सन्दिप विकेट विहिन बन्दा, पन्जाबी लेजेन्ड्ससंग केरला पराजित

२०७५ मंसिर ११, मंगलवार ००:३६

  • विकेटनेपाल, मङ्सिर ११ 

युएईमा जारि टि-१० लिग अन्तर्गत सन्दिप लामिछानेको टिम केरला नाइट्स पन्जाबी लेजेन्ड्ससंग ३६ रनले पराजित भएको छ।

खेलमा टस हारेर ब्याटिंग गरेको पन्जाबी लेजेन्ड्सले १० ओभरमा ५ विकेट गुमाएर १०७ रन बनाउदै १०८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । लेजेन्ड्सको ब्याटिंगमा उमर अकमलले सर्वाधिक ३० रन बनाए भने केरला नाइट्सकोक लागि मोहमद नाबिदले सर्वाधिक २ विकेट लिए।

१०८ रनको लक्ष्य पछ्याउने क्रममा केरलाले अत्यन्त खराब ब्याटिंग गर्दै ८.२ ओभरमा ७१ रनमै सबै विकेट गुमाउन पुग्यो। क्रिस गेलले ३५ रन बनाउनु बाहेक अन्य नाइट्स ब्याट्सम्यानहरुले दोहोरो अंकमा रन बनाउन सकेनन्। लेजेन्ड्सको लागि प्लेयर अफ द म्याच चुनिएका हसन खानले ४ ( २-०-२१-४ ) तथा प्रभिन कुमारले ( २-०-२१-३ ) ३ विकेट लिंदै जित दिलाए।

पहिलो पटक सन्दिप विकेट विहिन 

प्रतियोगिताको पहिलो ३ खेलमा ६ विकेट लिएका नेपाली गुगली ब्वाई पहिली पटक विकेट विहिन बने।

खेलको दोश्रो ओभरमा बलिङ्ग गर्न आएका सन्दिपको पहिलो बलमै उमर अकमलले छक्का प्रहार गरे भने रितेंदर सोडीले मिस-फिल्ड गर्दा दोश्रो बलमा अकमलए चौका हिर्काए। त्यसपछिको २ बलमा राम्रो बलिङ्ग गरेका सन्दिपले लगातार २ बल डट गरे। तर ओभरको पाँचौ र छैठौं बलमा भने सन्दिपले गरेको थोरै सर्ट बललाई अकमलले लगातार चौका प्रहार गरे। सन्दिपको पहिलो ओभरमा अकमलले ३ चौका र १ छक्का प्रहार गर्दै कुल १८ रन प्रहार गरे।

पहिलो ओभर ( ६ , ४ , ० , ० , ४ , ४ ) – छक्का ( उमर अकमल ) , चौका ( उमर अकमल ) , डट बल, डट बल, चौका ( उमर अकमल ) , चौका ( उमर अकमल )

छैठौं ओभरमा दोश्रो ओभर बलिङ्ग गर्न आएका सन्दिपले पहिलो ओभर भन्दा निकै राम्रो बलिङ्ग गरे। पहिलो बलमा टम मुरले चौका प्रहार गरेपछि दोश्रो बलमा १ रन दिएका सन्दिपले तेश्रो बलमा फिलिप साल्टलाई रन दिएनन्। चौथो बलमा साल्टले १ रन दिएर मुरलाई स्ट्राईक दिए। पाँचौ बलमा काइरन पोलार्डले बाउन्ड्रीमा सजिलै जोगाउने बलमा मिस फिल्ड गर्दा मुरले चौका प्राप्त गरे। ओभरको अन्तिम बलमा सन्दिपले उत्कृस्ट गुग्लि गरे जसमा मुर बिट हुन पुगे।

पहिलो ओभरमा १८ रन खर्चेका सन्दिपले दोश्रो ओभरमा १० रन खर्चिए र २ ओभरमा २८ रन खर्चेर प्रतियोगितामा पहिलो पटक विकेटबिहिन रहे।

दोश्रो ओभर ( ४ , १ , ० १ , ४ , ० ) – चौका ( मुर ) , १ रन ( मुर ) , डट बल ( साल्ट ) , १ रन ( साल्ट ) , चौका ( मुर ) , डट बल ( मुर )

सन्दिपको मुस्ताक एहमदद्वारा प्रसंशा

पाकिस्तानी क्रिकेटका महान स्पिनर मध्ये मानिने पन्जाबी लेजेंड्सका प्रशिक्षक रहेका मुस्ताक एहमदले खेलको दौरान सन्दिपको प्रसंशा गरेका छन्। ९० को दशकमा बिश्व क्रिकेटमा नाम चलेका गुगली बलर एहमदले सन्दिपको खेल स्वभावको तारिफ गरेका हुन्। लेजेन्ड्ससंगको खेलको दौरान पहिलो ओभरमा १८ रन खर्चिए पछि दोश्रो ओभरमा राम्रो बलिङ्ग गरेका सन्दिपको बारे सोधिएको प्रश्नमा एहमदले पहिलो ओभरमा महँगो सावित हुँदा दोश्रो ओभरमा राम्रो पुनरागमन गरेको भन्दै सन्दिपको स्वभावको तारिफ गरे।

