अस्ट्रेलियन पुर्ब कप्तान क्लार्कको फेसबुक पेजमा प्रत्यक्ष फ्यान संग अन्तर्क्रिया गर्ने क्रममा क्लार्कर सन्दिपले फ्यानहरुले सोधेको बिभिन्न प्रश्नको जवाफ दिएका थिए l अन्तर्क्रियाको क्रममा क्लार्कले आफुलाई नेपाल आउन मन भएको र सन्दिपको परिवार, समाजलाई भेट्न मन भएको बताएका छन् l क्लार्कले फुर्सद मिलेसम्म अर्को बर्ष नेपाल आउन सक्दो प्रयास गर्ने बताए l

कुराकानीको क्रममा सन्दिपले आज साँझ बिश्व प्रसिद्ध अस्ट्रेलियन क्रिकेटर शेन वार्न संग भेट्ने कुरा समेत बताएका छन् l सन्दिप डिसेम्बर ८ देखि श्रीलंकामा सुरु हुने एसियाको प्रतियोगिताको तयारीको लागि यसै साता नेपाल आउने बताईएको छ l

पढ्नुस फ्यानहरुको क्लार्क र सन्दिप संग अन्तर्क्रियाको नेपाली अनुबाद 

– सन्दिप लामिछाने संग सम्बन्धित प्रश्नको जवाफहरु समाबेस गरेका छौ 

  • क्लार्क : सन्दिपको भबिष्य उज्ज्वल छ l उनि प्रतिभावान क्रिकेटर हुन् र अझ महत्वपूर्ण कुरा सन्दिप राम्रो मान्छे पनि हो l  सन्दिप क्षमतावान् छन् तर उनले अझै धेरै कुरा सिक्नु छ किनकि उनि अझै जवान छन् l लेग स्पिन बलिंग गर्नु निकै गार्हो कला हो र सन्दिपले बिभिन्न परिस्थितिमा बलिंग गर्न, कुन गतिमा बलिंग गर्ने, कस्तो लाइन-लेन्थमा बलिंग गर्ने लगायत बिभिन्न कुरा सिक्नु पर्छ l यसमा कुनै संका छैन कि सन्दिप निकै आशालाग्दो प्रतिभा हुन्, आशा गरौ एकदिन निकै माथिल्लो स्तरमा क्रिकेट खेल्नेछन् l
  • सन्दिप : अस्ट्रेलियामा बिभिन्न फर्म्याटको खेल खेल्ने मौका पाए र मैले राम्रो पनि गरे l अस्ट्रेलिया सुन्दर देश हो र धन्यवाद माइकल क्लार्क मलाई यहाँ निम्त्याउनु भएकोमा l
  • सन्दिप : मैले वहाँ ( क्लार्क ) लाई सर्बप्रथम हंगकंगमा भेटेको थिए l वहाँ निकै नम्र, दयालु र सानो बन्ने ब्यक्तित्व छ वहाँको l वहाँ निकै राम्रो गुरु हुनुहुन्छ l
  • सन्दिप : मैले यहाँ १०-११ खेल खेले र अब यो सिजनमा अरु खेल्दिन l आशा गर्छु पुनः अर्को बर्ष आएर खेल्न पाउनेछु l
  • सन्दिप : बिग ब्यासमा छुट्टै माहोल हुन्छ र क्रिकेटको महान खेलाडीहरुको वरीपरी खेल्न पाउदा धेरै कुरा सिक्न पनि पाइन्छ त्यसैले अवस्य मलाई बिग ब्यास खेल्न मन छ lयो पनि पढ्नुस : के छ सन्दिप लामिछानेको हालखबर ?
  •  क्लार्क : नेपाली क्रिकेटलाई सहयोग गर्न मलाई मन छ l क्रिकेटको विकास बिश्वभर भएको हेर्न मलाई मन छ l क्रिकेटको जुनै पनि रास्ट्रलाई सहयोग गर्ने मौका पाए म खुसिले सहभागी हुनेछु l सन्दिप अस्ट्रेलियामा आएर खेलेको जस्तै कुनै अस्ट्रेलियन खेलाडी नेपाल गएर त्यहाँको माहोल खेल्नु पर्छ र त्यहाँको परिस्थितिमा सिक्नु पर्छ भन्ने लाग्छ l
  • सन्दिप : क्लार्कमा अझै पनि अस्ट्रेलियन क्रिकेट टिमको कप्तानी गर्ने र खेल जिताउने क्षमता छ l वहाँमा क्रिकेटको राम्रो समझ र अनुभब छ र मलाई मन पर्छ जसरि वहाँले कप्तानी गर्नुहुन्छ l
  • क्लार्क :  सन्दिपले अस्ट्रेलियामा राम्रो प्रदर्शन गरेका छन् र वेस्टर्न सबर्बस् क्लब सन्दिपको प्रदर्शन बाट खुसि छ र पुनः देख्न चाहन्छ l सन्दिपको फुर्सद भए जुनै पनि बेला पुनः सन्दिपलाई अस्ट्रेलिया बोलाउनेछौ l
  • सन्दिप : नेपाली क्रिकेटको भबिस्य निकै उज्ज्वल छ र नेपालमा धेरै प्रतिभाहरु छन् l हामी यसरीनै अघि बढ्ने हो भने चाडैनै एकदिवसीय र टेस्ट रास्ट्र हुनेछौ l मलाई नेपालको लागि बिश्वकप खेल्न मन छ र त्यो बिश्वकप जसरि पनि जित्न मन छ l
  • सन्दिप :   अस्ट्रेलिया आएपछि मैले धेरै कुरा सिके l कसरि यस्तो परिस्थितिमा बलिंग गर्ने, फ्ल्याट विकेटमा कसरि बलिंग गर्ने भन्ने सिके l सुरुवातमा यस्तो परिस्थितिमा कसरि बलिंग गर्ने भनेर डर लागएको थियो किनकि मलाई अनुभब थिएन l अस्ट्रेलियामा बल टर्न गर्न ( घुमाउन ) गार्हो छ र मैले धेरै कुरा सिके यस्तो माहोलमा बलिंग गर्न l
  • सन्दिप : यु-१९ एसिया कप जित्ने राम्रो मौका छ  हामी संग तर सबैभन्दा पहिले हामी प्रतियोगिताको सेमीफाइनलमा पुग्नुपर्छ र त्यसपछि फाइनल बारे सोच्नु पर्छ l
  • सन्दिप : अवस्य मलाई आईपीएल खेल्न मन छ, यदी कुनै पनि आईपीएल टिमले मलाई खेल्न बोलाउछ भने म खेल्न तयार छु l

भिडियो 





थप समाचार

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]

एसिसि प्रिमियर कप अन्तर्गत आज नेपाल र मलेसिया खेल्दै

आजबाट एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरु हुँदै छ। टियु मैदान कीर्तिपुरमा आयोजना हुने खेलमा नेपाल र मलेसियाबीच खेल हुदैछ […]

मुकेशको पाँच विकेटमा कंगारुको जित

काठमाडौं, वैशाख ५– मुकेश थारुले एक्लैले पाँच विकेट लिएपछि कंगारु क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग […]