सन्दिपलाई क्लार्कको सरप्राईज स्वागत

Sandeep Lamichhane , Micheal Clarke

अस्ट्रेलियन क्लबमा खेल्ने र क्रिकेट सिक्ने मौका पाएका नेपाली शेन वार्न सन्दिप लामिछानेलाई स्वागत गर्न अस्ट्रेलियन पुर्ब कप्तान माईकल क्लार्क आफै सिड्नी इन्टरनेसनल एअरपोर्ट पुगेका छन् ।

लामिछानेलाई सानो भाईको रुपमा सम्मान दिएका क्लार्क स्वागत गर्न मात्र पुगेनन् उनलाई स्वागत गर्न जानु अघि ट्वीट गर्दै “मेरो सानो साथीलाई स्वागत गर्न एअरपोर्ट जाँदै छु”  लेखेका थिए ।

एअरपोर्ट पुगे पछि क्लार्कले सन्दिपलाई अंगालो मार्दै फोटो खिचाएका थिए भने त्यो सबै गतिबिधि उनले आफ्नो फेसबुक पेज मार्फत भिडियोमा सार्बजनिक गरेका थिए । नेपाली लेग स्पिनर अस्ट्रेलिया जानु अघि पनि क्लार्कले ट्वीट गर्दै आफु सन्दिपलाई भेट्न निकै उत्साहित रहेको बताएका थिए ।

सन्दिप अस्ट्रेलियामा पुरा क्रिकेट सिजन बिताउने क्रममा क्लार्कको क्रिकेट एकेडेमीमा क्रिकेट सिक्नेछन् भने लोकल क्लब वेस्टर्न सुबुर्ब्सको प्रतिनीधित्व गरि खेल्नेछन् ।

सन्दिप लामिछाने सम्बन्धित 





थप समाचार

एसियन गेम्स क्वार्टरफाइनलमा नेपाल र भारत खेल्ने

चिनको हांगझाउमा जारि एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत क्वार्टरफाइनलमा नेपालले भारतसंग प्रतिस्पर्धा गर्ने भएको छ। सोमबार बिहान गोलाप्रथाबाट नेपालको प्रतिस्पर्धी […]

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]

दीपेन्द्रको विश्व कृतिमानपछि बुवाले भने-‘आफूसँगै देशको नाम राख्यो, खुशीको सीमा छैन’

महेन्द्रनगर (कञ्चनपुर) । १९ औँ एसियाली खेलकुद अन्तर्गत टी-२० क्रिकेटमा मङ्गोलियालाई पराजित गरेको खेलमा नेपालले आधा दर्जन बढी कीर्तिमान राख्यो। […]

मंगोलिया विरुद्ध ६ विश्वकीर्तिमान बनाउदै नेपाल विजयी

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलियालाई २७३ रनको कीर्तिमानी विशाल अन्तरले पराजित गरेको […]