सन्दीप लामिछानेविरुद्धको मुद्धा न्यायाधीश फुयाँलको इजलासमा

क्रिकेटर सन्दीप लामिछानेलाई थुनामै राखेर मुद्धाको पुर्पक्ष हुनुपर्ने भन्दै सर्वोच्च अदालतमा महान्यायाधिवक्ता कार्यालयले गरेको पुनरावेदनको पेशी शुक्रबार न्यायाधीश हरि फुयाँलको एकल इजलासमा परेको छ।

फुयाँलको एकल इजलासका लागि तोकिएको पेशी सूचीमा दोस्रो नम्बरमै सन्दीपविरुद्धको पुनरावेदन छ। बहस भएको अवस्थामा सम्भवत कैफियत प्रतिवेदन झिकाउने आदेश सक्ने छ।

नाबालिग बलात्कारको अभियोग लागेका लामिछानेलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालत, पाटनको आदेश बदर गर्न माग गर्दै महान्याधिवक्ताको कार्यालयले सर्वोच्चमा पुनरावेदन गरिएको थियो ।

धरौटीमा छुटेपछि क्यानले सन्दीपको निलम्बन फुकुवा गरिसकेको छ । उनलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा समेत बोलाइएको छ ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy