टि-१० लिग पछि इपिएल खेल्न सन्दिप नेपाल फिर्ता

Sandeep Lamichhane
  • विकेटनेपाल, मङ्सिर -१५ 

स्टार लेग स्पिनर सन्दिप लामिछाने युएईमा जारि टि-१० मा सहभागिता जनाएर शनिवार नेपाल फर्किएका छन्। सन्दिप शनिवार बेलुकी ४:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

टि-१० लिगमा सन्दिपको टोलि केरेला नाइट्स प्ले-अफ चरणमा अघि बढ्न विफल रह्यो। नाइट्सले लिगको अन्तिम खेलमा बिहिबार बेङ्गाल टाइगर्सलाई पराजित गरे पनि सन्दिपको प्रदर्शन भने बिर्सनलायक रहेको थियो।

कुल ६ खेलमा ६ विकेट लिएका सन्दिपले सुरुको ३ खेलमा राम्रो गरे पनि त्यसपछिको खेलहरुमा भने प्रभावित पार्ने बलिङ्ग गर्न सकेनन्। लिगको अन्तिम खेलमा शुक्रबार बेङ्गाल टाइगर्सलाई केरलाले पराजित गरे पनि सन्दिपले भने १ ओभर बलिङ्ग गर्दा २० रन खर्चेका थिए। यस्तै त्यस अघिको खेलमा नर्थर्न वरियर्स बिरुद्ध झनै महँगो सावित हुने क्रममा नेपाली गुग्लि ब्वाईले २ ओभरमा ४७ रन खर्चिएका थिए।

नाइट्सले सन्दिपलाई ३० हजार डलरमा टिममा आबद्ध गरेको थियो।

सन्दिप इपिएल खेल्ने 

डिसेम्बर १९ बाट सुरु हुने अष्ट्रेलियन घरेलु टि-२० लिग बिग ब्यास खेल्न मेर्लबर्न स्टारले आबद्ध गरेपछि सन्दिप यहि मङ्सिर २२ बाट सुरुहुने एभरेष्ट प्रिमियर लिगको सुरुवात २ खेल खेलेपछि अस्ट्रेलिया फर्किने तालिका रहेको छ। इपिएलमा सन्दिप ज्ञानेन्द्र मल्ल कप्तानीको ललितपुर प्याट्रीएट्सबाट खेल्नेछन्।
इपिएल अन्तर्गत पहिलो खेलमा ललितपुर प्याट्रीएट्सले पारस खड्का कप्तानीको बिराटनगर वारियर्ससंग डिसेम्बर ८ तारिकमा तथा चितवन टाइगर्ससंग डिसेम्बर ९ तारिकमा खेल्ने तालिका रहेको छ।

बिग ब्यास लिग (बिबिएल) कै बिचमा बंगलादेशमा आयोजना हुने बंगलादेश प्रिमियर लिग (बिपिएल) खेल्न सन्दिप बंगलादेश आउनेछन्। बंगलादेश प्रिमियर लिगमा सन्दिप स्यलहेट सिक्सर्सको लागि खेल्नेछन्। बंगलादेश प्रिमियर लिग पछि सन्दिप पुन: बिग ब्यास लिगका लागि अष्ट्रेलिया फर्किने तालिका रहेको छ।

इपिएलमा सन्दिपको टिम ललितपुर प्याट्रिएट्स टिममा ज्ञानेन्द्र मल्लसंगै ललित राजबंशी, कुशल भुर्तेल, सन्दिप जोरा, राशिद खान, शंकर राना, पवन सर्राफ, सोनु तामांग जस्ता खेलाडीहरु रहेका छन्। प्याट्रिएट्सले बिदेशी खेलाडीको रुपमा सन्नी पटेल, जयकिशन कोल्सावाल र गौरभ तोमरलाई अनुबन्धित गरेको छ

यस्तो रह्यो टि-१० लिगमा सन्दिपको प्रदर्शन 

केरेला नाइट्सको प्रतिनिधित्व गरेका नेपाली स्पिनर सन्दिप लामिछानेका लागि टि-१० लिग त्यति सफल रहन सकेन। पहिलो खेलमा म्यान अफ दि म्याच बन्दै प्रतियोगिताको उत्कृस्ट सुरुवात गरेका सन्दिपको लागि अन्तिम दुई खेल सम्झनलायक रहेन।

आफ्नो दोस्रो अन्तिम खेलमा नर्थर्न वारियर्ससंग २ ओभरमा ४७ रन खर्चदै निकै महँगो सावित भएका सन्दिपले अन्तिम खेलमा समेत उस्तै नतिजा बेहोरेका थिए। अन्तिम खेलमा १ ओभर मात्र बलिंग पाएका सन्दिपले बेङ्गाल टाइगर्स बिरुद्ध २० रन खर्चिए।

प्रतियोगितामा कुल ६ खेल खेलेका सन्दिपले ६ विकेट हात पारेका थिए। त्यसक्रममा उनले ११ ओभर बलिंग गर्दै १३.५४ को महँगो इकोनोमिमा १४९ रन खर्चिए।

पहिलो खेल –  बिरुद्ध पख्तुन्स ( २-०-१७-३ ) : प्रतियोगिता अन्तर्गत पहिलो खेलमा ३ विकेट लिंदै सन्दिपले शहिद अफ्रिदी कप्तानीको टिम पख्तुन्सलाई ८ विकेटले पराजित अहम योगदान दिएका थिए। उक्त खेलमा नेपाली लेग स्पिनरले आन्द्रे फ्लेचर, कोलिन इन्ग्राम, मोहम्मद कलिमको विकेट लिएका थिए। २ ओभर बलिङ्ग गर्ने क्रममा उनले मात्र १७ रन खर्चेर ३ विकेट लिंदै निकै तारिफ पाएका थिए।

Sandeep Lamichhane
Sandeep Lamichhane ( Photo – Thenational )

दोश्रो खेल – बिरुद्ध सिन्धिज ( २-०-१४-१ ) : दोश्रो खेलमा सन्दिपको टिम पराजित भए पनि आफ्नो पहिलो खेलको लयलाई दोहोर्याएका उनले न्युजिल्याण्ड राष्ट्रीय क्रिकेटर समेत रहेका एन्टन डेभसिचको विकेट लिएका थिए । आक्रमक ब्याटिंग गरेर ४९ रन बनाएका डेभसिचलाई उनले क्याच आउट गराएका थिए।

तेश्रो खेल – बिरुद्ध राज्पुत्स ( २-०-२३-२ ) : लगातार राम्रो प्रदर्शन गरिरहेका सन्दिपले आफ्नो तेस्रो खेलमा समेत २ विकेट हात पारे। बर्षाका कारण पछि गएर रद्ध भएको खेलमा सन्दिपले आफ्नो २ ओभरमा उत्कृस्ट लयमा रहेका मोहम्मद सेहजाद र कार्लोस ब्रेथवेटको विकेट हात पारेका थिए।

चौथो खेल – बिरुद्ध पन्जाबी लेजेन्ड्स ( २-०-२८-० ) 

प्रतियोगिताको पहिलो ३ खेलमा ६ विकेट लिएका नेपाली गुगली ब्वाई पहिली पटक विकेट विहिन बने।खेलको दोश्रो ओभरमा बलिङ्ग गर्न आएका सन्दिपको पहिलो ओभरमै उमर अकमलले ३ चौका र १ छक्का प्रहार गर्दै कुल १८ रन प्रहार गरेका थिए। त्यसपछि सुधारिएको बलिङ्ग गर्दै सन्दिपले दोश्रो ओभरमा १० रन खर्चिए र २ ओभरमा २८ रन खर्चिए।

पाँचौ खेल – बिरुद्ध नर्थर्न वारियर्स ( २-०-४७-० ) 

नर्थर्न वारियर्स बिरुद्ध २ ओभर बलिङ्ग गर्दा सन्दिपलाई निकोलस पुरन र आन्द्रे रसेलले कुल ७ छक्का हिर्काए र उनले कुल ४७ रन खर्चिए। पहिलो ओभरमा उनलाई निकोलस पुरनले ३ छक्का हिर्काए जसपछि दोश्रो ओभर बलिङ्ग गर्न आएका सन्दिपलाई आन्द्रे रसेलले ३ छक्का र पुरनले १ छक्का प्रहार गर्दै निरिह सावित गरे। कसिलो बलिङ्ग गर्नको लागि चिनिने सन्दिपले २३.५ प्रतिओभर रन दिए जुन उनले हालसम्म नेपाल राष्ट्रिय टिम, नेपाली घरेलु क्रिकेट, यु-१९ टिम र अन्य बिदेशी लिगमा बलिङ्ग गर्दा दिएको सबैभन्दा धेरै प्रतिओभर रन हो।

छैठौं खेल – बिरुद्ध बेंगल टाइगर्स ( १-०-२०-०)

इनिंगको दोश्रो ओभरमा बलिङ्ग गर्न आएका सन्दिपले पहिलो बल वाइड फाले भने दोश्रो बलमा रन दिएनन्। तेश्रो बलमा पुनः वाइड बल गरेका सन्दिपलाई त्यसपछि सुनिल नारायणले लगातार २ छक्का प्रहार गरे। त्यसपछि लगातार २ बल डट गर्दै कमब्याक गते पनि अन्तिम बलमा नारायणले पुनः अर्को छक्का प्रहार गर्दै ओभर अन्त्य गरे। पहिलो ओभरमा सन्दिपले २० रन खर्चिए।

( फोटो – अनिश बानिया )





थप समाचार

एनकासा इन्टर फर्म टी-२० क्रिकेटमा १३ टिम सहभागी हुने

काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्ट विधार्थी संगठन (एनसिएएसए) इन्चिट्युट अफ चार्टरड एकाउन्टेन्ट अफ नेपाल (आइक्यान) को स्वतन्त्र विधार्थी संगठनले फागुन पहिलो […]

आस्थालाई पराजित गर्दै प्यारामाउन्टले जित्यो नेसनल हाइस्कुल च्याम्पियनसिपको राष्ट्रिय फाइनल

काठमाडौं। आस्था कलेजलाई पराजित गर्दै प्यारामाउन्ट कलेजले नेसनल हाइस्कुल च्याम्पियनसिप (एनएचसी) को राष्ट्रिय फाइनल जितेको छ। तल्लो मूलपानी मैदानमा शनिबार […]

दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने

नेपाली अलराउण्डर दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने भएका छन् । धनगढीमा जारी प्रतियोगिताको सेमिफाईनल पुगेको डिसिए धनगढीले ऐरीलाई […]

अर्जुन ट्रफीः कुशल भुर्तेलको अलराउण्ड प्रदर्शनमा डडेल्धुरा फाईनलमा

कैलाली, माघ २६ नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य कुशल भुर्तेल चम्किएपछि फेण्ड्स युथ क्लब डडेल्धुरा क्रिकेटको शहर धनगढीमा भईरहेको अर्जुन […]

ग्रेट हिमालय काठमाडौं छनोटको उपाधि फाइनलमा

काठमाडौँ । ग्रेट हिमालय क्रिकेट एकेडेमी प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोटको उपाधि नजिक पुगेको छ। मूलपानीको माथिल्लो क्रिकेट […]

आगामी पाँच वर्षभित्र नेपालले टेस्ट क्रिकेट खेल्छ : आसिफ शेख

काठमाडौँ । नेपाली क्रिकेटको विकास र भविष्यबारे विशेष चर्चा गरिएको नेपाल क्रिकेटस् संघर्षदेखि सफलताको उत्सवसम्म कार्यक्रम बिहिवार राजधानीमा सम्पन्न भएको […]