BBL : राम्रो बलिंग गरेका सन्दिप विकेटविहिन, होबार्ट पराजित

अस्ट्रेलियामा जारि बिग ब्यास लिग अन्तर्गत होबार्ट हरिकेन्सको प्रतिनिधित्व गर्दै एघारौं खेल खेल्ने क्रममा नेपाली लेग स्पिनर सन्दिप लामिछाने विकेटविहिन भएका छन्।

मेलबर्न क्रिकेट मैदानमा सम्पन्न खेलमा होबार्टलाई सिड्नी थन्डर्सले ९ विकेटले सहजै पराजित गर्यो। होबार्टले दिएको १४० रनको लक्ष्य सिड्नीले १७.२ ओभरमा १ विकेट क्षेतीमा भेटायो। सिड्नीको लागि एलेक्स हेल्सले अविजित ८० तथा जेसन सांघाले ३५ रन बनाए। होबार्टको लागि ड्यारसी सर्ट बाहेक अन्य बलर विकेटविहिन रहे। यस अघि पहिले ब्याटिंग गरेको होबार्टले २० ओभरमा ६ विकेट क्षेतीमा १३९ रन बनाएको थियो। उसको लागि बेन म्याकडरमोटले ३८ तथा ड्यार्सी सर्टले २९ रन बनाए। सिड्नी बलर गुरिन्दर सन्धु र म्याकएन्ड्रयुले समान दुई विकेट लिए।

खेलमा विकेटविहिन रहेका नेपाली लेग स्पिनर सन्दिप लामिछानेले राम्रो बलिंग गरेता पनि विकेटविहिन रहे। उनले ३.२ ओभरमा २१ रन खर्चिए। उनले पहिलो ओभरमा ३ रन, दोश्रो ओभरमा ९ रन तथा तेश्रो ओभरमा ५ रन खर्चिए। चौथो ओभरमा उनले २ बल गर्दा ४ रन खर्चे।

सन्दिपको पहिलो ओभर : छैठौं ओभरमा स्पेल सुरुवात गरेका सन्दिपले निकै कसिलो बलिंग गरे। ओभरमा उनले मात्र ३ रन खर्चिए भने १ रन लेग बाई मार्फत आयो। जेसन संघा र एलेक्स हेल्सलाई सन्दिपले खुलेर खेल्न दिएनन्। ओभर समरी ( १ लेगबाई१ ० ० १ १ )

सन्दिपको दोश्रो ओभर : आठौँ ओभरमा दोश्रो ओभर गरेका सन्दिपले ९ रन खर्चिए। ओभरको चौंथो बलमा सन्दिपको गुग्लीमा भित्रि किनारा लाग्दा चौका प्राप्त गरे। ओभरमा सन्दिपले दुई बल डट गरे। ओभर समरी ( ० २ १ ४ ० २ )

सन्दिपको तेश्रो ओभर : दशौँ ओभरमा तेश्रो ओभर गरेका सन्दिपले पुनः कसिलो बलिंग गरे। एलेक्स हेल्स र जेसन सांघालाई उनले खुलेर खेल्न दिएनन्। ओभरमा उनले ५ रन खर्चिए र कुनै बाउन्ड्री दिएनन्। ओभर समरी ( ० १ १ ० २ )

सन्दिपको चौंथो ओभर : 
अठारौं ओभरमा बलिंग गरेका सन्दिपले २ बल मात्र गरे। दोश्रो बलमा चौका प्रहार गर्दै जेसन सांघाले सिड्नीलाई जित दिलाए। ओभर समरी ( ० ४ )

प्रतियोगितामा सन्दिपले ११ खेल खेल्दा १० विकेट लिएका छन्। उनले अघिल्लो खेलमा ब्रिसबेन बिरुद्ध २ विकेट लिएका थिए। त्यस अघि उनले एडीलेड स्ट्राइकर्स बिरुद्ध २ विकेट तथा मेलबर्न रेनेगेड्स बिरुद्ध ३ विकेट लिएका थिए भने सिड्नी सिक्सर्स, पर्थ स्करचर्स र ब्रिसबेन हिट्स बिरुद्ध एक/एक विकेट लिएका थिए।





थप समाचार

बैंगलुरुको विजयी सुरुआत

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बैंगलुरुले विजयी सुरुआत गरेको छ। शनिबार भएको उद्घाटन खेलमा कोलकोता नाइट […]

कोलकोताले दियो बैंगलुरुलाई १७५ रनको लक्ष्य

काठमाडौँँ । १८औं संस्करणकाे इन्डियन प्रिमियर लिग (आईपीएल) काे उद्घाटन खेलमा कोलकोता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैंगलुरुलाई १७५ रनकाे लक्षय […]

पीएम कप ; कोशीविरुद्ध बागमती १३१ रनले विजयी

काठमाडौँ । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले फराकिलो जित हासिल गरेको छ। शनिबार […]

आईपीएल आजदेखि, उद्घाटन खेलमा कोलकोता र बैंगलुरु भिड्दै

काठमाडौँ । १८औं संस्करणकाे इन्डियन प्रिमियर लिग (आईपीएल) आजदेखि सुरु हुँदै छ। उद्घाटन खेल कोलकोतास्थित इडन गार्डेन क्रिकेट स्टेडियममा हुँदै […]

आर्मीको छैटौँ जित

काठमाडौं । विभागिय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा छैटौं जित दर्ता गरेको छ। देउखुरी […]

नेपालले दिल्लीसँग अभ्यास खेल खेल्ने

काठमाडौं। आइसिसी यु–१९ विश्वकप छनोटको तयारीमा रहेको नेपालले भारतको प्रान्तीय टिम दिल्लीसँग अभ्यास खेल खेल्ने भएको छ। यु–१९ विश्वकप एसिया […]