धेरै विकेट लिने सुचीमा सन्दिप शिर्ष स्थानमा

४ खेलमा ६ विकेट लिंदै सन्दिप प्रतियोगिताकै धेरै विकेट लिने सुचीमा प्रविन ताम्बेसंगै शिर्ष स्थानमा कायम छन्। सन्दिपले जारि खेलमा राजपुत्ससंग २ विकेट, पहिलो खेलमा पख्तुन्ससंग ३ विकेट तथा दोश्रो खेलमा सिन्धिज बिरुद्ध १ विकेट लिएका थिए। संगै रहेका सिन्धिजका ताम्बेले भने केरला किंग्स बिरुद्धकै एकै खेलमा ५ विकेट लिएका थिए। तथापी सन्दिपले ४ खेल खेलीसकेका छन् भने ताम्बेले मात्र २ खेलमा ६ विकेट लिएका हुन्। धेरै विकेट लिनु सुचीमा ५ विकेट सहित सुनिल नारायण लगायत अन्य ५ बलर सन्दिप र ताम्बेको पछि छन्।

प्रतियोगितामा यस अघि सन्दिपको राम्रो प्रदर्शन

बिरुद्ध पख्तुन्स ( २-०-१७-३ ) : प्रतियोगिता अन्तर्गत पहिलो खेलमा ३ विकेट लिंदै सन्दिपले शहिद अफ्रिदी कप्तानीको टिम पख्तुन्सलाई ८ विकेटले पराजित अहम योगदान दिएका थिए। उक्त खेलमा नेपाली लेग स्पिनरले आन्द्रे फ्लेचर, कोलिन इन्ग्राम, मोहम्मद कलिमको विकेट लिएका थिए। २ ओभर बलिङ्ग गर्ने क्रममा उनले मात्र १७ रन खर्चेर ३ विकेट लिंदै निकै तारिफ पाएका थिए।

पहिलो ओभर – विकेट ( फ्लेचर ) , १ रन, २ रन, छक्का, १ रन , विकेट ( इन्ग्राम )
दोश्रो ओभर – चौका, डट बल, १ रन, विकेट ( कलिम ) , १ रन, १ रन

बिरुद्ध सिन्धिज ( २-०-१४-१ ) : दोश्रो खेलमा सन्दिपको टिम पराजित भए पनि आफ्नो पहिलो खेलको लयलाई दोहोर्याएका उनले न्युजिल्याण्ड राष्ट्रीय क्रिकेटर समेत रहेका एन्टन डेभसिचको विकेट लिएका थिए । आक्रमक ब्याटिंग गरेर ४९ रन बनाएका डेभसिचलाई उनले क्याच आउट गराएका थिए।

पहिलो ओभर – १ रन , १ रन, छक्का , १ रन , डट बल, १ रन
दोश्रो ओभर – १ रन, १ रन , विकेट ! , डट बल, १ रन, १ रन

बिरुद्ध राज्पुत्स ( २-०-२३-२ ) : लगातार राम्रो प्रदर्शन गरिरहेका सन्दिपले आफ्नो तेस्रो खेलमा समेत २ विकेट हात पारे। बर्षाका कारण पछि गएर रद्ध भएको खेलमा सन्दिपले आफ्नो २ ओभरमा उत्कृस्ट लयमा रहेका मोहम्मद सेहजाद र कार्लोस ब्रेथवेटको विकेट हात पारेका थिए।

पहिलो ओभर – १ रन, डट बल, डट बल, १ रन, विकेट ! , चौका
दोस्रो ओभर – छक्का, छक्का, १ रन, विकेट, डट बल, चौका

टि-१० लिगका लागि गत महिना सम्पन्न अक्सनमा नेपाली स्पिनरलाई प्रतियोगिताको डिफेन्डिंग च्यापियन केरलाले ३० हजार अमेरिकी डलरमा ड्राफ्टमार्फत टिममा भित्र्याएको थियो।

टि-१० स्पोर्ट्स म्यानेजमेन्टको आयोजनामा हुने १० ओभरको क्रिकेट प्रतियोगिता सन् २०१७ बाट सुरु भएको हो। प्रतियोगितामा नाइट्ससंगै मराठा अरबियन्स, पख्तुन, पन्जाबी लेजेंड्स, कराँचीयन्स, बेंगल टाइगर्स, नर्दन वारियर्स र राजपुत्स गरी ८ टोलिको सहभागिता रहेको छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy