सन्दिपको नयाँ किर्तिमान, सिपिएल इतिहासकै सातौँ किफायती बलर

वेस्टइन्डिजको ट्रिनिडाड एण्ड टोबागोमा जारि करेबियन प्रिमियर लिग (सिपिएल ) टि-२० अन्तर्गत नेपाली स्पिनर सन्दिप लामिछानेले गायना अमेजन वारियर्स बिरुद्ध सनसनीपूर्ण बलिंग प्रदर्शन गर्दै नयाँ किर्तिमान बनाएका छन्।

आइतबार बिहान सम्पन्न खेलमा टस हारेर ब्याटिंग गर्ने क्रममा गायना अमेजन वारियर्सलाई जमैकाले १९.१ ओभरमा ११८ रनमा सिमित गरेको थियो त्यस क्रममा सन्दिपले ४ ओभरमा मात्र ८ रन खर्चेर २ विकेट लिएका थिए।

खेलमा पराजित भएता पनि सन्दिपले नयाँ किर्तिमान कायम गरेका छन्। ११९ रनको लक्ष्य पछ्याउने क्रममा जमैकाले २० ओभरमा ७ विकेट गुमाएर १०४ रन मात्र बनाउन सक्यो। पढ्नुस – सन्दिप, रसेल, मुजिब चम्किएता पनि जमैका पराजित

सन्दिपको नयाँ किर्तिमान 

सन्दिपले हालसम्म खेलेका विदेशी टि-२० लिगहरु मध्ये ४ ओभर बलिंग गर्दा वा खेलमा पुरा ओभर बलिंग गर्दा गरेको यो सबैभन्दा किफायती बलिंग हो।

यस अघि खेलमा पुरा ओभर बलिंग गर्दा सन्दिपले सबैभन्दा कम १० रन खर्चिएका थिए। पाकिस्तान सुपर लिगमा गत वर्ष ( २०१९ फेब्रुअरी ) लाहोर कलन्दर्सको प्रतिनिधित्व गर्ने क्रममा सन्दिपले क्वेटा ग्ल्याडीएटर्स बिरुद्ध ४ ओभरमा मात्र १० रन खर्चेर ४ विकेट लिएका थिए। उक्त स्पेल विदेशी टि-२० लिगमा उनको उत्कृस्ट स्पेल हो। २०१८ को करेबियन प्रिमियर लिगमा गायना बिरुद्ध सन्दिपले ४ ओभरमा मात्र १२ रन खर्चेर २ विकेट लिएका थिए। यस्तै २०१९ को बिग ब्यास लिगमा मेलबर्न स्टार्सबाट खेल्ने क्रममा सिड्नी थन्डर्स बिरुद्ध ३.४ ओभर बलिंग गर्दा सन्दिपले मात्र ११ रन खर्चेर ३ विकेट लिएका थिए। अन्तिम ब्याट्सम्यानको विकेट लिएपछि सन्दिपको स्पेल सकिएको थियो।

नेपाली राष्ट्रिय टिमको लागि टि-२० अन्तर्राष्ट्रियमा सन्दिपको सबैभन्दा किफायती बलिंग स्पेल थाइल्याण्ड बिरुद्धको ४-२-९-१ हो। यसै वर्ष मार्चमा थाइल्याण्डमा सम्पन्न एसीसी इस्टर्न टि-२० प्रतियोगिता अन्तर्गत सन्दिपले थाइल्याण्ड बिरुद्ध ४ ओभरमा ९ रन मात्र खर्चेर १ विकेट लिएका थिए जुन क्रममा २ मेडन ओभर गरेका थिए।

नेपालको टि-२० अन्तर्राष्ट्रियमा सबैभन्दा किफायती स्पेलको कुरा गर्दा सन्दिपको थाइल्याण्ड बिरुद्धको उक्त स्पेल चौथो किफायती हो। सबैभन्दा किफायती स्पेलको किर्तिमान पवन सर्राफको नाममा रहेको छ जसले गत वर्ष डिसेम्बरमा नेपालमा आयोजित दक्षिण एसियाली खेलकुद ( साग ) मा माल्दिभ्स बिरुद्ध ३ ओभरमा मात्र ३ रन खर्चेका थिए। उनले ३ ओभरमा २ ओभर मेडन गर्दै १ विकेट लिएका थिए।

