सन्दीप आज चीन जाँदै

२०८० आश्विन ९, मंगलवार ०९:५२

Sandeep Lamichhane ( Photo : Chris Whiteoak / The National )

क्रिकेटर सन्दीप लामिछाने आज चीन जाने भएका छन् ।

उनिसंगै घाइते ललित राजवंशीको प्रतिस्थापनमा टिममा समाबेश गरिएका देब्रे हाते स्पिनर सागर ढकाल पनि जानेछन्।

एसियन गेम्स खेल्न उनी आज साढे १२ बजे चीनतर्फ प्रस्थान गर्ने भएका हुन् । नेपाली क्रिकेट टीम भने एसियाड खेल्न तीन दिनअघि नै भइसकेको छ । सन्दीप भने आफ्नो मुद्दाको पेशीका कारण रोकिनुपरेको थियो ।

उनले आफू मानसिक रूपमा कमजोर बनेको भन्दै एसिया कप खेल्न नसक्ने जनाउ नेपाल क्रिकेट संघलाई गराएका थिए । तर, हिजै बेलुकी संघका नवनिर्वाचित सचिव पारस खड्कासँग भेटवार्ता भएपछि सन्दीपको यात्रा निश्चित भएको हो ।

https://youtu.be/oLGF8GwcYfw?si=YJOrE04dtIO3vF2a

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy