मोन्टरियल टाइगर्सको दोश्रो जितमा सन्दिपको ३ विकेट

Sandeep Lamichhane
  • विकेटनेपाल, असार २७ – बुधबार

क्यानडामा जारि ग्लोबल टि२० लिगमा सन्दिप लामिछानेले ३ विकेट तथा सुनिल नारिनले आक्रामक अर्धशतक बनाएपछि मोन्टरियल टाइगर्सले पहिलो चरणको समूह बिजेता वेस्ट इन्डिज ‘बि’लाई १५ बल अगावै ६ विकेटले पराजित गरेको छ।

टस हारेर पहिले ब्याटिंग गरेको वेस्ट इन्डिज ‘बि’ले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६२ रनको योगफल तयार पारेको थियो। उसका लागि शमार स्प्रिंगरले सर्बाधिक ६२ रन बनाउन ४० बलमा ७ चौका र ३ छक्का प्रहार गरे। त्यस्तै निकोलस पुरनले २५ रन ( २६ बल, १ चौका, २ छक्का) तथा ब्रेण्डन किंगले २३ रन (१० बल, ५ चौका) बनाएका थिए।

मोन्टरियल टाइगर्सका लागि खेलमा सर्बाधिक सफल बनेका सन्दिप लामिछानेले ३ विकेट लिनेक्रममा वेस्ट इन्डिज ‘बि’का तर्फ सर्बाधिक रन बनाउने ३ जना स्प्रिंगर, पुरन तथा किंगलाई आउट गरे। १३ डट बल गरेका लामिछानेले ४ ओभरअ ३१ रन खर्चिंदा सेसिल पर्वेजले २ विकेट लिन ३६ रन खर्चेका थिए।

जवाफमा लक्ष्य पछ्याएको मोन्टरियल टाइगर्सका लागि आफ्नो घरेलु टिमबिरुद्द सुनिल नारिनले ६१ रन बनाउनेक्रममा २५ बलमा १ चौका र ९ छक्का प्रहार गरे। त्यस्तै मोइसेस हेनारिक्वेसले ३२ रन (३० बल, २ चौका) प्रहार गर्दा सिकन्दर राजाले अविजित ३२ रन (२९ बल, २ चौका, ३ छक्का) तथा नाजिबुल्लाह ज़द्रानले अविजित २९ रन (१२ बल, ४ छक्का) बनाउँदै पाचौं विकेटका लागि अविजित ४४ रनको साझेदारी गर्न मात्र १८ बल खर्चे।

अब मोन्टरियल टाइगर्सलाई सेमिफाइनलमा प्रवेश गर्नको लागि आज राति हुने एडमोन्टोन रोयल्स र विन्नीपेग हवक्सबिचको खेलमा हवक्स भारि अन्तरले पराजित हुनुपर्नेछ। मोन्टरियल टाइगर्सको ६ खेलपछी नेट रन  रेट -०.३२२ रहेको छ भने विन्नीपेग हवक्सको ५ खेलबाट समान पोइन्ट्स सहित +०.४४४ रहेको छ त्यसैले सन्दिपको टिम अर्को चरणमा प्रवेश गर्ने गणितीय सम्भावना मात्र बाँकी देखिन्छ।

खेलतालिका यस्तो रहेको छ:





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]