सिपिएल टि-२० इतिहासकै एकै इनिंगमा सातौँ र जारि सिजनकै सबैभन्दा किफायती स्पेल

करेबियन प्रिमियर लिग टि-२० को आठौँ संस्करणसम्म सन्दिपको स्पेल संयुक्तरुपमा सातौँ किफायती स्पेल हो। यस्तै सिपिएलको जारि आठौँ सिजनको भने यो इनिंगको सबैभन्दा किफायती बलिंग स्पेल हो। कुनै पनि बलरले २ को इकोनोमिले लिगमा बलिंग गर्न सकेका छैनन्। ४ ओभर बलिंग गर्दै यो सिजन अन्य कुनै पनि बलरले १० रन भन्दा कम रन खर्चेका छैनन्।

गायनाका वर्तमान कप्तान क्रिस ग्रिनले पनि २०१८ सिपिएलमा ट्रिनिडाड बिरुद्ध ४ ओभरमा १ मेडन ओभर गर्दै ८ रन खर्चेर २ विकेट लिएका थिए। यस्तै सुनिल नारायणले पनि २०१७ मा ट्रिनिडाडबाट खेल्ने क्रममा सेन्ट किट्स बिरुद्ध ४ ओभरमा १ मेडन ओभर गर्दै ८ रन खर्चेर १ विकेट लिएका थिए।

सिपिएल टि-२० इतिहासको सबैभन्दा किफायती स्पेलको रेकर्ड पाकिस्तानका बलर मोहम्मद इरफानको नाममा रहेको छ। इरफानले २०१८ को सिपिएल टि-२० मा सेन्ट किट्स बिरुद्ध ४ ओभरमा ३ मेडन ओभर गर्दै मात्र १ रन खर्चेर २ विकेट लिएका थिए। उनको इकोनोमी रेट मात्र ०.२५ रहेको थियो। यस्तै शोयब मलिक, सुनिल नारायण र सोहेल तन्बिरले ४ ओभरमा मात्र ३ रन खर्चेका छन्। इरफान, मालिक, नारायण र तन्भिर सिपिएलमा १ भन्दा कमको इकोनोमिमा बलिंग गर्ने ४ बलर हुन्।

सिपिएल टि-२० इतिहासमा २ वा त्यो भन्दा कमको इकोनोमि रेटमा हालसम्म सन्दिप सहित १५ जना बलरले मात्र बलिंग गर्न सकेका छन्।

सन्दिप सिपिएल इतिहासकै सातौँ सबैभन्दा किफायती बलर बनेका छन्।

समग्रमा प्रदर्शनमा पनि सन्दिप सिपिएल टि-२० इतिहासकै सातौँ किफायती बलर 

२०१८ देखि तेश्रो सिजन करेबियन प्रिमियर लिग खेलीरहेका सन्दिप अहिलेसम्मकै समग्र बलिंग प्रदर्शनको आधारमा पनि सिपिएल टि२०को इतिहासकै सातौँ सबैभन्दा किफायती बलर बनेका छन्। गायना बिरुद्ध खेल अघि सिपिएलको ११ औं किफायती बलर रहेका सन्दिप ४ स्थानले उकालो लागेका हुन्।

सन्दिपले सिपिएलमा कुल १४ खेल खेल्ने क्रममा ४८.५ ओभर बलिंग गर्दै २ मेडन ओभरको साथ कुल २९६ रन खर्चका छन्। यस क्रममा उनले १९ विकेट लिन ६.०६ को इकोनोमि रेटले बलिंग गरेका छन्।

सिपिएल इतिहासमा सबैभन्दा किफायती बलिंग गर्ने बलर सुनिल नारायण हुन्। नारायणले २०१३ देखि २०२० सम्म ८ संस्करण खेल्ने क्रममा ७३ खेलमा बलिंग गर्दै २८७.१ ओभरमा ११ मेडन ओभरका साथ १,५७९ रन खर्चिएका छन्। ५.४९ को इकोनोमिले बलिंग गर्दै उनले कुल ७५ विकेट लिएका छन्।

सन्दिपभन्दा थोरै दयानियल भिटोरीले ५.८५, शदाब खानले ५.८८, इमाद वासिमले ५.९३, इमरान ताहिरले ५.९४ तथा मोहम्मद हफिजले ६.०२ को इकोनोमि रेटले सिपिएल इतिहासमा बलिंग गरेका छन्। राशिद खान सन्दिप भन्दा १ स्थान पछि रहेका छन् जसले ६.१३ को इकोनोमिले बलिंग गरेका छन्।

‘यसको श्रेय मुजिबलाई जान्छ’ – सन्दिप 

उत्कृस्ट बलिंग गर्दै ४ ओभरमा ८ रन खर्चेर २ विकेट लिए पछि सन्दिपले प्रत्यक्ष कुराकानीको क्रममा श्रेय साथी स्पिनर अफगानिस्तानका मुजिब उर् रहमान लाई दिएका छन्।

“यसको श्रेय मुजिबलाई जान्छ जसरि उनले बलिंग गरे र सुरुवात दिलाए। हामी दबाबमा थियौं र त्यो अवस्थामा जसरि उनले योगदान दिए र योजना अनुसार बलिंग गरे मलाई भन्दा उनलाई बढी श्रेय जान्छ।”

मुजिबले खेलमा ३ विकेट लिने क्रममा ४ ओभरमा १८ रन खर्चिएका थिए। यस क्रममा उनले उत्कृस्ट सुरुवात गरेको गायनाको माथील्लो क्रमका ब्याट्सम्यानलाई आउट गर्दै टिमलाई खेलमा फर्काएका थिए। सोहि दबाबका कारण आफुले खुलेर बलिंग गरेको सन्दिपले बताए –

“बल घुमीरहेको थियो र म मात्र ब्याट्सम्यान भन्दा पर बल फाल्न प्रयास गरिरहेको थिए जसमा म सफल पनि भए। म अझै विश्वास गर्छु कि मुजिबले त्यो परिस्थितिको सिर्जना गरे जसकारण मैले दबाब मुक्त भएर बलिंग गरे। म फेरी भन्छु उनले जसरि बलिंग गरे त्यो जादुयी थियो।”

सन्दिपले रुथरफोर्ड र क्रिस ग्रिनलाई कसरि बलिंग गरेको पनि बताए –

“उनि ( शरफेन रुथरफोर्ड )  मलाई ठुलो सट खेल्ने प्रयास गरिरहेका थिए त्यसैले मैले उनलाई सर्ट बल गरे जसमा उनि फस्न पुगे। त्यस पछि क्रिस ग्रिन क्रिजमा चलीरहेका थिए जसलाई मैले फ्लिपर बल गरे। रस टेलर बिरुद्ध मेरो योजना थियो कि उनि भन्दा बल परनै राख्ने र उनलाई १ रन मात्र दिएर अर्को ब्याट्सम्यान ल्याउने जसकारण मैले अझ डट बल फाल्न सकु।”

रुथरफोर्डलाई सन्दिपले सर्ट थर्डम्यानमा क्याच आउट गराएका थिए भने ग्रिन खुट्टा पछाडी बाट बोल्ड भएका थिए। सन्दिपलाई रस टेलरले खुलेर ब्याटिंग गर्न सकेका थिएनन्।

यस्तो थियो सन्दिपको ४ ओभर

पहिलो ओभर :- २ रन ( १ , ० , १ , ० , ० , ० )

गायनाले लगातार विकेट गुमाएको अवस्थामा नवौं ओभरमा बलिंग गर्न आएका सन्दिपले पहिलो ओभरमा रस टेलर र शर्फेन रुथरफोर्डलाई दबाबमा राख्ने क्रममा मात्र २ रन खर्चिए। ओभरमा उनले ४ वटा डट बल गरे।

दोश्रो ओभर :– १ रन खर्चेर १ विकेट ( १ , विकेट , ० , ० , ० , ० )

लगत्तै स्पेलमा ११ औं ओभरमा बलिंग गर्न आएका सन्दिपले दोश्रो बलमा शरफेन रुथरफोर्डको विकेट लय। खराब बल भएता पनि रुथरफोर्डले टाढा जाँदै गरेको बललाई जोडले हिर्काउन खोज्दा सर्ट थर्डम्यानमा समातिन पुगेका थिए। ओभरमा सन्दिपले मात्र १ रन खर्चेर १ विकेट लिए। पहिलो बलमा रस टेलरले १ रन लिए पछिको ५ बलमा सन्दिपले रननै खर्चेनन्।

तेश्रो ओभर :- ३ रन ( ० , ० , १ , २ , ० , ० )

लगातार तेश्रो ओभर उत्कृस्ट बलिंग गर्ने क्रममा सन्दिपले मात्र ३ रन खर्चिए। ओभरमा उनले ४ वटा डट बल गरेर रस टेलर र किमो पौललाई खुलेर खेल्न दिएनन्।

चौथो ओभर :- २ रन दिएर १ विकेट ( ० , ० , १ , विकेट , ० , वाइड , ० )

लगातार स्पेलमा बलिंग गर्ने क्रममा १५ औं ओभरमा सन्दिपले झनै उत्कृस्ट बलिंग गरे। ओभरमा मात्र २ रन खर्चेर १ विकेट समेत उनले लिए। गायना कप्तान क्रिस ग्रिनलाई ओभरको चौथो बलमा उनले खुट्टा पछाडीबाट बोल्ड गरे। ओभरमा सन्दिपले एउटा वाइड बल गरे भने रस टेलरले तेश्रो बलमा १ रन लिनु बाहेक सबै बलमा रन दिएनन्।

यो पनि पढ्नुस :-

सन्दिप, रसेल, मुजिब चम्किएता पनि जमैका पराजित, सन्दिपको कीर्तिमानी बलिंग

इंग्ल्यान्डको विशाल योगफल पछि पाकिस्तानको कमजोर सुरुवात

CPL T20 : सेन्ट किट्सको लगातार तेश्रो हार, नाबीको अलराउण्ड प्रदर्शन

इरफानले बनाए विदाई नपाएका ११ खेलाडीहरुको सुची, भारतीय टिमसंग विदाई खेल आयोजना गर्न माग

क्यानद्वारा २३ पुरुष राष्ट्रिय क्रिकेटर सहित ५० जनाको कोरोना बीमा

इंग्ल्यान्ड बिरुद्ध टि-२० सिरिजको लागि पाकिस्तान टिमको घोषणा





थप समाचार

पूर्व कप्तान मल्लको उपस्थितिमा द वन्डल्याण्ड दशैं फेस्टिवल भव्य रूपमा सम्पन्न

ललितपुर बुंगमतिमा स्थित ‘द वन्डरल्याण्ड’ The Wonderland मनोरञ्जन पार्कमा दुई दिने दशैं फेस्टिवल भव्य रुपमा सम्पन्न भएको छ। असोज १८ […]

NPL : शक्ति गौचन लुम्बिनी लायन्सको कन्सल्टेन्ट प्रशिक्षक

राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य शक्ति गौचनलाई नेपाल प्रिमियर लिग (एनपिएल) को सहभागी टोली लुम्बिनी लायन्सले कन्सल्टेन्ट प्रशिक्षक नियुक्त गरेको […]

अस्ट्रेलिया र इंग्ल्यान्ड विजयी सुरुवात

युएईमा जारी महिला टि ट्वान्टी विश्वकपको साबिक विजेता अस्ट्रेलियाले विजयी सुरुवात गरेको छ । अस्ट्रेलियाले शनिवारको पहिलो खेलमा श्रीलंकालाई पराजित […]

दोश्रो अभ्यास खेलमा नेपाल विजयी

क्यानाडामा भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले दोश्रो एकदिवसीय अभ्यास खेलमा क्यानडा हाई परफरमेन्स टिमलाई २० रनले पराजित गरेको छ। पहिलो […]

भारतमाथि न्युजिल्यान्डको फराकिलो जित

युएईमा जारी रहेको महिला टि२० विश्वकपमा न्युजिल्यान्डले भारतलाई फराकिलो अन्तरले पराजित गरेको छ । दुबईमा शुक्रवार भएको दिनको दोस्रो खेलमा […]

ब्याटिङ कोल्याप्स हुदा नेपाल पराजित

ब्याटिङमा फेरी चुक्दा नेपाल क्यानडामा फेरी पनि पराजित भएको छ । नेपाल क्यानडामा भएको ५० ओभरको अभ्यास खेलमा क्यानडा हाईप्रफमेन्ससँग […]